ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले नेपाली फुटबल टोलीलाई बिगारेको आरोप (भिडियोसहित)


एबीसी / संवाददाता
१० भदौ २०७९, शुक्रबार   १० : ५५   बजे

काठमाडौं, १० भदौ । नेपाली राष्ट्रिय फुटबल टीमका गोलकिपर किरणकुमार चेम्जोङले मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले नेपाली फुटबल टोलीलाई बिगारेको आरोप लगाएका छन् । बुधवार बंगलादेशविरुद्ध आयोजना हुने अन्तर्राष्ट्रिय मैत्रिपूर्ण फुटबल खेलका लागि अभ्यासको क्रममा गोलकिपर चेम्जोङले राष्ट्रकालागि खेल्ने खेलाडीलाई छाडेर एन्फाले क्षणिक समयका लागि आउने प्रशिक्षको कुरा सुन्दा सिंगो फुटबल टोलीमा फाटो आएको टिप्पणी गरेका छन् ।

१४ वर्षसम्म निरुन्तर रुपमा राष्ट्रिय फुटबल टिमबाट खेलेका किरणकुमार चेम्जोङसहितका १० खेलाडीले सेवा सुविधाका लागि माग गर्दा प्रशिक्षक अलमुताईरी र खेलाडीबीच विवाद भएको थियो । विवादसँगै बन्द प्रशिक्षणबाट बाहिरिएका खेलाडीलाई बाहिर राखेर अलमुताइरीले नयाँ टिम निर्माण गरेका थिए । जस यताका कुवेत भ्रमणसहितका केही खेलबाट चेम्जोङसहितका खेलाडीहरु वञ्चित रहेका थिए । गोलकिपर चेम्जोङले अन्य खेलाडी भन्दा आपूmले टिमलाई विचलित बनाउने कुरा नगर्दा समेत टिमबाट आपूm निष्कासित हुनुपरेको बताए ।

बिना कारण टिमबाट निकालिँदा सञ्चार माध्ययमले सहयोग गर्ने अपेक्षा राखे पनि प्रशिक्षकलाई कुनै प्रश्न नगरेको गुनासो गरे । तत्कालका लागि नेपालमा फुटबल गतिविधि नभएको अवस्थामा नेपाली टोलीले असोजमा बंगलादेशसँको मैत्रिपूर्ण खेल खेल्न लागेको छ । सोही मैत्रिपूर्ण खेलका लागि नेपाली टोलीका गोलकिपर किरण चेम्जोङ पनि टोलीमा समावेश छन् । लगातार १४ वर्ष राष्ट्रिय टोलीबाट खेलिरहेको अवस्थामा पछिल्लो समय टोली भन्दा बाहिर रहँदा आराम भएको गोलकिपर चेम्जोङले बताए । टोलीमा फर्किएपछि चेम्जोङले कुनैपनि खेलाडीले फुटबल व्यक्तिका लागि भन्दा राष्ट्रिय झण्डाका लागि खेल्ने बताए । आगामी असोज ११ गते त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुन लागेको बंगलादेशबिरुद्धको मैत्रीपूर्ण खेलमा नेपाली टोलीलाई सुखद् नतिजा दिलाउने प्रतिवद्धता प्रदीप हुमागाईले बताए । जस अनुसार अहिले नेपाल टोली प्रशिक्षणमा रहेको छ ।

एक सातको अभ्यासमा अहिले टोली सामान्य लयका लागि प्रयास गरिरहेको छ । प्रमुख प्रशिक्षक हुमागार्इंले छिट्टै टोलीलाई घटाउने भनेपनि एक साता बितिसक्दा टोलीको संख्या घटेको छैन । फुटबल गतिविधि नभएको अवस्थामा हुन लागेको अन्तर्राष्ट्रिय मैत्रिपूर्ण खेलका लागि पहिलो साता अभ्यास राम्रो भएको सहायक प्रशिक्षक युगलकिशोर राईले बताए । पहिलो कार्यसमितिले बाहिरिएका खेलाडीलाई राष्ट्रिय टोलीमा फर्काउने निर्णय भए अनुसार हुमागार्इंले अलमुताइरीले निकालेका खेलाडीलाई समावेश गर्दै टोलीमा फर्काएका हुन् । अभ्यासमा सहभागि भएका १० खेलाडी मध्येका सुजल श्रेष्ठले अभ्यासमा फर्किन पाउँदा उत्साहित भएको बताए । प्रशिक्षक प्रदीप हुमागाईले केही नयाँ खेलाडीलाई समावेश गर्दै ४० खेलाडीलाई मौका दिएका छन् । फुटबल प्रतियोगिता नभएको अवस्थामा आयोजन हुन लागेको मैत्रिपूर्ण खेलका लागि केही नयाँ अनुहार पनि समावेश भएका छन् । केही अनुभवी खेलाडी र केही नयाँ खेलाडीलाई समावेश गर्दै प्रशिक्षक हुमागाईं नेपाललाई सुखद् नतिजा दिलाउने लक्ष्यमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group