ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ट्राफिक प्रहरीको सडक संर्घष (फोटोफिचर)


एबीसी / संवाददाता
११ भदौ २०७९, शनिबार   ११ : २४   बजे

काठमाडौं, ११ भदौ । सडकमा बसेर सिटी फुक्दै हात हल्लाउने ट्राफिक प्रहरीको जागिर हामीलाई सझिलो र रमाइलो नै लाग्छ ।तर पछिल्लो समय राजधानीमा बढेको सवारी साधनको चाप र गतिलो ट्राफिक संरचना निर्माण नहुँदा ट्राफिक व्यवस्थापन दिनानुदिन चुनौतीपूर्ण बन्दैछ ।

सवारी चाप, धुलो धुवाँसँगै घाम, पानी हुरीबतास, असिना र भूकम्पजस्ता विपद् समेत नभनी निरन्तर सडकमा खटिनु ट्राफिकका लागि कम चुनौतीपूर्ण भने छैन । अर्कोतर्फ ट्राफिक प्रहरीको चुनौती सार्वजनिक शौचालयको अभाव, हुरी बतास र भूकम्पको धक्का समेत टुलुटुलु हेरेर बस्नु बाहेक अर्को विकल्प हुँदैन । सडकमा दुर्घटना हुँदा सवारी हटाउने,बिग्रेका गाडी ठेल्ने, डिभाइटर राख्ने झिक्ने, डोरी मिलाउने, सडकमा वर्षे भेल जमेपछि ढल खोल्ने,आन्दोलनकारीले सडकमा फ्याँकेका ढुंगा हटाउनेजस्ता धेरै काम तिनै ट्राफिक प्रहरीले गर्नुपर्ने बाध्यता छ । सडकको धुलो धुवाँका कारण कपडा चाँडै फोहोर हुन्छ । सडकमा उभिँदा दुर्घटनामा परेर कतिपय ट्राफिक घाइते समेत हुन्छन् । सडक नै ओगट्ने गरी ठडिएका बिजुलीका खम्बा, तलसम्म लतारिएका बिजुलीका तार, टेलिफोन र केबुलका तार ।

मनलागी बाटो काटिरहेका पैदलयात्री, लेन र जेब्रा क्रसिङ मेटिएका सडक चोक र ग्राबेल सडकमा उडिरेहेको धुलो, त्यही बीच चोकमा उभिएर हात हल्लाइरहेका ट्राफिक प्रहरीहरू । हेर्दा त राम्रै लाग्छ तर समस्या भने देखेको भन्दा पनि बढी छ । आफ्नो लेन क्रस गरेर सवारी हाँकिरहेका चालकहरुका कारण पनि कतिपय ट्राफिक व्यवस्थापनमा समस्या हुनेगर्छ । ट्राफिक लाइट भएका ठाउँमा पनि ट्राफिक प्रहरी अनिवार्य हुन्छन् । कतिपय ठाउँमा ट्राफिक लाइटसँगै ट्राफिकको इसारा पनि हुन्छ ।

यसले दोहोरो काम भइरहेको सहजै देख्न सकिन्छ, काठमाडौंका केही चोकहरुमा । कतिपय ठाउँमा भने ट्राफिक लाइट त हुन्छन् तर प्रयोगमा नआएका । जसका कारण पनि कही समस्या बढीरहेको देख्न सकिन्छ । आधारभुत ट्राफिक चिन्ह नहुँदा ट्राफिक व्यवस्थापनमा नै चुनौती बन्ने गरेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशीदेखि नारायणीसम्म खोजी तीव्र, चार जलविद्युत् आयोजनाका सुरुङमा पनि उद्धार टोली

फेसबुकमा शव व्यवस्थापनबारे लेखेका कोसीका सहसचिव निरौला खटाइए

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu