ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

परराष्ट्र नीति संविधानमा उल्लेखित मापदण्डद्वारा निर्देशित छ – देउवा  प्रधानमन्त्री


एबीसी / संवाददाता
११ भदौ २०७९, शनिबार   ९ : १२   बजे

काठमाडौं, ११ भदौ ।  प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको परराष्ट्र नीति संविधानमा उल्लेखित मापदण्डहरूद्वारा निर्देशित रहेको बताएका छन् । साथै उनले संयुक्त राष्ट्र सङ्घको वडापत्रमा उल्लेखित सिद्धान्त, असंलग्नता, अन्तर्राष्ट्रिय कानुन र विश्व शान्तिका मूल्य–मान्यता हाम्रो परराष्ट्र नीतिको सार भएको स्पष्ट पारेका छन् ।

नीति अनुसन्धान प्रतिष्ठानद्वारा आज यहाँ आयोजित ‘अन्तर्राष्ट्रिय सम्बन्धस् नेपाल र विश्व व्यवस्था’ विषयक सम्मेलनको उद्घाटन कार्यक्रममा उनले नेपालले सधैँ न्यायपूर्ण, समतामूलक, समावेशी र सबैका लागि निष्पक्ष विश्व व्यवस्थाको कुरा गर्दै आएको उल्लेख गरे । प्रधानमन्त्री देउवाले भने, ‘हामी संयुक्त राष्ट्र सङ्घको वडापत्रमा उल्लिखित सिद्धान्तहरूको सम्मान गर्ने विश्व व्यवस्थाको लागि आह्वान गर्छौँ । हामी संयुक्त राष्ट्र सङ्घको केन्द्रमा रहेको बहुपक्षीयतामा दृढ विश्वास गर्छौं ।’

 

कोभिड–१९ महामारीले विश्वमै जीविकोपार्जन र अर्थतन्त्रलाई बाधा पुर्‍याएको बताउँदै उनले हालको इन्धन, खाद्यान्न र रासायनिक मलको मूल्य वृद्धिले नेपाललगायत विकासोन्मुख देशहरूमा आर्थिक मन्दीका साथ आपूर्ति श्रृङ्खलामा संकट उत्पन्न भएको र लागत बढेको धारणा व्यक्त गरे । सार्वभौम समानता, क्षेत्रीय अखण्डता, पारस्परिक हित र पारस्परिक लाभले हाम्रो वैदेशिक सम्बन्धको आचरणमा मार्गदर्शन गरेको बताउँदै उनले दुवै छिमेकीसँग सौहार्दपूर्ण र मैत्रीपूर्ण सम्बन्ध राख्छौँ भने ।

छिमेकी मुलुक, ठूला शक्तिहरू, विकास साझेदारहरू र आप्रवासी कामदारहरूको गन्तव्य देशहरूसँगको सम्बन्ध परम्परागत रूपमा मैत्रीपूर्ण र सहयोगात्मक रहेको उल्लेख गर्दै उनले अन्तर्राष्ट्रिय शान्तिमा नेपालको योगदान महत्वपूर्ण रहेको बताए ।

नेपालका लागि इजरायलका राजदूत हनन गोदेरले नेपालसँग इजरायलको सम्बन्ध ऐतिहासिक तथा मैत्रीपूर्ण रहेका बताउँदै त्यसयता द्विपक्षीय सहयोग आदानप्रदान हुँदै आएको उल्लेख गरे । नेपालस्थित संयुक्त राज्य अमेरिकी दूतावासका कार्यवाहक उपप्रमुख मिसन मार्क टेम्पलरले अमेरिका सदैव नेपालको लोकतन्त्र, मानवाधिकार र आर्थिक समृद्धिमा हातेमालो गर्न चाहन्छ भन्नुभयो । प्रतिष्ठानका निर्देशक डा दीपककुमार अधिकारी र सम्मेलन आयोजक समिति सदस्य सन्दिप रानाले सम्मेलनका उद्देश्य बारेमा अवगत गराएका थिए ।

आजदेखि तीन दिनसम्म हुने सम्मेलनमा नेपाल र भारतका ४० वर्षभन्दा कम उमेरका सरकारी तथा गैरसरकारी संस्थामा महत्वपूर्ण भूमिकामा रहनुभएका करिब एक सय विज्ञ युवाको सहभागिता रहेको बताइएको छ । सम्मेलनमा विज्ञहरुले आफ्ना कार्यपत्रहरू प्रस्तुत गर्ने प्रतिष्ठानका निर्देशक अधिकारीले जानकारी दिए ।

अन्तर्राष्ट्रिय सम्बन्धका विषयमा नवीनतम विचार युवा पुस्ताको मस्तिष्कबाट आओस् भन्ने सम्मेलनको मुख्य उद्देश्य रहेको छ । नयाँ पुस्ताले यस विषयमा जे विचारहरू प्रस्तुत गर्नुहुनेछ भविष्यमा अन्तर्राष्ट्रिय सम्बन्धका लागि पथपर्दशन बन्नेछ भन्ने आयोजकको विश्वास छ । निर्देशक अधिकारीले नेपालले भविष्यमा कस्ता नीतिहरूको आधारमा विश्वलाई हेर्ने भन्ने विषयमा यस कार्यक्रमले गहन विषयवस्तुको प्रकाशन गर्ने उल्लेख गरे ।

सेमिनारमा वातावरण, संस्कृति, विश्व राजनीति, सुरक्षा, शान्ति, स्थिरता, व्यापार, प्रविधिलगायतका विषयमा बेग्लाबेग्लै सत्रमा छलफल हुनेछ । आजको युवा मस्तिष्कले के सोचेको छ र भविष्यमा त्यसलाई कसरी कार्यान्वयन गर्ने लक्ष्य युवाहरूका मनमा रहेको छ भन्ने कुराको यस कार्यक्रमबाट समाजले थाहा पाउने अवसर हुनुपर्दछ भन्ने आयोजकको ध्येय छ । सम्मेलनको समापन पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले यही भदौ १२ गते गर्ने तय भएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशीदेखि नारायणीसम्म खोजी तीव्र, चार जलविद्युत् आयोजनाका सुरुङमा पनि उद्धार टोली

फेसबुकमा शव व्यवस्थापनबारे लेखेका कोसीका सहसचिव निरौला खटाइए

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu