ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आसिफको शतकीय पारीमा नेपालको सहज जित


एबीसी / संवाददाता
१७ भदौ २०७९, शुक्रबार   ७ : ५३   बजे

काठमाडौं, १७ भदौ । ओपनर आसिफ शेखको शतकप्रेरित नेपालले घरेलु टोली केन्यासँगको पहिलो एकदिवसीय खेलमा सात विकेटको सहज जित निकालेको छ । नौरबीस्थित जिमखाना क्रिकेट मैदान केन्याले दिएको २ सय १९ रनको लक्ष्य पछ्याएको नेपालले ४७.२ ओभरमा तीन विकेट गुमाएर भेट्टायो । योसँगै नेपालले तीन एक दिवसीय श्रृंखलामा १–० को अग्रता लिएको छ । नेपालको जितमा ओपनर आसिफले शतकीय इनिङ खेले । आसिफले एक सय २० बलमा १२ चौका र दुई छक्कासहित एक सय १० रन बनाउने क्रममा बोल्ड हुन पुगेका थिए ।

यसअघि अर्का ओपनर अर्जुन साउदले व्यक्तिगत ६१ रनको साथ दिएका थिए । अर्जुनले ९७ बलमा पाँच चौका र एक छक्का प्रहार गरे । यसबाहेक, ज्ञानेन्द्र मल्लले २४ रन बनाउँदा दीपेन्द्रसिंह ऐरी १५ र कप्तान रोहितकुमार पौडेल तीन रनमा अविजित रहे । केन्याका रकिब, कोलिन्स र विशिल पटेलले समान एक विकेट लिए । यसअघि टस जितेर ब्याटिङ गरेको केन्याले ४८.१ ओभरमा सबै विकेट गुमाएर २ सय १८ रन जोड्न सफल भएको थियो । केन्याका रकिब पटेल ६७ र कोलिन्स ओबुयाले ६२ रन अर्धशतकीय इनिङ खेलेका थिए । घरेलु टिमका इर्फान करिमले ३० रन सचिन भुडियाले २६ रन बनाए । अन्य ब्याटरले भने दोहोरो अंकमा रन जोड्न सकेनन् । केन्याको इनिङलाई रोक्ने क्रममा नेपालका सोमपाल कामी र करण केसीले समान तीन÷तीन विकेट लिए । यसबाहेक, आदिल अन्सारी र पवन सर्राफले एक–एक विकेट आफ्नो नाममा लेखाए । दोस्रो खेल शनिवार हुनेछ । यस अघिको पाँच खेलको ट्वान्टी–२० श्रृंखला नेपालले ३–२ आफ्नो पक्षमा बनाएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

केरुङमा भीषण पहिरो र आकस्मिक बाढी, सडक–सञ्चार–विद्युत् अवरुद्ध

त्रिशूलीको बाढीले नुवाकोटको त्रिभुवन त्रिशूली मावि पूर्ण रूपमा क्षतिग्रस्त

सम्बन्धित

नेपाल ‘ए’ लगातार दोस्रो जितको खोजीमा, आज अस्ट्रेलियन क्यापिटल टेरिटोरीसँग भिड्दै

स्वर्णसहित दोहोरो अंकमा पदक जित्ने लक्ष्यसहित एसियाडको तयारीमा नेपाल

एनपीएलका लागि काठमाडौं गोर्खाजले भित्र्यायो श्रीलंकाली अलराउन्डर सहन

श्रीलंकन अलराउन्डर सहान अराचिगे काठमाडौं गोर्खाजमा

नेपाल ‘ए’ले आज एसीटीसँग खेल्दै, दोस्रो जितको लक्ष्य

नेपाल ‘ए’ले आज एसीटीसँग खेल्दै, लगातार दोस्रो जितको लक्ष्य

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu