ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आगामी प्रतिनिधि सभा निर्वाचनका लागि शीर्ष नेता कुन क्षेत्रबाट बन्दै छन् उम्मेदवार ?


एबीसी / संवाददाता
१९ भदौ २०७९, आइतबार   १० : २९   बजे

काठमाडौं, १९ भदौ । आगामी प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवार सिफारिश गर्ने क्रम चलिरहेको छ। सबै राजनीतिक दलका निर्वाचन क्षेत्रीय तथा जिल्ला समितिले धमाधम उम्मेदवार सिफारिश गरिरहेका छन्।

नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) ले भदौ २२ गतेभित्र उम्मेदवार सिफारिश गरेर पठाउन निर्देशन दिएका छन्। जस अनुसार, धेरैजसो क्षेत्रीय तथा जिल्ला कमिटीले उम्मेदवार सिफारिश गरिसकेका छन्।

कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा डडेल्धुराबाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार सिफारिश भएका छन्। प्रतिनिधि सभाको एउटै मात्रै निर्वाचन क्षेत्र रहेको डडेल्धुराबाट उनी सर्वसम्मत रूपमा उम्मेदवार सिफारिश भएका छन्।

त्यस्तै, एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाएर चुनावमा जाने एमालेले निर्णय गरिसकेको छ। २०७४ सालको निर्वाचनमा झापा ५ बाट निर्वाचित ओलीलाई यस पटक पनि सोही क्षेत्रबाट उम्मेदवार बनाउने तयारी छ।

झापा ५ को क्षेत्रीय कमिटीले सर्वसम्मत उम्मेदवार सिफारिश गरेर पठाउने जनाएको छ।माओवादी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल चितवन ३ बाट उम्मेदवार सिफारिश भएका छन्। उनलाई सर्वसम्मत रूपमा उम्मेदवार सिफारिश गरिएको छ।

उनी २०७४ सालमा सोही क्षेत्रबाट निर्वाचित भएका थिए। उनलाई यससँगै गोरखा १ बाट पनि उम्मेदवारका रूपमा सिफारिश गरिएको छ। माओवादी गोरखा १ को क्षेत्रीय कमिटीले दाहाललाई उम्मेदवारका रूपमा सिफारिश गरेको हो।कीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल रौतहट १ बाट उम्मेदवार सिफारिश भएका छन्।

उनलाई क्षेत्रीय कमिटीले सर्वसम्मत रूपमा उम्मेदवार सिफारिश गरेको जनाएको छ। यसअघि २०७४ सालको निर्वाचनमा भने उनी काठमाडौं २ बाट प्रतिनिधि सभामा निर्वाचित भएका थिए।एकीकृत समाजवादीका नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनाल इलाम १ बाट उम्मेदवार सिफारिश भएका छन्। उनी पनि सर्वसम्मत रूपमा प्रतिनिधि सभा सदस्यको उम्मेदवार सिफारिश भएका छन्।

उनी २०७४ सालमा पनि यही क्षेत्रबाट सांसद बनेका थिए।अर्का पूर्व प्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष बाबुराम भट्टराई गोरखा २ बाट उम्मेदवार सिफारिश भएका छन्। उनलाई पनि क्षेत्रीय समितिले सर्वसम्मत रूपमा सिफारिश गरेको हो।

उनी २०७४ सालको निर्वाचनमा नयाँ शक्ति पार्टीबाट निर्वाचित भएका थिए।यसै गरी जनता समाजवादी पार्टी ९जसपा० अध्यक्ष उपेन्द्र यादव बारा २ बाट उम्मेदवार सिफारिश भएका छन्। त्यस्तै, जसपा क्षेत्रीय समितिले मोरङ ५ बाट र सिराहा २ बाट पनि उम्मेदवार सिफारिश भएका छन्।

उनी गत निर्वाचनमा भने सप्तरी २ बाट निर्वाचित भएका थिए। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) अध्यक्ष महन्थ ठाकुरलाई महोत्तरी ३ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार सिफारिश गर्ने क्षेत्रीय समितिको तयारी छ।

उनी गत निर्वाचनमा पनि यही क्षेत्रबाट निर्वाचित भएका थिए।राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी बाग्लुङ १ बाट उम्मेदवार सिफारिश भएका छन्। त्यस्तै, जनमोर्चा उपाध्यक्ष दुर्गा पौडेल प्यूठानबाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार सिफारिश भएकी छन्। उनी २०७४ सालको निर्वाचनमा यही क्षेत्रबाट निर्वाचित भएकी थिइन्।कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल तनहुँ १ बाट चुनाव लड्न निवेदन दिएका छन्। उनी गत निर्वाचनमा पराजित भएका थिए।

क्षेत्रीय समितिले उम्मेदवार सिफारिश गर्न बाँकी छ।त्यस्तै, महामन्त्रीद्वय गगन थापा काठामाडौं ४ बाट र विश्वप्रकाश शर्मा झापा १ बाट उम्मेदवार सिफारिश भएका छन्। दुवै जना सर्वसम्मत उम्मेदवार सिफारिश भएका हुन्। गत निर्वाचनमा थापा निर्वाचित भएका थिए भने शर्मा पराजित भएका थिए।

एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल काठमाडौं ५ बाट उम्मेदवार सिफारिश भएका छन्। त्यस्तै, उपाध्यक्ष विष्णु पोखरेल रुपन्देही २ बाट सर्वसम्मत रूपमा उम्मेदवार सिफारिश भएका छन्। एमाले महासचिव शंकर पोखरेल दाङ २ बाट उम्मेदवारका लागि सिफारिश भएका छन्। उनी यसअघि २०७४ सालको निर्वाचनमा प्रदेश सभामा दाङ २ ‘क’ बाट निर्वाचित भएका थिए।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशन: पदाधिकारीको निर्वाचन छोडेर फर्किन थाले प्रतिनिधि

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

सम्बन्धित

रास्वपा महाधिवेशन: पदाधिकारीको निर्वाचन छोडेर फर्किन थाले प्रतिनिधि

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

प्रचण्ड गर्मीको चपेटामा युरोप : फ्रान्समा मात्र ४० जनाको डुबेर मृत्यु, तापक्रमले तोड्यो दशकौँ पुराना कीर्तिमान

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group