ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पछिल्लो समय नेपालमा डेंगु संक्रमणको प्रकोप बढ्दो : कस्तो छ टेकुको अवस्था ? (भिडियोसहित)


एबीसी / संवाददाता
२३ भदौ २०७९, बिहिबार   २ : ५७   बजे

काठमाडौं, २३ भदौ । पछिल्लो समय नेपालमा डेंगु संक्रमणको प्रकोप निकै बढेको छ । एडिस एजेप्टाई र एडिस एल्वौपेक्टस नामक लामखुट्टेको टोकाइबाट गत एक महिनामा मात्रै ३ हजार ४ सयभन्दा बढी संक्रमित भएका छन् । एक जनाको मृत्यु भएको छ । डेंगुको संक्रमण देशभरका ७२ जिल्लामा फैलिसकेको छ ।

कोरोना महामारीलाई नै छायामा पारेको डेंगु संक्रमणको जोखिम अबको अझै दुई महिनासम्म रहने चिकित्सकहरुले बताएका छन् । काठमाडौं उपत्यकामा असारको दोस्रो सातादेखि देखिन थालेको डेंगु संक्रमण भदौको तेस्रो साता नपुग्दै लगभग देशभरि फैलिएको छ । डेंगु संक्रमणणबाट नेपालमा यही भदौ महिनामा एक जनाको ज्यान जानुका साथै पछिल्लो समय पा“च हजार बढी व्यक्ति संक्रमित भएका छन् । हाल ललितपुर, काठमाडौं र रुपन्देहीमा सबैभन्दा धेरै संक्रमण देखिएकोे छ । त्यसपछि संखुवासभा, अर्घाखा“ची, तेह्रथुम, धादिङ, सिन्धुली, गुल्मीलगायतका जिल्लामा डेंगु संक्रमण फैलिएको छ । संक्रामक रोगको उपचार हुने शुक्रराज ट्रपिकल अस्पताल टेकुको इमर्जेन्सीमा डेंगु संक्रमितको चाप निकै बढीरहेको छ । अस्पतालले विरामीको संख्या बढेका कारण एउटै बेडमा २ जना विरामी राखी उपचार गराइरहेको छ । टेकु अस्पतालका मेडिकल ल्याब टेक्नोलोजिस्ट डाक्टर शंकर पौडेलले पछिल्लो समय डेंगु मात्र नभएर हैजाका संक्रमितहरुको संख्या पनि बढ्दै गएको बताए । उनले कोरोनासंगै थप सरुवा रोगको महामारी बढेको बताउ“दै उच्च सतर्कता अपनाउनु पर्ने बताए ।

सामान्यतया ३ देखि ५ वर्षको अन्तरालमा प्रकोप/महामारीको रुपमा आउने डेंगु एडिस जातको लामखुट्टेमार्फत डेंगु भाइरस फैलने डाक्टर पौडेलले बताए । उनले यो लामखुट्टे विशेषतः दिउ“सो सक्रिय हुने भएकाले विशेष सजगता अपनाउन अनुरोध गरे ।

डेंगु भएका सबै मानिसमा लक्षण भने देखि“दैन । त्यसर्थ लक्षण नदेखिएका संक्रमित व्यक्तिले पनि डेंगु सारिरहेका हुन्छन् । लक्षण नभएका व्यक्तिलाई डेंगुले टोकेको खण्डमा ८ देखि १२ दिनसम्म अर्को व्यक्तिलाई भाइरस सार्नसक्ने क्षमता विकास गर्छ । सामान्यतया अत्यधिक पीडा नभइ अस्पतालमा नपुग्ने गरेकाले परीक्षणको दायरामा टाढा छन् । ज्वरो आउने, टाउको र शरीर दुख्ने, शरीरमा स–साना बिमिराहरु देखिने, आखाको सेतो भाग रातो देखिने, आ“खाको गेडी दुख्ने, जोर्नी दुख्ने, वाक–वाक/बान्ता हुनेजस्ता लक्षणहरु देखिएको विरामीहरु बताउछन् । पछिल्लो समयमा केही मानिसमा दिसा पातलो जाने, धेरै पसिना आउने नयाँ लक्षण देखिएका छन् । डेंगुलाई निकै शारीरिक पीडा दिने रोगको संज्ञा डाक्टरहरुले दिएका छन् ।

यसका साथै अत्यधिक पेट दुखेमा, तारन्तार बान्ता भएमा, आलस्य भएमा, रक्तश्राव भएमा र रगत परीक्षण गर्दा प्लेटलेट्सको संख्या तीव्र गतिमा घटेको र हेमाटोक्रिट बढ्दै गएमा तुरुन्त चिकित्सकको सम्पर्कमा जानु पर्छ । जा“च गर्दा पेटमा पानी जमेको, कलेजोको सुजन देखिए त्यो कडा डेंगुको संकेत मानिन्छ । डेंगुको महामारी फैलिएको समयमा ब्रुफिन, फ्लेक्जोन, एस्पिरिनजस्ता दुखाइ कम गर्ने औषधिहरूको प्रयोग झुक्किएर पनि गर्नु नहुने डाक्टरहरुले बताएका छन् । चिकित्सकको परामर्शविना नै आफूखुसी औषधिको प्रयोगले संक्रमितमा रक्तश्राप (आन्तरिक÷बाहिरी) गराउने सम्भावना बढी हुने समस्या देखिएका छन् । आफूखुसी औषधिको प्रयोग गर्ने हाम्रो बानीले संक्रमितमा थप जटिलता देखिन सक्ने भएकाले औषधि वितरक र संक्रमित स्वयंले पनि सचेत हुन चिकित्सकहरुको सुझाव छ । डेंगुबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नुपर्ने तथा घर तथा कार्यस्थलमा वरिपरी पानी जम्न नदिने वा सरसफाइमा विषेश ध्यान दिनुपर्छ । सरकारले डेंगुको लार्भा खोजेर मार्न वा लामखुट्टे नियन्त्रण गर्न भनेर प्रत्येक वर्ष लाखौं रुपैया“ विनियोजन गर्दै आएको छ ।

तर, हरेक वर्ष डेंगु नियन्त्रण बाहिर जाने गरेको छ । डेंगुले महामारीको रूप लिइरह“दा नियन्त्रणको प्रमुख जिम्मेवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय वा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा भने डेंगुका कारण भएको मृत्यु तथा संक्रमितको तथ्यांक संकलनमा मात्रै केन्द्रित भएको देखिन्छ । कोरोना महामारी कायमै रहेको अवस्थामा हाल देशव्यापीरुपमा फैलिँदै गइरहेको डेंगु नियन्त्रणमा सङ्घ, प्रदेश र स्थानीय तहका तीनैवटा सरकारले प्रभावकारी कदम चाल्न जरुरी छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कोलम्बियामा ट्रम्प समर्थित दक्षिणपन्थी करोडपति उम्मेदवारको जित, वामपन्थी इभान सेपेदाले स्वीकारे हार

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

सम्बन्धित

विश्वकप २०२६: रोमाञ्चक खेलमा हाइटीलाई हराउँदै मोरोक्को नकआउट चरणमा

ब्राजिलसँग ३–० ले पराजित स्कटल्यान्ड संकटमा, विश्वकप यात्रामाथि गम्भीर प्रश्न

‘खराब मानिस’बाट ‘बुद्धिमान नेतृत्व’सम्म : ट्रम्प नेतृत्वको दक्षिणपन्थी राजनीतिले इरानप्रतिको दृष्टिकोण किन बदल्दैछ?

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group