ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्री देउवादेखि विभिन्न प्रभावशाली नेताहरु सुदूरपश्चिम प्रदेशबाट प्रतिस्प्रर्धा गर्दै : कसको अवस्था के (भिडियोसहित)


एबीसी / संवाददाता
२३ भदौ २०७९, बिहिबार   ३ : ०५   बजे

काठमाडौं, २३ भदौं । सुदूरपश्चिम प्रदेशमा प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवादेखि विभिन्न प्रभावशाली नेताहरु निर्वाचनमा प्रतिस्प्रर्धा गदै छन् । उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री दिलेन्द्र प्रसाद बडू, पूर्वमन्त्रीहरु बिना मगर, प्रेम बहादुर आले लगायतका नेताहरु यही प्रदेशबाट प्रतिनिधित्व गर्छन् । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका प्रभावशाली नेता डा. भीम रावलदेखि निरा देवी जैरु, कांग्रेसका युवा नेता प्रकाश रसाइली स्नेही लगायतका नेताहरुको चुनावी सक्रियता बढेको छ ।

प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा डडेलधुराबाट संघीय निर्वाचनका लागि एकल उम्मेदवार हुन् । एक मात्र निर्वाचन क्षेत्र रहेको डडेलधुरामा देउवाले २०४८ सालदेखि लगातार चुनाव जित्दै आएका छन् । देउवा पत्नी डा. आरजु राणा संघीय निर्वाचनको समानुपातिक महिला सदस्यमा सिफारिस भएका छन् ।

राणा कैलाली क्षेत्र नम्बर ५ बाट सिफारिस भएकी हुन् । डडेलधुराबाट प्रतिनिधिसभामा हाल प्रधानमन्त्री देउवा र नेकपा एकीकृत समाजवादीका निरादेवी जैरु प्रत्यक्ष सांसद छन् । डडेलधुरामा सत्ता गठबन्धनबीच चुनावी तालमेल नगर्ने निर्णय भएको छ । प्रधानमन्त्री देउवाले अहिलेको पाँच दलीय सत्ता गठबन्धनको नेतृत्व गर्दै आएका छन् भने चुनाव र आगामी सरकार निर्माणसम्म गठबन्धनलाई सँगै लानुपर्ने रणनीतिमा छन् ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले निर्विवाद उम्मेदवार सिफारिस गर्दै आएको छ । सुदूरपश्चिम प्रदेश अन्तर्गत एमालेले कैलाली ४ मा लेखराज भट्ट, कैलाली ५ मा नारदमुनि राना, अछाम १ बाट डा. भीम रावल प्रतिनिधिसभा सदस्यतर्फ सिफारिस गरेको छ । एमाले केन्द्री कमिटी सचिव तथा सुदूरपश्चिम ईन्चार्ज भट्ट २०७४ मा वाम गठबन्धनबाट चुनाव जितेका थिए । उनी त्यतिबेला माओवादी केन्द्रमा थिए । यसैगरी, अछाम २ बाट यज्ञ बोगटी, बैतडीबाट दामोदर भण्डारी, दार्चुलाबटा गणेशसिंह ठगुन्ना, डडेलधुराबाट पठानसिंह बोहोरा उम्मेदवार सिफारिस भएका छन् ।

२०७४ मा कञ्चनपुर क्षेत्र नम्बर १ मा नेकपा माओवादी केन्द्रकी बिना मगरले चुनाव जितेकी थिईन । मगरको क्षेत्रमा कांग्रेसले यो पटक संविधानसभा सदस्य दिवानसिंह विष्टलाई प्रतिनिधिसभा सदस्य उम्मेदवार बनाएको छ । २०७० मा विष्टले मगरलाई हराएका थिए भने २०७४ मा मगरले विष्टलाई पराजित गरेका थिए । यो पटक गठबन्धनको भागमा यो क्षेत्र माओवादीलाई छोड्नुपर्नेछ । यद्दपि, सत्तारुढ दलहरुले सबै क्षेत्रमा उम्मेदवार सिफारिस गरेका छन् । कांग्रेसले बझाङमा प्रत्यक्षतर्फ प्रकाश राइली स्नेहीसहित ८ र समानुपातितर्फ ११ जनाको नाम सिफारिस गरेको छ ।

बैतडीमा एमालेले हालका सांसद दामोदर भण्डारीलाई आगामी निर्वाचनमा प्रत्यक्ष उम्मेदवारकोरुपमा सिफारिस गरेको छ । प्रधानमन्त्री देउवादेखि विभिन्न दलका प्रभावशाली नेताहरु सुदूरपश्चिम प्रदेश अन्तर्गत चुनाव लड्दैछन् । यसपटक सत्ता गठबन्धनविरुद्ध नेकपा एमालेबीच मुख्य प्रतिस्पर्धा हुँदा एमाले भने कमजोर हुने आंकलन गरिएको छ । यद्दपि, राजनीतिक दल एवम् नेताहरु आ–आफ्नै दाबीसहित निर्वाचनमा होमिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पूर्व र मध्य भेगका केही ठाउँमा वर्षा, धेरै ठाउँमा गर्मी

रास्वपा महाधिवेशनमा मतदान जारी

सम्बन्धित

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

रास्वपा महाधिवेशनमा मतदान जारी

विश्वकप २०२६: रोमाञ्चक खेलमा हाइटीलाई हराउँदै मोरोक्को नकआउट चरणमा

ब्राजिलसँग ३–० ले पराजित स्कटल्यान्ड संकटमा, विश्वकप यात्रामाथि गम्भीर प्रश्न

‘खराब मानिस’बाट ‘बुद्धिमान नेतृत्व’सम्म : ट्रम्प नेतृत्वको दक्षिणपन्थी राजनीतिले इरानप्रतिको दृष्टिकोण किन बदल्दैछ?

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group