ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिकामा भएको आतङ्ककारी हमलाको २१ वर्ष पूरा (भिडियो सहित)


एबीसी / संवाददाता
२७ भदौ २०७९, सोमबार   ११ : ४०   बजे

काठमाडौ, २७ भदौ । अमेरिकामा भएको आतङ्ककारी हमलाको २१ वर्ष पूरा भएको छ । अमेरिकाको न्युयोर्क, भर्जिनिया र पेन्सिलभिनियामा आतङ्ककारी हमलाको २१ औ स्मृति दिवस मनाइदैछ । सन् २००१ को सेप्टेम्बर ११ मङ्गलवारका दिन आत्मघाती आक्रमणकारीले अमेरिकी विमानहरूलाई नियन्त्रणमा लिएर न्युयोर्कका दुई भवनमा ठोक्काउदा, दुर्घटनामा परि झण्डै तीन हजार जनाले ज्यान गुमाएका थिए ।

अमेरिकी इतिहासको कालो दिन भनेर सेप्टेम्बर ११ लाई भनिन्छ । सन् २००१ को सेप्टेम्बर ११ मंगलबारको दिन आक्रमणकारीको एउटा समूहले अमेरिकी यात्रुवाहक विमानलाई आफ्नो नियन्त्रणमा लिएर चार ओटा आत्मघाती बम हमला गराएको थियो । हमलाले विश्वलाई नै स्तब्ध पारेको थियो । अतिवादीले क्यालिफोर्निया उड्न लागेका चार वटा विमानलाई अपहरण गरी न्युयोर्र्क र वासिंङ्गटनका महत्वपूर्ण भवनमा ठोक्काएका थिए । दुई विमानलाई विश्व व्यापार केन्द्रको जुम्ल्याहा भवनमा विस्फोट गराइएको थियो । स्थानीय समयअनुसार मंगलबार बिहान ८ बजेर ४६ मिनेटमा पहिलो टावरमा विस्फोट गराइएको थियो ।

१६ मिनेटपछि दोस्रो टावरमा ठोक्काइएको थियो । विस्फोटपछि टावरमा दुई घन्टासम्म आगो लागेर ११० तले दुवै भवन ढलेर खरानी भएका थिए । ९ बजेर ३७ मिनेटमा तेस्रो विमानलाई अमेरिकी रक्षा मन्त्रालय रहेको भवन पेन्टागनमा ठोक्काएको थियो भने वासिंङ्गटनतर्फ बढिरहेको अर्को विमान पेन्सालभेनियाको आकाशमा विस्फोट भएको थियो ।

अपहरणकारी र यात्रुबीच विमानभित्र भनाभन हुदा विमान आकाशमै बिस्फोट भएको थियो । यी घटनाहरूमा १९ अपहरणकारी बाहेक २ हजार ९ सय ७७ जनाले ज्यान गुमाएका थिए । चारवटा विमानमा सवार चालकदलका सदस्य र यात्रु गरी सबै २ सय ४६ जनाको मृत्यु भएको थियो । ट्विन टावरमा तत्कालै र पछि चोटका कारण २ हजार ६ सय ६ जनाको मृत्यु भएको थियो । त्यस घटनामा सबैभन्दा कम उमेरका दुई वर्षका बालक र सबैभन्दा ज्येष्ठ नागरिकमा ८२ वर्षका वृद्ध सहित विभिन्न ७७ वटा देशका नागरिकले ज्यान गुमाएका थिए ।

विश्वमै सबैभन्दा सुरक्षित मानिने अमेरिकाको प्रमुख सहर न्युयोर्क र रक्षामन्त्रालय रहेको पेन्टागनमाथि गरिएको अकल्पनीय आतंकवादी आक्रमण भएको २१ वर्ष भएको छ । करिब तीन हजार मानिसको ज्यान लिएको र छ हजारभन्दा बढीलाई घाइते बनाएको साथै अर्बौं डलरको भौतिक क्षति पु¥याएको यो आतंकवादी आक्रमण अमेरिकाकै इतिहासमा कहिल्यै नभएको र कल्पनासम्म पनि नगरिएको घटना हो । यो घटनापछि सुरु गरिएको आतंकवादविरुद्धको विश्वव्यापी अभियान अहिले पनि जारी छ । यो अभियानले आतंकवादलाई समाप्त पार्न आतंंकवादलाई संरक्षण दिने तानाशाही अतिवादी सत्ता चलाउने शासकविरुद्ध कारबाही गर्नुका साथै अन्तर्राष्ट्रिय आतंकवादी संगठन अल कायदाका प्रमुख ओसामा विन लादेनलाई मार्न सफलता मिलेको छ । तर पनि आतंकवाद र आतंकवादी गतिविधि भने विभिन्न रूपमा प्रकट भएका छन् । यो भने अमेरिकाको टाउको दुखाईको विषय बनि रहेको छ । सन् २००१ को सेप्टेम्बर ११ अमेरिकाको इतिहासमा सबैभन्दा नराम्रो दिन हो । अमेरिकीहरूले यस दिनलाई कालो दिनका रूपमा स्मरण गर्ने र आतंकवादविरुद्ध लड्ने प्रण गर्ने गर्दछन् । सो आक्रमणअघिसम्म अमेरिकीहरू आफनो मुलुकमाथि कुनै पनि बाह्य आक्रमण हुन सक्दैन भन्ने गर्व गर्दथे । उनीहरू बढी विश्वस्त थिए मुलुकको सुरक्षा संयन्त्र र व्यवस्थाप्रति । तर सेप्टेबर ११ को घटनापछि उनीहरू आतंकवादीहरूप्रति बढी चिन्तित भएका छन् । उनीहरूको एउटै मात्र चाहना के छ भने अब सेप्टेम्बर ११ को जस्तो घटना यो मुलुकमा कहिल्यै पनि दोहोरिन नपाओस् ।

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कोलम्बियामा ट्रम्प समर्थित दक्षिणपन्थी करोडपति उम्मेदवारको जित, वामपन्थी इभान सेपेदाले स्वीकारे हार

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

सम्बन्धित

विश्वकप २०२६: रोमाञ्चक खेलमा हाइटीलाई हराउँदै मोरोक्को नकआउट चरणमा

ब्राजिलसँग ३–० ले पराजित स्कटल्यान्ड संकटमा, विश्वकप यात्रामाथि गम्भीर प्रश्न

‘खराब मानिस’बाट ‘बुद्धिमान नेतृत्व’सम्म : ट्रम्प नेतृत्वको दक्षिणपन्थी राजनीतिले इरानप्रतिको दृष्टिकोण किन बदल्दैछ?

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group