ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

३२ महिनापछि विदेश भ्रमणमा निस्किए सी चिनफिङ


एबीसी / संवाददाता
२९ भदौ २०७९, बुधबार   ३ : २५   बजे

काठमाडौं, २९ भदौ । चिनियाँ राष्ट्रपति सी चिनफिङ ३२ महिनापछि देशबाहिर निस्किएका छन्।समाचार संस्था सिन्ह्वाका अनुसार बुधबार चिनफिङ कजाखस्तानको राजधानी नुर सुल्तान पुगेका छन्।बुधबार दिउँसो चिनफिङको चार्टर्ड जहाज नुर सुल्तान पुगेको छ। कजाखस्तानको भ्रमणपछि चिनफिङ उज्बेकस्तान जानेछन्।

उज्बेकस्तानमा सांघाई कोअपरेशन अर्गनाइजेसनको सम्मेलन हुँदैछ।म्यानमारमा चिनफिङले पछिल्लो विदेश भ्रमण गरेका थिए। सन् २०२० को जनवरी १७ र १८ मा भएको उक्त भ्रमणका क्रममा चिनफिङले केही सम्झौतामा हस्ताक्षर गरेका थिए र म्यानमारकी तत्कालीन नेतृ आनसाङ सुकीसँग हात मिलाएका थिए।

त्यसपछि म्यानमारमा सैनिक शासन लागु भयो। सुकी अहिले जेलमा छन्। म्यानमार र सुकीको जीवन मात्र होइन त्यसपछि संसारभरि नै ठूलो परिवर्तन भइसकेको छ।कोरोनाभाइरसको महामारी कम हुँदै गए पनि चीन भने अहिले पनि कोरोनाविरूद्ध शुन्य सहनशिलताको नीति लिएको छ। चीनबाटै सुरू भएको कोरोनालाई रोक्न चीनले आफ्ना देशका नागरिकसहित विदेशीलाई पनि कडा प्रतिबन्धहरू लगाएको छ। यो अवधिमा विदेश भ्रमण नगरेर राष्ट्रपति चिनफिङले त्यसको पालना गरेका छन्। अब भने उनले उक्त प्रतिबन्ध खुकुलो पार्ने बेला भएको ठानेको हुन सक्छ। उज्बेकस्तानमा चिनफिङले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटघाट गर्ने कार्यक्रम छ।गत फेब्रुअरीमा छिमेकी युक्रेनमाथि हमला गरेका पुटिनले त्यसपछि पहिलो पटक चिनफिङसँग भेट गर्दैछन्।सांघाई कोअपरेशनको सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि सहभागी हुँदै छन्।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशीदेखि नारायणीसम्म खोजी तीव्र, चार जलविद्युत् आयोजनाका सुरुङमा पनि उद्धार टोली

फेसबुकमा शव व्यवस्थापनबारे लेखेका कोसीका सहसचिव निरौला खटाइए

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu