ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सिट बाँडफाँटमै अल्झियो गठबन्धन, काहाँ पुग्यो सहमति (भिडियोसहित)


एबीसी / संवाददाता
३० भदौ २०७९, बिहिबार   १२ : ०२   बजे

काठमाडौं, ३० भदौ । प्रतिस्पर्धीको रुपमा रहेको नेकपा एमालेलाई परास्त गर्न सत्तारुढ ५ दलले सिट भागबण्डा मिलाउन साउन २० पछि कार्यदल नै बनाएर काम थाले पनि पार लाग्न सकेको छैन । सत्तारुढ गठबन्धन सिट बाडफाटबारे सहमति जुटाउन असफल भएका छन् । अब समानुपातिक निर्वाचन पद्धतितर्फका उम्मेदवार टुंगो लगाएपछि मात्र प्रत्यक्षतर्फ सिट बँडफाटबारे छलफल गर्ने सहमति भएको छ ।

सत्ता गठबन्धनमा सिट बाँडफँटको विषय पेचिलो बन्दा प्रतिपक्षी दल एमालेलाई भने थोरै भए पनि राहत मिलेको छ । आगामी प्रदेश र प्रतिनिधि सभाको निर्वाचनका लागि सत्तारुढ गठबन्धन भित्रका पाच दलबीच सिट बाँडफाँटको टुंगो लगाउन लामो समय यता बैठक र छलफल चलिरहे पनि अझै निष्कर्शमा पुगेको छैन । प्रतिनिधिसभाको १६५ सिट बाँडफाँटका लागि निरन्तर छलफलमा जुटेका दलहरुको संयुक्त र द्विपक्षीय छलफलले सिट बाडफाडको टुंगो लाग्न नसकेको हो । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सहमति पूर्वक सिट बाँडफाँट सम्पन्न गर्नका लागि सबै दलहरु लचिलो हुनुको विकल्प नरहेको बताएका छन् । सत्ता गठबन्धनका शीर्ष नेताहरुको छलफल निर्णयको नजिक रहेको बताउदै मन्त्री कार्कीले बैठकको अवस्था सकारात्मक रहेको बताए । उनले बैठकमा दिव्पक्षिय, त्रिपक्षिय र सामुहिक रुपले छलफल प्रारम्भ भएको जानकारी दिए । मन्त्री कार्कीले दलहरुको आफ्नो आफ्नो अडान कायम रहेको भन्दै दलहरुका अडानमा सुक्ष्म ढंगले विश्लेषण भइरहेको बताए ।

मन्त्री कार्कीले केही निर्वाचन क्षेत्रमा सबै दलहरुले आफ्नो आफ्नो दाबी गरेका कारण उम्मेदवार टुंगो लगाउन छलफल भइरहेको बताए । यता मंसिर ४ को निर्वाचन मिति नजिकिएसगै नेकपा एमालेलगायत सबैजसो राजनीतिक दल चुनावी अभियानमा केन्द्रित हुन थालेका छन् । निर्वाचन मिति घोषणा भएसँगै सभा, सम्मेलन, पार्टी प्रवेशदेखि मतदाता रिझाउने कामलाई तीव्रता दिएका दलहरुले घोषणापत्र बनाउने र उम्मेदवार छनोटको कामलाई समेत सगसगै अघि बढाएका छन् । सत्ता गठबन्धनमा सिट बाडफँटको विषय पेचिलो बन्दा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई भने थोरै भए पनि राहत मिलेको छ । गठबन्धन फुटोस् भन्ने चाहना पूरा नहुने भएपछि एमालेले आफ्नो रणनीति पनि सोही अनुसार परिवर्तन गर्ने भएको छ । पाच दलीय गठबन्धनका नेताहरुले जसरी पनि गठबन्धन जोगाउने अभिव्यक्ति दिदै आएका कारण एमाले त्यसै पनि दबाबमा परेको छ । सोही कारण एमालेले राष्ट्रिय रुपमा गठबन्धन नगर्ने तर स्थानीयस्तरमा चुनावी तालमेल गरेर अघि जाने नीति अख्तियार गरेको छ । यो नीति अनुसार एमालेले महन्थ ठाकुर नेतृत्वको लोसपा हुदै कमल थापा नेतृत्वको राप्रपा नेपाल र राजेन्द्र लिङदेन नेतृत्वको राप्रपा तथा सीके राउत नेतृत्वको जनमत पार्टी लगायतका सानातिना पार्टीहरुसँग चुनावी तालमेल गर्ने भित्री तयारी गरेको छ ।

यो तयारी अनुसार एमाले नेताहरुले भेटवार्ता र कुराकानी गरिरहेका छन् । नेकपा एमालेका सांसद यज्ञराज सुनुवारले गठबन्धन सरकारका अव्यवहारिक, असफल र अनैतिक क्रियाकलापहरुका कारण आम नागरिक मात्र नभएर गठबन्धनभित्रकै कार्यकर्ताहरु पनि आजित रहेको हुदा त्यसको परिणाम आगामी निर्वाचनबाट जनताका सबै भोट एमालेलाई आउने दाबी गरे ।

सांसद सुनुवारले गठबन्धन सरकारले हालसम्म गरेका सबै अराजक गतिविधि र देशको हालको नैराश्यपूर्ण अवस्थाले जनताले यसै पनि नेकपा एमालेलाई नै भोट दिएर जिताउनेमा आफू विश्वस्त रहेको बताए । एमालेले राष्ट्रियस्तरमा कसैसग पनि चुनावी गठबन्धन नगर्ने बताइरहेको छ । तर उसले स्थानीय आवश्यकताका आधारमा चुनावी तालमेल भने हुने भन्दै ढोका खुलै राखेको छ । यता गठबन्धनको सिट बा“डफा“टमा शीर्ष नेताहरु लचिला पनि देखिएका छन्, तर सहमति भने जुटेको छैन । कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा हर हालतमा गठबन्धन टुट्न नदिने पक्षमा छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल यो गठबन्धन तोड्ने पक्षमा छैनन् । तर उनीहरु पार्टीका नेताहरुको व्यवस्थापन कसरी गर्ने भन्ने चर्को दबावमा देखिएका छन् ।

गठबन्धनको अर्को दल जनता समाजवादी पार्टीका नेताहरुमा भने अरु दलले आफूलाई अलमल्याउने काम मात्र गरेका त होइनन् भन्ने आशंका देखिन थालेको छ । यद्यपि सिट बाडफाटमा निरन्तर छलफल भइरहेको छ । करिव १०० आसपासको सिटमा सहमति पनि जुटेको देखिन्छ । कार्यदलका एक सदस्यका अनुसार ६०/६५ सिटमा कांग्रेस, २०/२२ सिटमा माओवादी ८/९ मा एकीकृत समाजवादी ५/७ सिटमा जसपाको नाममा लगभग सहमति जुटेको छ । बाकी क्षेत्रमा दुई वा दुईभन्दा बढी दलको दाबी छ । यस्ता क्षेत्रमा सहमति खोज्दा दलहरुबीच छुट्टा–छुट्टै छलफल भएपनि सहमति जुटेको छैन । असोज २ र ३ गतेभित्र प्रदेश र प्रतिनिधिसभाको समानुपातिक तर्फको बन्दसूची बुझाउनुपर्ने भएकाले अब त्यसपछि प्रत्यक्षतर्फको सिट बाँडफाँटमा सहमति भएको छ ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

इरानले युद्ध जित्यो कि गुमायो? पर्दा पछाडिको वास्तविक भू-राजनीतिक चित्र

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

भग्नावशेषमा भेनेजुएला: दुई शक्तिशाली भूकम्पमा १६४ को मृत्यु, राहतका लागि अमेरिका आतुर

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

भेनेजुएला- भूकम्प : ३० भन्दा बढीको मृत्यु, सयौँ घाइते, उद्धार कार्य जारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group