ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

माओवादी राजनीतिक रुपमा स्खलित हुँदै गएकोले छाडेँ र एमाले बनेँ :  यमबहादुर परियार 


एबीसी / संवाददाता
३१ भदौ २०७९, शुक्रबार   ४ : ५५   बजे
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अति नजिक सहयोगी भएर जिल्लामा काम गरेका नेता यमबहादुर परियारले बिहीबार पार्टी परित्याग गरी एमाले प्रवेश गरे । पार्टी अध्यक्ष प्रचण्डको गृहजिल्ला मात्रै नभई उनकै निर्वाचन क्षेत्रका प्रभावशाली केन्द्रीय सदस्य एवम् चितवन जिल्ला इन्चार्ज परियार र भरतपुर महानगरपालिकाका सहइन्चार्ज अन्जान तिमिल्सिनाले माओवादी परित्याग गरेका हुन् ।

भरतपुर महानगरपालिकाको माओवादी केन्द्रको सबैभन्दा बलियो वडा मानिएको वडा नं. १३ का वासिन्दा हुन परियार, तिमिल्सिना वडा नं. १६ का बासिन्दा हुन् । प्रचण्डका नजिकको विश्वास पात्र मानिने परियारको एमाले प्रवेशले चुनावको मुखैमा माओवादी केन्द्रलाई ठूलो धक्का लागेको छ । परियार प्रचण्डको निर्वाचन क्षेत्र चितवन ३ को (ख) बाट प्रत्यक्षमा प्रदेश सांसदका लागि सिफारिस भएका छन् । माओवादीको भागमा यो क्षेत्र परे परियार नै सबैभन्दा बलिया दाबेदार थिए । निर्वाचनको मुखमा नै प्रचण्डकै निर्वाचन क्षेत्रबाट पार्टी त्याग गरेका परियारसँग हामीले कुराकानी गरेका छौँ ।

माओवादीमा त्यति लामो त्याग र बलिदान गरेको मान्छेले एकाएक माओवादी पार्टी किन छाड्नु भएको हो ? 

माओवादी पार्टीमा हामी जुन सपना र दृष्टिकोण राखेर लागेका थियौं, त्यो अनुसार पार्टी रहेन । माओवादी राष्ट्रिय राजनीतिमा विघटनको प्रक्रियामा छ । देशमा दुईवटा ठूला कम्युनिष्ट पार्टी हुन जरुरी छैन । माओवादी भन्दा ठूलो कम्युनिष्ट पार्टी एमाले नै छ भनेपछि माओवादीको औचित्य के छ ? जबकी सांगठनिक संरचना, नीति सबै एमालेकै कपी गरेको छ ।  माओवादीको आफ्नो एजेण्डा छैन ।

कम्युनिष्ट चरित्र पनि माओावादीसँग छैन । राष्ट्रिय राजनीतिका सन्दर्भमा देश विकास र समृद्धिको स्पष्ट भिजन देखेँ । माओवादी नेतृत्वको भनाइ र गराईमा असंगति छ । एउटा कुरा भनिन्छ गरिन्छ अर्को । कांग्रेसको पछि लागेर समाजवादमा पुगिन्छ त ? यस्तो पाराले समाजवादमा जान सकिँदैन । माओवादी भित्र संर्घष पनि गरेको हो, तर सकिएन । अब माओवादी सुध्रिदैन,  योबाट पार लाग्दैन भनेर एमाले प्रवेश गरेका हौं  यो कुनै एक दुई दिनको कुरा हैन । यसको लामो श्रृखला छ ।

तपाईं प्रदेशको टिकट नपाउने भएपछि एमाले प्रवेश गरेको भन्ने आरोप छ नि ?

यो सरासर गलत कुरा हो । जसले मलाई चिनेको छैन, बुझेको छैन त्यसले भन्ने कुरा हुन् यि । अझै पनि प्रचण्डको निर्वाचन क्षेत्रको प्रदेश क्षेत्र माओवादीले नपाउने भन्ने त निर्णय त भएको छैन । टिकट पाउँदा त त्यसको पहिलो दाबेदार मै थिएँ । तर, मलाई यस्ता कुराले प्रभाव पार्दैन । म पदका लागि एमाले बनेको हैन ।

तपाईंको एमाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई धक्का लागेको भनिन्छ, के भन्नुहुन्छ ? 

त्यो उहाँले जान्ने कुरा हो । म हिजो माओवादी थिएँ, आज एमाले छु । अरु थुप्रै साथीहर” अझै एमालेमा आउँदै हुनुहुन्छ, हेर्दै जानुहोला ।

तपाईंलाई एमोलेले प्रदेशको सांसदको टिकट दिन्छ त ? 

म तपाईंलाई फेरी भन्छु, म केही पाउनका लागि एमालेमा आएको हैन । मेरा लागि माओवादीमा पनि पद थिएँ । म पाँचपटक जिल्ला अध्यक्ष भएको मान्छे हो । नेकपा कालमा झण्डै ३ वर्ष अध्यक्ष नै बनेँ ।  तर, राजनीतिक र वैचारिक कुरा ठूलो हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group