ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्रपति भण्डारीले असंलग्न परराष्ट्र नीतिबारे चिनियाँ फोरममा आज सम्बोधन गर्दै


एबीसी / संवाददाता
५ आश्विन २०७९, बुधबार   १२ : ०७   बजे

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको असंलग्न परराष्ट्र नीतिबारे एक चिनियाँ फोरममा आज सम्बोधन गर्दैछन् ।

राष्ट्रपति कार्यालयका अनुसार चाइनिज पिपुल्स एसोसियसन फर पिस एन्ड डिसआर्मामेन्टले आयोजना गर्ने सम्मेलनमा भण्डारीले ‘प्रि रेकडेर्ड’ भिडिओ सन्देश दिन लागेकी हुन्। उनले असंलग्न परराष्ट्र नीति, पञ्चशील र विश्व शान्तिमा योगदानबारे बोल्ने राष्ट्रपतिका प्रेस विज्ञ टीका ढकालले जानकारी दिए । सम्बोधन लिखित हुनेछ ।

यसअघि काठमाडौंस्थित चिनियाँ दूतावासले परराष्ट्र मन्त्रालयमार्फत राष्ट्रपतिलाई उक्त सम्मेलनका लागि निमन्त्रणा पठाएको थियो।

‘परराष्ट्र मन्त्रालयले पठाएको निमन्त्रणाबमोजिम राष्ट्रपतिले उक्त सम्मेलनमा भिडिओ सन्देश दिन लाग्नुभएको हो। केही दिनअघि मात्रै यसबारे जानकारी पाएका हौँ’, ढकालले भने।

उनले सरकारका तर्फबाट सम्मेलनमा सहभागी नहुन कुनै पनि खालको आग्रह नगरिएको बताए।

‘केही मिडियामा भनिएजस्तो राष्ट्रपतिलाई उक्त सम्मेलनमा भाग नलिन सरकारका तर्फबाट कुनै आग्रह गरिएको छैन’, ढकालले भने।

उक्त सम्मेलनमा चीनले अघि बढाएको ग्लोबल सेक्युरिटि इनिसियटिभबारे पनि छलफल हुने बताइएको छ। यद्यपि चीनको उक्त इनिसियटिभमा नेपालले अहिलेसम्म सहमति जनाएको छैन। सैन्य गठबन्धनको झल्को दिने खालको उक्त अवधारणामा नेपाल सहभागी हुनु उपयुक्त नहुने सरकारी बुझाइ छ।

परराष्ट्रमन्त्री नारायण खड्काले चिनियाँ समकक्षी वाङ यीसँग चीन भ्रमणका क्रममा डेढ महिनाअघि भएको छलफलमा नेपाल ग्लोबल सेक्युरिटि इनिसियटिभमा आबद्ध हुन नसक्ने बताएका थिए।

‘हामी कुनै पनि सैन्य गठबन्धनमा जाँदैनौं। असंलग्न परराष्ट्र नीति नै हाम्रो मूलमन्त्र हो’, उनले भनेका थिए।

उनले अमेरिकाको हिन्द प्रशान्त सैन्य रणनीतिअन्तर्गतको स्टेट पार्टनरसिप प्रोग्राममा नेपाल बाहिरिसकेको पनि बताएका थिए।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group