ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

देशभर १७ हजार ५ सय भन्दा बढीमा डेंगी पुष्टि : सरकार उदाशीन (भिडियोसहित)


एबीसी / संवाददाता
७ आश्विन २०७९, शुक्रबार   १० : ५७   बजे

काठमाडौं, ७ असोज । पछिल्ला दिनमा डेंगीको संक्रमण देशव्यापी फैलिएको छ । हाल हुम्ला र मुस्ताङबाहेक ७५ जिल्लामा डेंगु फैलिएको हो  । देशभर १७ हजार ५ सय भन्दा बढीमा डेंगी पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म २१ जना भन्दा बढीले डेंगुबाट मृत्युवरण गरेका छन्  । तर, डेंगु नियन्त्रणमा सरकारले प्रभावकारी कदम भने अझै चाल्न सकेको छैन ।  हाल हुम्ला र मुस्ताङबाहेक ७५ जिल्लामा फैलिएको डेंगुबाट देशभर २१ जना भन्दा बढीको मृत्यु भइसकेको छ भने १७ हजार ५ सय भन्दा बढी संक्रमित छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार सेप्टेम्बरको १९ दिनमा मात्र १३ हजार ८ सय २९ जना संक्रमित थपिएका छन् ।

संक्रमण बढेसगै अस्पतालमा बिरामीको चाप अत्यधिक बढेको छ । काठमाडौंको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा आउनेमध्ये ९० प्रतिशत डेंगीका बिरामीले अस्पतालका बेड भरिएका छन् । स्वास्थ्यकर्मीहरूले डेंगी नियन्त्रणका लागि अभियान नै सञ्चालन गर्नुपर्ने सुझाव दिइरह“दा सरकारले भने पर्याप्त पहल गर्न सकिरहेको छैन । नाम मात्रको ‘लामखुट्टेका लार्भा खोज र नष्ट गर’ अभियान सञ्चालन गरेको सरकारले कुनै पनि मन्त्रिपरिषद् बैठकमा डेंगुबारे छलफल गरेको छैन । गत वर्ष ६० जिल्लाका पा“च सय ४० जनामा डेंगु संक्रमण भएको थियो । सरकारले चालू आवमा यिनै ६० जिल्लाका एक सय ३९ स्थानीय तहमा मात्र डेंगु नियन्त्रण एवं लामखुट्टे नष्टका लागि बजेट छुट्याएको थियो  । महानगरमा पा“च लाख, उपमहानगरमा तीन लाख, नगरपालिकामा दुई लाख र गाउपालिकामा एक लाखका दरले दुई करोड ३५ लाख रुपैया पठाइएको छ  । त्यस्तै, ६० वटा स्वास्थ्य कार्यालय र सातवटै प्रदेशमा ७५ लाख पठाएको छ । तर, यस वर्ष ६० जिल्लाबाट बढेर ७५ जिल्लामा डेंगु फैलिसकेको छ  । प्रधानमन्त्री शेर बहादुर देउवाले स्वास्थ्य पूर्वाधार सेवाहरुको बिस्तार र सुदृढीकरण गरी हाल देखापरेका महामारीलाई नियन्त्रणमा ल्याउन सक्दो प्रयास गरिरहेको बताए । उनले सबैको समन्वयबाट डेंगुलाई नियन्त्रण गरी मुलुकलाई सामान्य अवस्थामा फर्काउन सफल हुने विश्वास व्यक्त गरे ।

प्रधानमन्त्री देउवाले डेंगुलाई नियन्त्रणमा ल्याउन सबैले एकपटक एकजुट भएर काम गर्न आवश्यक रहेको बताए । तर पुर्वस्वास्थ्यमन्त्री समेत रहेका नेपाली कांग्रेसका सांसद गगनकुमार थापा भने महामारीको रुपमा फैलिएको डेंगु नियन्त्रणका लागि सरकारले चालेका कामकारबाहीप्रति असन्तुष्टि व्यक्त गर्छन् । स्वास्थ्य क्षेत्रमा पर्याप्त मात्रामा बजेटको व्यवस्था गरेपनि सरकारले आपतकालका बेला रोग नियन्त्रणका लागि आवश्यक संरचनाहरुको भने निर्माण गर्न नसकेको उनको भनाई छ । काठमाडौंमा सीमित रहेको डेंगु रोग देशभर फैंलिने क्रममा रहेको उल्लेख गर्दै सांसद थापाले त्यसको नियन्त्रणका लागि तीन वटै तहका सरकारले गम्भिरतापूर्वक काम गर्नुपर्ने बताए ।

त्यस्तै प्रा.डा. चन्दा कार्कीले नेपालमा सरुवा रोगका अस्पतालहरु विस्तार नभएकोले यसको सुधारका लागि पहल गरिनुपर्ने बताइन् । नीति निर्माण र कार्यान्वयनकास्तरसम्म सरकारले नै ध्यान दिनुपर्ने र नीजि क्षेत्रले पनि सरकारलाई सहयोग गर्नुपर्ने उनको धारणा छ ।

डेंगु नियन्त्रण गर्न संघ, प्रदेश र स्थानीय तहको सहकार्यमार्फत कुनै कदम अगाडी बढेको छैन । महामारी हेर्ने सरकारको आधिकारिक निकाय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)ले काठमाडौं उपत्यकालगायत देशभर डेंगी संक्रमण अत्यधिक विस्तार भएको निष्कर्ष निकाल्दै राष्ट्रव्यापी प्रकोप घोषणा गर्न स्वास्थ्य मन्त्रालयलाई पत्राचार गरेको छ । ईडीसीडीले नियन्त्रणका लागि ¥यापिड एक्सन प्लान बनाउन पनि मन्त्रालयलाई आग्रह गरेको छ । तर यता संसदीय चुनावका लागि सिट बा“डफा“डका नाममा हरेक दिन बालुवाटारमा बैठक बस्ने सत्तागठबन्धन र गठबन्धनविरुद्ध आक्रामक ढंगले प्रस्तुत हुदै आएको प्रमुख प्रतिपक्ष एमालेसहित अन्य कुनै पनि दलले डेंगु नियन्त्रणका लागि आवश्यक पहल कदमी सोचेका छैनन् । उनिहरु नागरिको जीवन जोगाउन भन्दा राजनीतिक स्वार्थमै केन्द्रित बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

टर्कीसँग पराजित भए पनि समूह विजेता बन्यो अमेरिका, इन्जुरी समयमा टर्कीको सान्त्वना जित

रास्वपाको महाधिवेशनबाट निर्वाचित ९९ सदस्ययहरुको मतसहितको आधिकारिक सूची, कसले कति मत पाए?

सम्बन्धित

टर्कीसँग पराजित भए पनि समूह विजेता बन्यो अमेरिका, इन्जुरी समयमा टर्कीको सान्त्वना जित

रास्वपाको महाधिवेशनबाट निर्वाचित ९९ सदस्ययहरुको मतसहितको आधिकारिक सूची, कसले कति मत पाए?

अमेरिकाविरुद्ध टर्कीको पुनरागमन, ओर्कुन कोकुको गोलमा २–१ को अग्रता

अमेरिका–टर्की खेलको रोमाञ्चक सुरुवात, पहिलो १० मिनेटमै १–१ को बराबरी

रोमाञ्चक बराबरीसँगै जापान र स्विडेन नकआउटमा, अब ब्राजिलसँग जापानको महाभिडन्त

रास्वपा उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu