ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सत्ता गठबन्धनभित्र दुई दर्जन बढी ठाउमा विद्रोह (विस्तृत)


एबीसी / संवाददाता
२४ आश्विन २०७९, सोमबार   १० : ०७   बजे

काठमाडौं २४ असोज । सत्ता गठबन्धनभित्र देशभरका दुई दर्जन बढी निर्वाचन क्षेत्रमा विद्रोह भएको छ । केन्द्रमा गरेको भगवण्डाको अवज्ञा गर्दै ससत्ता गठबन्धनभित्रका दलले एकले अर्काका विरुद्ध उमेद्वारी दर्ता गरेका छन् ।
देशभर बाट प्रापत विवरण अनुसार गुल्मीको २ बाट प्रतिनिधिसभा सदस्यका लागि गठबन्धनको साझा उम्मेदवार बनेकी नेकपा एसकी सचिव रामकुमारी झाँक्रीविरुद्ध कांग्रेस नेताले उम्मेदवारी दिएका छन् । कांग्रेस नेता डाक्टर दामोदर भुसालले स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।

उदयपुर क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनका उम्मेदवारविरुद्ध कांग्रेस नेताले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । कांग्रेसका क्षेत्रीय सभापति रामकुमार राईले प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् । यो क्षेत्रमा गठबन्धनकातर्फ नेकपा एस नेता जगन्नाथ खतिवडा उम्मेदवार छन् ।

माओवादी अध्यक्ष पुष्पकमल दाहालले मनोनयन दर्ता गराएको गोरखा–२ बाट कांग्रेसकी माधवी भट्टले स्वतन्त्र उम्मेदवारी दिएकी छन् । सत्यनिरूपण तथा मेलमिलाप आयोगकी पूर्वसदस्य भट्ट गोरखाकै हुन् ।

सिन्धुपाल्चोक १ मा पनि कांग्रेसका नेता रामकुमार जीसीले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन । जीसी सुनकोसी गाउँपालिका–२ का इकाई सभापति हुन् । यहाँ गठबन्धनबाट माओवादीले पाएको माधव सापकोटा उम्मेदवार बनेका छन् ।

सुर्खेत १ मा प्रतिनिधि सभाका लागि गठबन्धनका साझा उम्मेदवार कांग्रेस उपसभापति पूर्णबहादुर खड्काविरुद्ध बागी उम्मेदवारी परेको छ। नेकपा माओवादीका केन्द्रका मानसिंह ठकुरीले खड्काविरुद्ध बागी उम्मेदवारी दिएका हुन् । उनी सम्पर्क समन्वय समितिको प्रदेश कमिटी सदस्य हुन् ।

सत्ता गठबन्धनभित्र काठमाडौं १० मा माओवादी केन्द्रले बागी उम्मेदवारी दिएको छ । काठमाडौं १० मा प्रतिनिधिसभा माओवादी पोलिटव्युरो सदस्य अञ्जना विशंखेले गठबन्धनका साझा उम्मेदवार कांग्रेसका राजन केसीविरुद्ध दिएकी छन् ।

त्यसतै प्रदेशतर्फ एक नम्बरमा दिलीप महर्जन र २ नम्बरमा गणेश कुँवरले उम्मेदवारी दिएका छन् । कांग्रेसबाट मोरङ ५ मा पनि बागी उम्मेदवारी परेको छ । कांग्रेसका सलिम अन्सारीले पनि मोरङ ५ मा स्वतन्त्रबाट उम्मेदवारी दर्ता गराएका छन् । कांग्रेसले माओवादीसँग गठबन्धन गरेर माओवादीका निवर्तमान सांसद शिवकुमार मण्डललाई उम्मेदवार बनाएको छ ।

यस्तै बझाङमा पनि कांग्रेसबाट बागी उम्मेदवारी परेको छ । गठबन्धनबाट एकीकृत समाजवादीका भानुभक्त जोशीविरुछ कांग्रेसका पूर्व सभापति हर्कजङबहादुर सिंहले बागी उम्मेदवारी दिएका हुन् ।

खोटाङका प्रतिनिधि र प्रदेशसभा गरी तीन वटै क्षेत्रमा कांग्रेसबाट बागी उम्मेदवारी परेको छ । प्रतिनिधिसभाका लागि पूर्व सांसद सर्वधन राईले उम्मेदवारी दर्ता गराएका छन् ।

सुवासकुमार पोखरेल प्रदेश क र पूर्वउपसभापति धर्मराज पोखरेललाई प्रदेशसभाको ख मा उम्मेदवार दर्ता गराएका हुन् । यहाँ गठबन्धनबाट प्रतिनिधिसभामा माओवादी केन्द्रका नेता रामकुमार राई पासाङले उम्मेदवारी दिएका छन् ।

प्रदेशसभामा क एकीकृत समाजवादीबाट वीरबल राई र ख मा कांग्रेसका भूपेन्द्र राईले उम्मेदवारी दिएका छन् । कास्की २ मा पनि कांग्रेस नेता तथा पूर्व पर्यटन राज्यमन्त्री महादेव गुरुङले स्वतन्त्र उम्मेदवारी दिएका छन्।

कास्की क्षेत्र नम्बर २ मा गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीका नेता श्रीनाथ बराल उम्मेदवार छन्। चितवन प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ३ मा कांग्रेसका पूर्व सांसद जगन्नाथ पौडेलले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।

आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर पौडेलले उम्मेदवारी दर्ता गराएका हुन् । चितवन– ३ मा कांग्रेस केन्द्रीय सदस्य दिनेश कोइरालाले पनि बागी उम्मेदवारी दिएका छन् ।

कांग्रेस रुकुम पश्चिमका तीन वटै क्षेत्रमा माओवादीले पाएपछि कांग्रेस दुवै प्रदेशसभा निर्वाचन क्षेत्रमा बागी उम्मेदवारी दिएको छ ।

प्रदेशसभा ‘क’ मा कृष्णबहादुर रोकाय र प्रदेश सभा ‘ख’ मा प्रेमप्रकाश ओलीले उम्मेदवारको मनोनयन दर्ता गराएका छन् । यहाँका तीनवटै निर्वाचन क्षेत्रमा माओवादी केन्द्रले उम्मेदवारी दिएको छ ।

भोजपुरमा मुख्यमन्त्री राजेन्द्र राईविरूद्ध कांग्रेस नेता उत्तम चापागाईं बागी उम्मेदवार बनेका छन् । भोजपुर प्रदेशसभा ९क० मा एकीकृत समाजवादीबाट प्रदेश १ का मुख्यमन्त्री राई गठबन्धनका साझा उम्मेदवार बनेपछि चापागाईंले बागी उम्मेदवारी दर्ता गराएका हुन् ।

कपिलवस्तु १ मा कांग्रेसका नेता ललित गुरुङले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । माओवादी सचिव चन्द्रप्रकाश खनाल बलदेवविरुद्ध गुरुङले उम्मेदवारी दर्ता गराएका हुन् ।

कांग्रेसले पर्सा १ लोसपालाई छाडेपछि कांग्रेस नेता अजय द्विवेदीले स्वतन्त्र उम्मेदवारी दिएका छन् । गठबन्धनको तर्फबाट पर्सा –१ को प्रतिनिधिसभा सदस्यमा लोसपाका नेता लक्ष्मणलाल कर्ण उम्मेदवार बन्दा उनले स्वतन्त्रबाट उम्मेदवारी दिएका हुन् ।

यस्तै जनमोर्चाको विद्रोह र एकीकृत समाजवादीबाट पनि विद्रोह भएको छ । राष्ट्रिय जनमोर्चाले अर्घाखाँचीमा गठबन्धनभित्र विद्रोह गरेको छ । प्रतिनिधिसभा र प्रदेशसभाका तीनै क्षेत्रमा जनमोर्चाले उम्मेदवारी दिएको हो ।

प्रतिनिधिसभामा जनमोर्चाका पशुपति ढकालले स्वतन्त्र उम्मेदवारी दिएका छन् भने प्रदेशसभा क मा सागर केसी र ख मा जीवलाल पौडेलले पार्टीबाट नै उम्मेदवारी दर्ता गराएका हुन् ।

यहाँ कांग्रेस नेतृ तथा निवर्तमान उपसभामुख पुष्पा भुसाल गौतमले प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दर्ता गराएकी छन् । उनीसँगै प्रदेशसभा (क)मा माओवादी केन्द्रका ठाकुरकुमार बिक र प्रदेशसभा ख मा कांग्रेसका कमल भुसालले उम्मेदवारी दर्ता गराएका छन् ।

यस्तै रामेछापमा एकीकृत समाजवादीले प्रतिनिधि सभा र प्रदेश सभा दुवैमा उम्मेदवारी दर्ता गराएको छ । सत्ता गठबन्धनमा प्रतिनिधिसभा कांग्रेस र दुवै प्रदेशसभा माओवादीले पाएपछि एकीकृत समाजवादीले विद्रोह गरेको छ । प्रतिनिधि सभामा एकीकृत समाजवादीबाट पूर्व सांसद देवशंकर पौडेलले उम्मेदवारी दर्ता गराएका छन् ।

त्यसैगरी प्रदेश सभा (क)मा पार्टी जिल्ला अध्यक्ष रमेशकुमार बस्नेत र प्रदेश सभा ख मा नेता झम्क कँडेलको उम्मेदवारी परेको छ ।

यता सत्ता गठबन्धनले प्रतिनिधि सभामा कांग्रेसका पूर्णबहादुर तामाङ (कान्छाराम) र प्रदेश सभा क मा माओवादी केन्द्रका तारानारायण श्रेष्ठ र ख मा माओवादी केन्द्रकै युवराज चौलागाईंले उम्मेदवारी दर्ता गरेका छन् । यता माओवादी केन्द्रका सप्तरी जिल्ला इन्चार्ज अशोककुमार मण्डलले गठबन्धनविरुद्ध बागी उम्मेदवारी दिएका छन् ।

आइतबार पार्टी परित्याग गरेर सप्तरीको प्रतिनिधिसभा क्षेत्र नम्बर १ बाट उनले स्वतन्त्र उम्मेदवारी दिएका हुन्। उक्त क्षेत्र पाँच दलीय गठबन्धनमा नेपाली कांग्रेसबाट रामदेव साहले उम्मेदवारी दर्ता गराएका छन् ।

रोल्पा प्रदेश सभा ख नेपाली कांग्रेसले पाएर कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले उम्मेदवारी दिएका थिए । तर सोही क्षेत्रबाट माओवादी पोलिटब्यूरो सदस्य दीपेन्द्र कुमार पुन सिजलले माओवादी नै परित्याग गरेर स्वतन्त्र रूपमा उम्मेदवारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहि)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group