ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

माओवादी कमजोर हुँदा अहिलेसम्म प्राप्त उपलब्धि उल्टन सक्छ : अध्यक्ष प्रचण्ड


एबीसी / संवाददाता
२ कार्तिक २०७९, बुधबार   १० : ४७   बजे

काठमाडौं, २ कात्तिक । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी कमजोर हुँदा अहिलेसम्म प्राप्त उपलब्धिहरू उल्टने खतरा रहेको बताएका छन्।

उनले मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन अरूबेला हुनेजस्तो सामान्य चुनाव नभएको पनि बताए।

आज प्रेस सेन्टर ललितपुरसँग छलफलका क्रममा प्रचण्डले मंसिर ४ को चुनाव अहिलेसम्म प्राप्त उपलब्धि संघीयता, गणतन्त्र, धर्मनिरपेक्षतालगायत रक्षा गर्न खोज्ने र उपलब्धि तथा परिवर्तन उल्टाउन खोज्ने बीचको लडाइँ भएको बताए।‘हाम्रा लागि मंसिर ४ को निर्वाचन सामान्य चुनाव मात्र होइन। जीवन मरणको संघर्षका रूपमा चुनाव छ।

उपलब्धि रक्षा गर्ने र उपलब्धि उल्टाउन खोज्ने बीचको लडाइँका रूपमा निर्वाचनलाई लिनुपर्छ,’ उनले भने।उनले अग्रगमन र प्रतिगमनबीचको लडाइँ मंसिर ४ को चुनाव भएको पनि बताए। ‘परिवर्तन रक्षा गर्न चाहने र उल्टाउन चाहनेबीच आमनेसामने हुने दिन मंसिर ४ हो, चुनाव हो,’ उनले भने, ‘यो चुनावलाई कसले जित्छन्, कसले हार्छन् भनेर छुट पाउने अवस्था छैन। आफ्नो ठाउँबाट अधिकतम जनमत निर्माण गर्नुपर्छ।’उनले केही शक्तिहरू माओवादी एजेन्डा, आन्दोलन र नेतृत्वबारे घेराबन्दीमा लागेको पनि बताएका थिए। ‘हामी माओवादी बलियो हुँदा परिवर्तन रक्षा हुन्छ। कमजोर भए सबै चिज उल्टने खतरा छ,’ उनले भने।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशीदेखि नारायणीसम्म खोजी तीव्र, चार जलविद्युत् आयोजनाका सुरुङमा पनि उद्धार टोली

फेसबुकमा शव व्यवस्थापनबारे लेखेका कोसीका सहसचिव निरौला खटाइए

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu