ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ असार २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दलहरुको घोषणापत्र किन अव्यवहारिक बन्छ (भिडियोसहित)


एबीसी / संवाददाता
२४ कार्तिक २०७९, बिहिबार   १२ : ५१   बजे

काठमाडौं, २४ कात्तिक । राजनीतिक दलहरुले निर्वाचनका समयमा जारी गर्ने घोषणापत्र सैद्धान्तिक रुपमा राम्रो सुनिने र देखिने भएपनि व्यवहारतः कार्यान्वयनमा ल्याउन कठिन भएको विश्लेषण हुन थालेको छ । योजना र अध्ययन बिना नै दलहरुले घोषणापत्रमार्फत पुरा गर्ने भनिएका प्रतिबद्धतापत्रहरु तथा आश्वासनहरु उल्लेखित समयमा पुरा हुन नसक्ने टिप्पणीहरु आइरहेको छ ।

मतदाता रिझाउनकै लागि दलहरुले घोषणपत्रमा उल्लेख गरेका विकासका एजेन्डा भने सधै कागजमै सिमित हुने गरेका छन । लोकतन्त्र र समृद्धिको मुद्दालाई प्रायः आ–आफ्नो प्राथमिकताको सूचीमा राख्दै आएका दलहरूले आर्थिक विकास, समृद्धि तथा स्वदेशमै रोजगारी सबै दलको चुनावी एजेन्डा मात्रै भएका छैनन् । कतिपय ठुला दलहरुले त अघिल्ला चुनावमा राखेका चुनावी घोषणापत्रमा उल्लेखित बुँदाहरु पुरा नहुने भएपछि यसपटकको घोषणापत्रमा हटाउनसमेत परेको छ । नेकपा एमालेको अघिल्लो घोषणापत्रमा १० वर्षभित्र मुलुकको प्रतिव्यक्ति आय ५ हजार अमेरिकी डलर बनाउने उल्लेख थियो । तर अहिलेको घोषणा पत्रमा भने सो लक्ष्यलाई आधाभन्दा बढी घटाएर अबको पाँच वर्षमा २४ सय अमेरिकी डलर पु¥याउने बताएको छ । यस विषयमा नेकपा एमालेका नेता प्रा. डा. दिनेशचन्द्र देवकोटाले विगतका वर्षहरुमा पार्टीले घोषणपत्र बनाउँदा पार्टीभित्र विज्ञहरुलाई संलग्न नगरिएको हुन सक्ने बताउँदै अहिलेको घोषणा पत्र प्रभावकारी र कार्यान्वयनमा आउने भन्दै टार्न खोजे । उनले यसपटकको घोषणापत्रमा एमालेले अगाडी सारेका सबै ग्यारेन्टी तोकिएकै समयभित्रमा पुरा गर्ने दाबी गरे ।

तर यता राष्ट्रिय योजना आयोगका पूर्वसदस्य डा. चन्द्रमणी अधिकारीले भने दलहरुले जनतासामु कबोल गरेका एजेण्डाहरु अव्यवहारिक भएको बताए । दलहरुले अध्ययन र सम्भाव्यतालाई ध्यानमा नराखी खाली कागजमा देखाउनकै लागि मात्रै लेखिएको घोषणापत्रमा यसपटक पनि पुरानै तरिका देखिएको उनको विश्लेषण छ ।

नेकपा एमालेले सार्वजनिक गरेको घोषणापत्रमा अबको ५ वर्षमा नेपालको पुँजी १०० खर्ब पु¥याउने उल्लेख छ । पुरा गर्न नसक्ने भनिएको सो विषयमा पूवमन्त्रीसमेत रहेका नेकपा एमाले केन्द्रीय अनुशासन आयोगका अध्यक्ष केशव बरालले एमालले अगाडी सारेका हरेक बुँदाहरु अध्ययनकासाथ गरिएको बताए । उनले देशभरका विभिन्न सहकारी, उपभोक्ता समुहहरुमा भएका छरिएर रहेका पूजीहरुलाई एकत्रित गरि सो लक्ष्य पु¥याएरै छाड्ने दाबी गरे ।

सो विषयमा पनि राष्ट्रिय योजना आयोगका पूर्वसदस्य डा. चन्द्रमणी अधिकारी खण्डन् गर्छन् । उनले मुलुकका पूर्वाधारहरुको यकिन अध्ययन विनाको सो संकल्प यस पटकको कार्यकालमा पनि पुरा गर्न दल चुक्ने बताएका छन् ।

दलहरुले घोषणा पत्र लेख्दा असल, पार्दरशी, अर्थतन्त्र बनाउन सोही अनुसारको नीति बनाउनु पर्ने प्रतिबद्धता जनाउनुपर्ने उनको सुझाव छ । आगामी मङ्सिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनमा आ–आफ्नो पक्षमा जतमत बटुल्न यतिबेला दलहरू आकर्षक नारा र कार्यक्रमसहितको घोषणापत्र लिएर घरदैलो गर्नमा व्यस्त हुँदै गर्दा चुनावअघि जनतासामु व्यक्त गरेका प्रतिबद्धताअनुरूप काम गर्न भने दलका नेताहरू यसपटक भने नचुकोस भन्ने आम नागरिकको आशा छ । जसले गर्दा मुलुकको आर्थिक विकास, समृद्धि र सुशासनको मुद्दा व्यवहारमा उठाउन पाइयोस् । चुनावी घोषणापत्रमा समेटिएका योजना अनि कार्यक्रमका आधारमा नेता र नेतृत्व चयन हुन सके मात्र देशको विकास र समृद्धि हुनेछ । त्यसको निर्णय गर्ने सम्पूर्ण जिम्मा दलहरूकै हातमा छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भेनेजुएलामा भूकम्पको विनाश: ९२० को मृत्यु, जीवितै उद्धारका लागि संघर्ष जारी

आउँदो बुधवारदेखि देशैभर राम्रो वर्षाको सम्भावना, धान रोपाइँका लागि अर्को हप्ता उपयुुक्त

सम्बन्धित

फिफा विश्वकप २०२६ : अर्जेन्टिना अपराजित यात्रा कायम राख्ने लक्ष्यमा, पोर्चुगल–कोलम्बिया भिडन्तमा सबैको नजर

भेनेजुएलामा भूकम्पको विनाश: ९२० को मृत्यु, जीवितै उद्धारका लागि संघर्ष जारी

हर्मुजको जलडमरूमा फेरि तनाव: कार्गो जहाजमाथि हमलापछि अमेरिका र इरान आमनेसामने

मानव अधिकार आयोगसँग ओलीले मागे ‘जेनजी’ आन्दोलनको प्रतिवेदन

महँगोमा मल खरिदको सम्झौता, कृषि सामग्री कम्पनीभित्रै उठ्यो प्रश्न

आउँदो बुधवारदेखि देशैभर राम्रो वर्षाको सम्भावना, धान रोपाइँका लागि अर्को हप्ता उपयुुक्त

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu