ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ असार २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विकासको पर्खाइमा काठमाडौँ नाङलेभारेका मतदाता


एबीसी / संवाददाता
२७ कार्तिक २०७९, आइतबार   १० : २४   बजे

काठमाडौं, २७ कात्तिक ।  विकासका दृष्टिले राजधानी काठमाडौँको दरबारमार्ग सुविधासम्पन्न मानिन्छ । स्वदेशी र विदेशी महङ्गा ब्राण्डले सजिएको यो क्षेत्र देशकै सबैभन्दा महङ्गोमध्येमा पर्छ । दुई वटा पाँच तारे होटलदेखि सुविधासम्पन्न रेष्टुराँ र पवले यो सानो क्षेत्र हर समय गुञ्जायमान भइरहन्छ ।

तर यही दरबारमार्गदेखि मात्रै ३० किलोमिटर उत्तर-पूर्वमा पर्ने नाङ्लेभारे भने विकासका दृष्टिले निकै पर धकेलिएको क्षेत्रमा पर्छ । यसले आधारभूत आवश्यकता अन्तर्गतका गुणस्तरीय शिक्षा, स्वास्थ्य, खानेपानी र सडकको सुविधाको महसुस गर्न पाएको छैन ।

राजधानी काठमाडौँको निर्वाचन क्षेत्र नम्बर २ मा पर्ने यो त्यही क्षेत्र हो, जसले २०७० र २०७४ सालमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई जिताएको थियो । यसपटक भने सत्ता गठबन्धनका तर्फबाट नेकपा ९माओवादी केन्द्र०का ओनसरी घर्ती प्रतिनिधिसभा सदस्य उम्मेदवार हुनुहुन्छ । जसलाई माधवकुमार नेपालको नेकपा (एकीकृत समाजवादी) पार्टीले समर्थन गरेको छ ।

हालैको चुनावी कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले (प्रचण्ड)ओनसरीलाई जिताए मन्त्री बनाउने र विकासको लहर ल्याउने दाबी गर्नुभयो । तर प्रचण्डका यी दाबीमा यहाँका मतदाताले विश्वास गर्ने बलियो आधार भने बन्न सकेको छैन । किनभने माओवादी पार्टीका तर्फबाट २०६४ सालमा माधवकुमार नेपाललाई पराजित गर्दै झक्कुप्रसाद सुवेदी विजयी हुँदा पनि यो क्षेत्रले केही पाएन ।

शङ्खरापुर नगरपालिकाको वडा नं १ मा पर्ने नाङ्लेभारे, चापाबोट र आसपासका समस्या निकै दयनीय अवस्था रहेको बुझ्न सकिन्छ । र, जनताका यी समस्या समाधानमा निर्वाचनमा नेताहरुले भने जस्तै हुन्छ भन्नेमा स्थानीय रोजिता तामाङ विश्वस्त हुन सक्नु भएको छैन ।

“चुनाव हो मत त दिउँला तर जितेपछि यो गाउँमा फर्केर कोही आउँदैनन”, तामाङले भन्नुभयो “अघिल्लो चुनावमा ‘एक घर एक धारा’को नारा धेरैले लगाउनु भयो, तर अहिले एउटा धाराको पानीले २० घर धान्नु परेको छ ।”तामाङको जस्तै समस्या निर्मला शिवभक्तिले पनि भोग्नु भएको छ । तर उहाँ अझै आशावादी भने हुनुहुन्छ । “हामी जस्ता गरिबका लागि उपचार गर्न गुणस्तरीय स्वास्थ्य सेवा र अध्ययनका लागि शिक्षा भए पुग्ने थियो, हेरौँ अब यसपाली केही भइपो हाल्छ कि रु”, उहाँले भन्नुभयो ।

विगतका निर्वाचनमा उम्मेदवारहरुले दिएका विकास निर्माणका कामहरु पूरा भएनन् । ती चुनावी भाषणमा मात्रै सीमित भए । तर आश्वासनहरु अब भने पूरा हुन्छन् कि भन्नेमा स्थानीय कमलनाथ ढकाल आशावादी हुनुहुन्छ । “पहिलाकाले आश्वासनमात्रै दिए, यसपटक उम्मेदवारले आफ्ना प्रतिबद्धता पूरा गर्लान् कि”, ७२ वर्षे ढकालले भन्नुभयो ।चुनावी प्रचारप्रसारका क्रममा मत माग्दै नाङलेभारेका घरदैलोमा पुग्नु भएकी उम्मेदवार ओनसरी घर्तीले मतदाताका माग पूरा गर्ने बाचा दिनुयो । “मलाई निर्वाचित गराएर पठाउनुस् म तपाईंसँग गरेको बाचा र प्रतिबद्धतामा पूरा गर्नेछु, यो विश्वासलाई कायम राख्ने छु ।”नेतृ घर्तीले गठबन्धन विकास र समृद्धिको एजेण्डाका साथ अघि बढेको उल्लेख गर्दै जनताको आधारभूत आवश्यकता पहिचान गरी प्राथमिकताका आधारमा सम्बोधन गर्दै जाने बचन दिनुभयो । तर ६८ वर्षे मेघप्रसाद दङ्गाललाई भने उम्मेदवारको प्रतिबद्धताप्रति पटक्कै विश्वास छैन । “जो उम्मेदवार आए पनि आश्वासन र भ्रम मात्रै फैलाउने हुन् काम गर्ने होइनन्,” उहाँले भन्नुभयो, “अब यी कुरामा मलाई विश्वास लाग्न छाड्यो ।”यो क्षेत्रका मतदाताको एउटै शर्त छ, अब हामीमाथि धोका नहोस् ।

स्थानीय शम्भुप्रसाद ढकाल निर्वाचनमा कसैलाई मत दिन मन नभएपछि मताधिकार भने गर्ने बताउनुभयो । “चुनावमा भोट माग्न गाडीको लस्करले धुलो उडाएका छन्, तर यो सडकमा कालोपत्रे गर्ने विषयमा कसैको ध्यान छैन”, उहाँले भन्नुभयो, “नेताहरुले वेवास्ता गरेको देख्दा भोट नहालौँ भन्ने लाग्छ तर के गर्नु मताधिकार प्रयोग गर्नैप¥यो ।”स्थानीय नेता नेत्रप्रसाद दङ्गालले गाउँमा पानीको समस्या रहेको र करिब १२ किलोमिटर दूरी टाढाको सिस्नुखोला र छुलेखोलाको पानी गाउँमा ल्याउने योजना बनिरहेको बताउनुभयो । नेपाली कांग्रेसकी स्थानीय नेतृ मीरा महर्जनले सडक, खानेपानीको समस्या समाधानका साथै महिलालाई सुस्केरी गराउन विगतमा भोग्नुपरेका समस्या हल भइदिए राहत मिल्ने बताउनुभयो । नेपाली कांग्रेसको तर्फबाट काठमाडौँ क्षेत्र नं २ प्रदेशसभा सदस्यका उम्मेदवार ध्रुव केसीले गाउँको मुहार फेर्न आफू प्रतिबद्धताका साथ लाग्ने दाबी गर्नुयो । नेकपा ९एकीकृत समाजवादी०को तर्फबाट प्रदेशसभा सदस्यका उम्मेदवार भरतप्रसाद फुँयालले यहाँका किसानका समस्या समाधानका लागि पहल गर्ने बताउनुभयो । नौवटा वडा रहेको शङ्खरापुर नगरपालिकामा कुल २२ हजार छ सय मतदाता छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भेनेजुएलामा भूकम्पको विनाश: ९२० को मृत्यु, जीवितै उद्धारका लागि संघर्ष जारी

आउँदो बुधवारदेखि देशैभर राम्रो वर्षाको सम्भावना, धान रोपाइँका लागि अर्को हप्ता उपयुुक्त

सम्बन्धित

फिफा विश्वकप २०२६ : अर्जेन्टिना अपराजित यात्रा कायम राख्ने लक्ष्यमा, पोर्चुगल–कोलम्बिया भिडन्तमा सबैको नजर

भेनेजुएलामा भूकम्पको विनाश: ९२० को मृत्यु, जीवितै उद्धारका लागि संघर्ष जारी

हर्मुजको जलडमरूमा फेरि तनाव: कार्गो जहाजमाथि हमलापछि अमेरिका र इरान आमनेसामने

मानव अधिकार आयोगसँग ओलीले मागे ‘जेनजी’ आन्दोलनको प्रतिवेदन

महँगोमा मल खरिदको सम्झौता, कृषि सामग्री कम्पनीभित्रै उठ्यो प्रश्न

आउँदो बुधवारदेखि देशैभर राम्रो वर्षाको सम्भावना, धान रोपाइँका लागि अर्को हप्ता उपयुुक्त

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu