ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ असार २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एमाले प्रदेश सभा उम्मेदवारलाई पैसा बाँडेको आरोप, निराधार आरोप भन्दै प्रमाण ल्याउन चुनौती


एबीसी / संवाददाता
३ मंसिर २०७९, शनिबार   ७ : १०   बजे

काठमाडौं, ३ मंसिर ।  नेकपा एमालेका प्रदेश सभा सदस्य उम्मेदवार दीपक निरौलालाई प्रहरीले गएराति नियन्त्रणमा लिएको छ । काठमाण्डौ ५ प्रदेश ख का उम्मेदवार निरौलामाथि मतदातालाई प्रभावित पार्न पैसा बाँड्न गएको आरोप लागेपछि प्रहरीले नियन्त्रणमा लिएको हो ।

निरौला र एमाले बूढानीलकण्ठ नगर कमिटी अध्यक्ष प्रदीप डङ्गोल बूढानीलकण्ठ–६ मा रहेको एक घरमा पुगेका बेला पैसा बाँड्न गएको भन्दै स्थानीयबासीले होहल्ला गरेपछि प्रहरी टोली पुगेको थियो । प्रहरीले स्थानीय बासिन्दाको भिडले घेरा हालेपछि उद्धार गरी सुरक्षामा राखेको बताएको छ ।

स्थानीय बासिन्दाले पैसा बाँडेको आरोप लगाए पनि पैसा बरामद नभएको प्रहरीले जनाएको छ । उम्मेदवार निरौलाले आफू क्यान्सरका बिरामीलाई भेट्न गएको बेला पछ्याउँदै आएका केही व्यक्तिले निराधार आरोप लगाएको भन्दै प्रमाण ल्याउन चुनौती दिनुभएको छ । प्रहरीले निरौलालाई गएराति नै छाडिसकेको छ ।

नेकपा एमाले निर्वाचन परिचालन कमिटी, काठमाण्डौ क्षेत्र नम्बर–५ ले विज्ञप्ति निकालेर क्यान्सर रोगबाट पीडित पार्टीका शुभेच्छुक तोक्तान लामाको स्वास्थ्य अवस्थाबारे जानकारी लिन गएको बेला प्रहरी बोलाउने र पैसा बाँडेको भनी बदनाम गराउने काम भएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

के हामीले ब्रम्हकमल भनेको फूल साँच्चिकै ब्रम्हकमल हो त ?

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

सम्बन्धित

के हामीले ब्रम्हकमल भनेको फूल साँच्चिकै ब्रम्हकमल हो त ?

विश्वकप २०२६ : फ्रान्सको प्रभावशाली जित, स्पेन समूह विजेता, बेल्जियम शीर्ष स्थानमा, इजिप्ट अन्तिम ३२ मा

अन्तिम क्षणमा भिडियो सहायक रेफ्रीले तोड्यो इरानको सपना, इजिप्ट बराबरीसँगै अन्तिम ३२ मा, बेल्जियम समूह विजेता

डेम्बेलेको ३२ मिनेटमै ह्याट्रिक, नर्वेमाथि फ्रान्सको ४–१ को शानदार जित; विश्वकप उपाधिको प्रमुख दाबेदारको रूपमा बलियो सन्देश

सेनेगलको शानदार पुनरागमन : इराकलाई ५–० ले हराउँदै नकआउट सम्भावना जीवित

नयाँ नेतृत्व र नीति तय गर्दै सकियो रास्वपाको पहिलो महाधिवेशन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu