ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

देशभर मतदान उत्साहजनक : मध्याह्नसम्म ३२ प्रतिशत मत खस्यो


एबीसी / संवाददाता
४ मंसिर २०७९, आइतबार   १ : ५८   बजे

काठमाडौँ , ४ मंसिर । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनअन्तर्गत देशभर ३२ प्रतिशत मत खसेको छ । निर्वाचन आयोगका अनुसार आइतबार बिहान ७ बजेदेखि मतदान सुरू भएकोमा मध्याह्न १२ : ४५ बजेसम्म देशभर ३२ प्रतिशत मतदान भएको छ ।

आयोगले गरेको पत्रकार सम्मेलनमा प्रवक्ता शालिग्राम शर्मा पौडेलले १२ : ४५ बजेसम्म ३२ प्रतिशत मतदान भएको बताए ।‘देशैभरि सामान्य छिटपुट घटनाबाहेक उत्साहजनकरुपमा मतदान कार्य भइरहेको छ,’ उनले भने, ‘बिहानको समयमा अपेक्षाकृत मतदान भएन, चिसोका कारण पनि होला सायद‚ मतदाताको उपस्थिति पातलो देखिएको थियो तर अहिले सबैतिर उत्साहजनक रुपमा मतदाताको सहभागिता छ ।’

आयोगले कतिपय ठाउँमा विभिन्न विषयमा विवाद हुँदा केहीबेर मतदान रोकिए पनि पुनः मतदान सुरु भइसकेको जनाएको छ ।

‘जहाँ मतदान अवरुद्ध भयो, ती ठाउँमा तत्कालै छलफल र संवादबाट विवादको समाधान गर्ने र पुनः मतदान कार्य सुरु गर्ने काम भएको छ,’ प्रवक्ता पौडेलले भने, ‘कतिपय ठाउँमा विवाद समाधानको प्रयास भइरहेको छ ।’

उनले आयोगले आयोगसँग परामर्श नगरी मतदान कार्य स्थगित नगर्न निर्देशन दिएको छ । त्यस्तै, मतदाता नामावलीमा मतदाताको नाम नभेटिए आयोगको टोल फ्रि नम्बर ११०२ मा फोन गरेर सहयोग लिनसमेत आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कोलम्बियामा ट्रम्प समर्थित दक्षिणपन्थी करोडपति उम्मेदवारको जित, वामपन्थी इभान सेपेदाले स्वीकारे हार

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

सम्बन्धित

विश्वकप २०२६: रोमाञ्चक खेलमा हाइटीलाई हराउँदै मोरोक्को नकआउट चरणमा

ब्राजिलसँग ३–० ले पराजित स्कटल्यान्ड संकटमा, विश्वकप यात्रामाथि गम्भीर प्रश्न

‘खराब मानिस’बाट ‘बुद्धिमान नेतृत्व’सम्म : ट्रम्प नेतृत्वको दक्षिणपन्थी राजनीतिले इरानप्रतिको दृष्टिकोण किन बदल्दैछ?

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group