ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुकुम्वासी बस्तीमा तनाव : ‘हतियारसहित प्रदर्शनमा आएकालाई नियन्त्रणमा नलिइ जाँदैनौँ’


एबीसी / संवाददाता
१२ मंसिर २०७९, सोमबार   ७ : १८   बजे

काठमाडौं, १२ मंसिर । काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजु पाण्डेले काठमाडौंको थापाथलीमा रहेको सुकुम्वासी बस्तीमा हातहतियारसहित प्रदर्शनमा आएकाहरूलाई नियन्त्रणमा नलिइ आफूहरू नफर्किने चेतावनी दिनुभएको छ ।

सुकुम्वासी बस्तीमा अनधिकृतरूपमा बनाइएको टहरा हटाउन पुगेको काठमाडौ महानगरको डोजरलाई स्थानीयले अवरोध गर्ने क्रममा अवैधरूपमा हातहतियारसमेत प्रहार भएको उल्लेख गर्दै उहाँले त्यस्ता आपराधिक गतिविधिमा संलग्नहरूलाई कारबाही नगरि आफूहरू त्यस क्षेत्रबाट नफर्किने बताउनुभएको हो ।

आज सोमवार दिउँसोदेखि सुकुम्वासी बस्तीमा स्थानीयले डोजर चलाउन नदिइ ढुङ्गामुडासमेत प्रहार गरेपछि महानगर प्रहरी बलका प्रमुख पाण्डेसहित झन्डै १० जना सुरक्षाकर्मी घाइते भएका छन् । आपराधिक गतिविधिमा संलग्न भएकाहरूले स्थितिलाई तनावपूर्ण बनाएको भन्दै नगर प्रहरी प्रमुख पाण्डेले उनीहरूलाई नियन्त्रणमा लिने र कानुनअनुसार कारबाही हुने बताउनुभयो ।

सुकुम्वासी बस्तीका स्थानीयले भने आफूहरूलाई कुनै विकल्प नदिइ बस्ती हटाउन खोजेको भन्दै काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाह र गृहमन्त्री बालकृष्ण खाणविरुद्ध चर्का नाराबाजी लगाउँदै प्रदर्शन गरिरहेका छन् ।

अहिले स्थानीयको भिडलाई नियन्त्रणमा लिन काठमाण्डौ महानगरपालिकाले सुरक्षाकर्मीको परिचालनलाई व्यापक बनाएको छ । अधिकार सम्पन्न एकीकृत बागमती सभ्यता विकास समितिले गएको मङ्सिर ४ गतेभित्र अनधिकृतरूपमा बनाइएको टहरा खाली गर्न निर्देशन दिएको थियो । तर त्यो निर्देशनको पालना नभएपछि बस्ती हटाउन डोजर परिचालन गर्नुपरेको महानगरले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपामा भद्रगोल : ‘नयाँ राजनीति’ को दाबीमाथि आफ्नै कार्यकर्ताको प्रश्न, मतदान प्रक्रियामै व्यापक असन्तुष्टि

रास्वपा महाधिवेशन: पदाधिकारीको निर्वाचन छोडेर फर्किन थाले प्रतिनिधि

सम्बन्धित

रास्वपामा भद्रगोल : ‘नयाँ राजनीति’ को दाबीमाथि आफ्नै कार्यकर्ताको प्रश्न, मतदान प्रक्रियामै व्यापक असन्तुष्टि

रास्वपा महाधिवेशन: पदाधिकारीको निर्वाचन छोडेर फर्किन थाले प्रतिनिधि

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

प्रचण्ड गर्मीको चपेटामा युरोप : फ्रान्समा मात्र ४० जनाको डुबेर मृत्यु, तापक्रमले तोड्यो दशकौँ पुराना कीर्तिमान

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group