ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

यी हुन् यसपटक संसद् छिर्ने ठेकेदार सांसद


एबीसी / संवाददाता
१३ मंसिर २०७९, मंगलबार   १ : ०९   बजे

काठमाडौं, १३ मंसिर । प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनबाट डाक्टरदेखि ठेकेदारसम्म निर्वाचित भएका छन् । देशभरका एक सय ६५ निर्वाचन क्षेत्रबाट थुप्रैजना उद्योगी व्यवसायीले प्रत्यक्षमै चुनाव जितेका हुन् ।

पछिल्लो समय निर्वाचन प्रणाली महंगो भएको आवाज उठिरहेका बेला धेरै रकम खर्चेर थुप्रै उद्योगी व्यवसायीले चुनाव जितेका छन् । राज्यको नीति निर्माण तहमा रहेर काम गर्ने पदमा व्यवसायीको वर्चस्व हुँदा स्वार्थ बाझिने खतरा बढी हुने गर्दछ ।

आफ्नो स्वार्थ बाझिने क्षेत्रमा उनीहरूको निश्चित रूपमा पनि दबाब र प्रभाव रहन्छ नै । यसपटकको निर्वाचनमा विभिन्न दलबाट टिकट पाएका ६ जना निर्माण व्यवसायीले चुनाव जितेका छन् । ठेकेदार सांसदमध्ये एक हुन्, नेपाली कांग्रेसका विष्णुकुमार कार्की । उनले नवलपरासी बर्दघाट सुस्ता पूर्व-२ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् । क्रसर व्यवसायी रहेका कार्कीले नेकपा एमालेका तिलक महतलाई पराजित गरेका थिए ।

अर्का ठेकदार सांसद हुन् धनबहादुर बुढा । उनी डोल्पामा एकीकृत समाजवादीबाट निर्वाचित भएका छन् । हिमाली निर्माण सेवाका सञ्चालक रहेका सांसद बुढाले एमालेका गणेशबहादुर शाहीलाई पराजित गरेका छन् ।

रामेछापबाट प्रतिनिधिसभा सदस्य पदमा विजयी बनेका कांग्रेसका पूर्णबहादुर तामाङ (कान्छाराम) पनि निर्माण व्यवसायी हुन् । उनले सञ्चालन गरिरहेको कान्छाराम कन्स्ट्रक्सन नेपालको ‘क’ वर्गको ठेकेदार कम्पनी हो । कान्छारामले एमालेका कैलाशप्रसाद ढुंगेललाई हराएका थिए ।

रसुवाबाट प्रतिनिधिसभा सदस्य पदमा कांग्रेसका मोहन आचार्य निर्वाचित भएका छन् । उनी निर्माण व्यवसायी हुन् । आचार्य दोस्रोपटक  निर्वाचित भएका हुन् । उनले एमालेका उम्मेदवार छोवाङ तेन्जिङ तामाङलाई हराएका थिए । सांसद आचार्यले रसुवा कन्स्ट्रक्सन नामको निर्माण कम्पनी चलाइरहेका छन् । जुन नेपालको ‘क’ वर्गमा पर्ने निर्माण कम्पनी हो ।

दाङ ३ बाट निर्वाचित कांग्रेसका दीपक गिरी क्रसर व्यवसायमा संलग्न छन् । गिरीकी श्रीमती सञ्चालक रहेको ओम नमः शिवाय र स्वर्गद्वारी क्रसरमा उनी साझेदारका रूपमा संलग्न छन् । उनले एमालेकी उम्मेदवार कोमल वलीलाई हराएका थिए ।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका विक्रम पाण्डे निर्माण व्यवसायी हुन् ।  उनको  कालिका कन्स्ट्रक्सन पनि नेपालको ‘क’ वर्गको ठेकदार कम्पनी हो । पाण्डे चितवन ३ बाट निर्वाचित भएका हुन् । पाण्डेले पछिल्लो समयमा यात्री मोटरसाइकलदेखि विभिन्न इनोभेसन र स्टार्टअप बिजनेसमा पनि लगानी थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रसुवा भोटेकोशी बाढीमा मृत्यु हुनेको सङ्ख्या ७८८ पुग्यो, २ हजार ५०२ जना अझै सम्पर्कविहीन

गोलाघाट क्षेत्रमा सेनाको खोज तथा उद्धार जारी, ७० शव फेला

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu