ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

यी हुन् प्रतिनिधिसभातर्फ नजिता आउन बाँकी ४ क्षेत्र


एबीसी / संवाददाता
१४ मंसिर २०७९, बुधबार   ७ : ४२   बजे

काठमाडौँ, १४ मंसिर । प्रतिनिधिसभाका १६५ मध्ये १६१ वटा निर्वाचन क्षेत्रको मतपरिणाम सार्वजनिक भएको छ । अब ४ वटा क्षेत्रको मात्रै मतपरिणाम आउन बाँकी छ ।

सुनसरी–४ मा मतगणना भइरहेको छ । सुनसरी ४ मा नेपाली कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीको अग्रता छ । कार्कीले २५ हजार ९४४ र उनका प्रतिस्पर्धी नेकपा ९एमाले०का जगदीशप्रसाद कुसियैतले २५ हजार ६२२ मतसहित पछ्याइरहेका छन् ।

दोलखा, स्याङ्जा र बाजुराको भने विवादका कारण मतगणना नै सुरू भएको छैन । पछिल्लो पटक उदयपुर–१ मा नेपाली कांग्रेसका डा।नारायण खड्का विजयी भएका छन् । उनले प्रतिस्पर्धी एमालेकी मञ्जु चौधरीलाई २ हजार ३७९ मतान्तरले हराए । खड्काले ३१ हजार २७० र चौधरीले २८ हजार ८९१ मत प्राप्त गरेका छन् ।

यस्तै, सुनसरी–३ मा कांग्रेसका नेता विजयकुमार गच्छदारलाई हराएर एमालेकी भगवती चौधरी विजयी भएकी छन् । पछिल्लो यो नतिजासँगै मतगणना सकिएका १६१ स्थानमध्ये कांग्रेस ५४, एमाले ४४, नेकपा ९माओवादी केन्द्र० १७, नेकपा ९एकीकृत समाजवादी १० ठाउँमा विजयी भएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी सात–सात ठाउँमा विजयी भएका छन् । स्वतन्त्र उम्मेदवारले ५ ठाउँमा जितेका छन् । लोकतान्त्रिक समाजवादी पार्टीले ४ ठाउँमा जितेको छ । नागरिक उन्मुक्ति पार्टीले ३ ठाउँमा जित्दा जनमत पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीले एक–एक ठाउँमा जितेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रसुवा भोटेकोशी बाढीमा मृत्यु हुनेको सङ्ख्या ७८८ पुग्यो, २ हजार ५०२ जना अझै सम्पर्कविहीन

गोलाघाट क्षेत्रमा सेनाको खोज तथा उद्धार जारी, ७० शव फेला

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu