ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

डिपीएल क्रिकेटको रणनीतिक खेलाडीको घोषणा


admin
१० माघ २०७४, बुधबार   ७ : १३   बजे

काठमाडौँ, १० माघ । दोस्रो संस्करणको धनगढी प्रिमियर लिग (डिपीएल) क्रिकेट प्रतियोगितामा सहभागी टोलीले आफ्नो टोलीको रणनीतिक खेलाडीको घोषणा गरेको छ । 

धनगढी क्रिकेट एकेडेमीद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा विभिन्न ६ सहरका ६ फ्रेन्चाइज टोलीको रणनीतिक खेलाडीको घोषणा गरेको हो ।

धनगढीको अञ्चल प्रहरीको एसएसपी क्रिकेट मैदानमा आगामी चैत १७ देखि वैशाख १ गतेसम्म चल्ने उक्त प्रतियोगितामा महेन्द्रनगर युनाइटेड, टिम चौराह धनगढी, सीवाइसी अत्तरिया, रुपन्देही च्यालेन्जर्स, काठमाडौँ गोल्डेन्स र विराटनगर किंग्सको सहभागिता रहने आयोजक संस्थाका अध्यक्ष सुवास शाहीले जानकारी दिनुभयो ।

जसमा पहिलोपटक डिपीएल खेल्न लागेको महेन्द्रनगरको रणनीतिक खेलाडी विनोद भण्डारी छन् । त्यसैगरी चौराहाका सोमपाल कामी, अत्तरियाका दीपेन्द्रसिंह एरी, रुपन्देहीका शक्ति गौचन, काठमाडौँका ज्ञानेन्द्र मल्ल र विराटनगरका पारस खड्का छन् ।

उक्त प्रतियोगिताको विजेताले रु २५ लाख तथा उपविजेताले रु १० लाख पाउनेछ । त्यसैगरी प्रतियोगितामा तेस्रो स्थान हासिल गर्ने टोलीले रु तीन लाख र चौथो हुनेले रु दुई लाख प्राप्त गर्नेछन् ।

प्रत्येक खेलका म्यान अफ द म्याच घोषित हुने खेलाडीले रु १० हजार र म्यान अफ द सिरिज हुनेले टिभीएस अपाचे १८० सिसीको मोटरसाइकल पाउनेछन् । त्यस्तै, उत्कृष्ट ब्याट्सम्यान र बलरले पनि पुरस्कार पाउने छन् ।

कार्यक्रममा राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक जगत टमाटाले यस किसिमको प्रतियोगिताले नयाँ खेलाडीको विकाससँगै क्रिकेट खेलको विकासमा सघाउ पुग्ने विचार व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

समयमै बजेट नपुग्ने जोखिम, ६४ पालिकाले मात्र बजेट सार्वजनिक

सम्बन्धित

कोलम्बियाले एक खेलअगावै अन्तिम ३२ को यात्रा तय गर्‍यो, चम्किए मुनोज

कोलम्बिया भर्सेस कंगो : पहिलो हाफ गोलरहित बराबरी

विश्वकप २०२६ : बराबरी अंकमा कसरी छुट्टिन्छ टोलीको भाग्य?

रोनाल्डोको दुई गोल, पोर्चुगलको सहज जित, इंग्ल्यान्डलाई घानाको कडा चुनौती

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group