ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ असार २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मेसी र मारियाको गोल सहित अर्जेन्टिनाको फ्रान्स विरुद्ध २–० अग्रता


एबीसी / संवाददाता
३ पुस २०७९, आइतबार   ९ : ३१   बजे

 

काठमाडौं । जारी विश्व कप फाइनलमा एञ्जल डि मारियाको गोलमा अर्जेन्टिनाले कतार विश्वकपको फाइनलमा फ्रान्सविरुद्ध अग्रता दोब्बर बनाएको छ। खोलको पहिलो हाफसम्ममा अजेैन्टिना २–०को अग्रता कामय गरेको छ ।

खेलको ३६ औँ मिनेटमा एञ्जल डिमारियाको गोलमा अर्जेन्टिनाले अग्रता दोब्बर पारेका हुन्।

यसअघि खेलकोे २३ औँ मिनेटमा कप्तान लियोनल मेस्सीले पेनाल्टीमा गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए।

विश्वकपको फाइनलमा फ्रान्सविरुद्ध मैदानमा उत्रिएसँगै अर्जेन्टिनी राष्ट्रिय टोलीका कप्तान लियोनल मेस्सीले अर्को कीर्तिमान बनाएका छन्।

मेस्सीका नाममा विश्वकप फुटबलमा सबैभन्दा धेरै खेल खेल्ने कीर्तिमान लेखिएको छ भने खेलको २३ औं मिनेटमा मेसीले पेनाल्टी मार्फत गोल गर्दै यस विश्वकपमा सर्वाधिक ६ गोल गर्न सफल भएका छन् ।

लुसैल स्टेडियममा सुरु भएको खेलमा मैदान टेक्नेबित्तिकै मेस्सी सर्वाधिक विश्वकप खेल्ने पहिलो खेलाडी हुन्।

मेस्सीले विश्वकपमा २६ औँ खेल खेलिरहेका छन्। यसअघि सेमिफाइनलमा क्रोएसियाविरुद्ध खेलेका मेस्सीले जर्मनीका लोथार मथाउसको २५ खेलको कीर्तिमान बराबरी गरेका थिए।

पाँचौ विश्वकप खेलिरहेका मेस्सीले दोस्रो पटक विश्वकपको फाइनल खेलिरहेका छन्। लगातार पाँच विश्वकप खेल्ने मेस्सी छैटौँ खेलाडी हुन्।

यसअघि एन्टोनियो कार्बजल, लोथर मथाउस, राफ मार्केज, एन्डेस गार्डाडो र क्रिस्टियानो रोनाल्डोले पाँच विश्वकप खेलेका छन्।

पाँच विश्वकप खेलेका पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले २२ खेल मात्रै खेले। यो विश्वकप मेस्सी र रोनाल्डोका लागि नै अन्तिम हुने बताइसकेका छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भेनेजुएलामा भूकम्पको विनाश: ९२० को मृत्यु, जीवितै उद्धारका लागि संघर्ष जारी

आउँदो बुधवारदेखि देशैभर राम्रो वर्षाको सम्भावना, धान रोपाइँका लागि अर्को हप्ता उपयुुक्त

सम्बन्धित

फिफा विश्वकप २०२६ : अर्जेन्टिना अपराजित यात्रा कायम राख्ने लक्ष्यमा, पोर्चुगल–कोलम्बिया भिडन्तमा सबैको नजर

भेनेजुएलामा भूकम्पको विनाश: ९२० को मृत्यु, जीवितै उद्धारका लागि संघर्ष जारी

हर्मुजको जलडमरूमा फेरि तनाव: कार्गो जहाजमाथि हमलापछि अमेरिका र इरान आमनेसामने

मानव अधिकार आयोगसँग ओलीले मागे ‘जेनजी’ आन्दोलनको प्रतिवेदन

महँगोमा मल खरिदको सम्झौता, कृषि सामग्री कम्पनीभित्रै उठ्यो प्रश्न

आउँदो बुधवारदेखि देशैभर राम्रो वर्षाको सम्भावना, धान रोपाइँका लागि अर्को हप्ता उपयुुक्त

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu