ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ओलीको बोली र देउवाको मौनता दुवै नागरिकका पक्षमा छैनन् (भिडियोसहित)


एबीसी / संवाददाता
४ पुस २०७९, सोमबार   १० : ५१   बजे

काठमाडौं, ४ पुस । सातौं पटक प्रधानमन्त्रीको कुर्सीमा पुग्न जोडबल लगाइरहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पछिल्लो समय रेशम चौधरी रिहाइ प्रकरणका लागि अध्यादेश ल्याउने निर्णयपछि विवादित बनेका छन् देउवाको कदमलाई माधवकुमार नेपाल तथा पुष्पकमल दाहालहरूले बाहेक सत्ता घटककै राष्ट्रिय जनमोर्चाले समेत अस्वीकार ग¥यो ।

पार्टीभित्रैबाट गगन थापादेखि धनराज गुरुङसम्मका युवा नेताहरूले देउवाको सत्तामोहप्रति कटाक्ष गरेका छन्। यद्यपि हालसम्म सरकारले ल्याउन थालेको भनिएको उक्त अध्यादेश शीतलनिवासबाट राष्ट्रपतिले जारी गरेकी छैनन् । सत्तालाई आफू अनुकूल बनाउन (१३८ सिट) का लागि चालेको उक्त कदमको विरोध भइरहे पनि आगामी सरकारको नेतृत्व हाँक्ने अन्तिम तयारीमा रहेका देउवालाई नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र पछिल्लो समय ‘लाइन’ मिले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले समेत साथ दिने संकेत देखिँदै छ । तीतो यथार्थ यही हो कि प्रधानमन्त्रीका रुपमा शेरबहादुर देउवाको हेरेक पटकका कार्यकाल सम्झन लायक छैन ।

राजनीतिको घृणित खेल देउवाले पनि जारी राखे जसको बिजारोपण उनीअघिका प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए । जनताले यतिखेर अनुभूति गरेको एउटै कुरा हो – ओली पथमा देउवा सरकारको गाडी उही शैलीमा गुडिरहेको छ । सत्ताको सवारी त्यही राजमार्गमा हिँडेपछि पुग्ने गन्तव्य निश्चित कसरी हुनसक्छ ? राजमार्ग आफैँमा गन्तव्य हुन सक्दैन भलै त्यसले नाराका रुपमा ‘समृद्धि’ बोकेको किन नहोस । संविधानलाई जसरी केपी ओलीले दुरुपयोग गरे देउवाले त्यही दोह¥याए । यतिमात्र हो, ओलीले ती कदम एक्लै चालिरहेका थिए तर देउवा अहिले सहयात्रीहरु पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधव कुमार नेपाल र उपेन्द्र यादवको इसारामा ‘पपेट’ झै सल्बलाइरहेका छन् । ओली बोलिरहन्थे, देउवा मौन छन् ।

ओलीको बोली र देउवाको मौनता दुवै नागरिकका पक्षमा छैनन् । नेपाली राजनीति तीव्र संक्रमणमा छ । त्यो संक्रमण राजनीतिक पार्टीभित्र र बाहिर समाजमा पनि देखिन्छ । तर अहिलेसम्म यो लडाइँमा ‘परम्परागत रैथाने तरिकाले नै ‘नयाँ स्कुल’ माथि विजय प्राप्त गरिरहेको छ ।

२०४८ सालदेखि तर मार्न सुरु गरेको आजसम्म निरन्तर चलेको छ । जनतामा कुनै आशा जागृत नगरी अविच्छिन्न रूपमा, निर्बाध राज्यतन्त्रमा रजगज गरिरहेको वर्ग नै यही कथित लोकतान्त्रिक भनिएको रैथाने वर्ग हो । नेपाली कांग्रेस देखि माओवादीसम्मका क्रान्तिकारी भनिनेहरु तदर्थवादी पाराले नै चलिरहेको छन् । तत्कालै यी दलहरुको रबैयामा परिवर्तन हुने सम्भावना पनि निकै कम देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नाइमाले बाढीपीडितका लागि ५० लाख रुपैयाँ सहयोग गर्ने

सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठ अवकाशमा

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu