ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कांग्रेस संसदीय दलको उम्मेदवारका लागि सहमति जुटाउन थापा र कोइराला आज पनि छलफलमा


एबीसी / संवाददाता
५ पुस २०७९, मंगलबार   ९ : ४४   बजे

काठमाडौं, ५ पुस । नेपाली कांग्रेस संसदीय दलको नेताको उम्मेदवार छान्न संस्थापन इतर समूह आज पनि छलफलमा जुटेको छ । संस्थापन इतर समूहबाट महामन्त्री गगन थापा र नेता शेखर कोइरालाबीच दलको नेताका लागि दाबी रहेको छ । यसअघि हिजो बसेको बैठक आज बिहान पुन: बस्ने गरी सकिएको थियो ।

कांग्रेसमा संस्थापन पक्षबाट सभापति शेरबहादुर देउवा संसदीय दलको नेताको उम्मेदवार रहनुभएको छ भने इतर समूहमा कोइराला र थापा को बन्ने भनेर अहिलेसम्म सहमति जुट्न नसकेको हो । संस्थापन इतर समूहका नेता तथा सांसदहरूले कोइराला र थापालाई मिलेर एक जना उम्मेदवार बन्न दबाब दिँदै आएका छन् ।

कांग्रेसले संसदीय दलको नेता छान्न भोलि बिहान चुनाव गर्ने तयारी छ । त्यसका लागि निर्वाचन समितिले उम्मेदवारी दर्ताका लागि आज दिउँसो २ देखि ३ बजेसम्मको समय निर्धारण गरेको छ । अस्ति बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सहमहामन्त्री भीष्मराज आङ्दम्बेको नेतृत्वमा तीन सदस्यीय निर्वाचन समिति गठन गरेको थियो ।

मिलेर जाने सम्भावनाको खोजी गर्न महामन्त्री थापा र नेता कोइराला समूहले प्रयास गरिरहेको छ । गगन थापाले यसपटक आफूलाई सघाउन शेखर कोइरालासँग आग्रह गर्दै आउनुभएको छ । शेखर कोइरालाले भने अर्को पटक आफूले सघाउने ग्यारेन्टी दिन तयार रहेको तर अहिले आफूलाई सहयोग गर्न थापालाई आग्रह गर्नुभएको छ । संसदीय कानुन अनुसार प्रधानमन्त्रीको दाबी गर्न संसदीय दलको नेता हुनुपर्छ । हरेक दलका सांसदहरुले आफ्नो पार्टीको संसदीय दलको नेता चयन गर्छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशन: पदाधिकारीको निर्वाचन छोडेर फर्किन थाले प्रतिनिधि

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

सम्बन्धित

रास्वपा महाधिवेशन: पदाधिकारीको निर्वाचन छोडेर फर्किन थाले प्रतिनिधि

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

प्रचण्ड गर्मीको चपेटामा युरोप : फ्रान्समा मात्र ४० जनाको डुबेर मृत्यु, तापक्रमले तोड्यो दशकौँ पुराना कीर्तिमान

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group