ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सरकार गठन गर्न लेनदेन र सेटिङ हुनु डरलाग्दो संकेत– अध्यक्ष ओली


एबीसी / संवाददाता
५ पुस २०७९, मंगलबार   ४ : ०४   बजे

काठमाडौं, ५ पुस । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेबाहेकका राजनीतिक दलहरू स्वार्थ, लेनदेन र गठबन्धनका आधारमा चलेको भन्दै देशमा अन्योलता बढेको बताएका छन् । ​ नवनिर्वाचिन सांसदहरुलाई बधाई तथा शुभकामना दिन काठमाडौंको कमलादीमा मंगलबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले स्वार्थ र लेनदेनका आधारमा पार्टी र सरकार चल्न थालको भन्दै देश गम्भीर अस्थिरतातर्फ गएको बताएका हुन् ।

उनले सरकार केका लागि बन्ने भन्ने नै स्पष्ट नभएको पनि बताए । उनले विकास र सुशासनलाई कमजोर पार्ने खेल अनुसार सरकार गठन हुन गइरहेको पनि बताए । ‘यी उद्देश्यका लागि अहिले सरकार बन्ने अभ्यास भइरहेको छैन । यिनका विपरित र यि कुरालाई कमजोर पार्न सरकार बन्ने खेल अहिले चलिरहेको छ’, ओलीले सत्ता गठबन्धनले गठन गर्न लागेको सरकारप्रति टिप्पणी गर्दै भने,‘जुन देशका लागि दुस्खदमात्रै होइन डरलाग्दो संकेत हो ।’

अध्यक्ष ओलीले त्यसैले पार्टीबाट नवनिर्वाचित सांसदहरुलाई आफुले खेल्नुपर्ने भुमिकाका बारेमा गम्भीर बन्न निर्देशन दिएका छन् ।

उनले जनप्रतिनिधिले साँच्चैको भुमिका खेल्न जरुरी रहेको भन्दै पार्टीको नीति र निर्देशनअनुसार संसद र संसद बाहिर पनि भुमिका निर्वाह गर्नुपर्ने आवश्यकता रहेकोमा सचेत समेत गराए । ‘साचो जनप्रतिनिधि कस्तो हुन्छ रु साँच्चैको जनप्रतिनिधिले बाहिर कस्तो र संसदमा कस्तो भुमिका खेल्नुपर्छ रु यि कुराहरूमा अत्यन्तै गम्भीरतापूर्वक ध्यान दिनु र क्रियाशील हुन जरुरी छ’, ओलीको भनाइ छ ।

उनले त्यो भुमिकाका लागि अध्ययनशील बन्न, स्पष्टताका साथ प्रस्तुत र टिम स्पिरिटमा पार्टी र दलका निर्देशन पालनामा जोड दिन निर्देशन दिए । उनले पार्टीभन्दा आफै जान्ने, गुटगत क्रियाकलाप गर्नु आन्दोलनलाई गम्भीर क्षति पुर्याउने भन्दै त्यस विषयमा पार्टी जोगिदै पनि आएको बताए । उनले यो विचमा देशलाई अकर्मण्य बनाइएको भन्दै अव त्यसलाई जोगाउन आफ्नो भुमिका प्रभावकारी बनाउन जरुरी रहेको बताए ।

उनले फेरि पनि लेनदेन र सेटिङको आशंका गर्दै भने, ‘फेरि लेनदेन र फेरि सेटिङतर्फ देश जान थालेको छ । हिजो चार वटा राष्ट्रिय पार्टी थिए । अहिले ७ पार्टी भएका छन् । तर कस्तो सरकार र कसको नेतृत्वमा बन्छ भन्ने अन्योलको स्थिति छ’, पूर्वप्रधानमन्त्री समेत रहेका ओलीको भनाइ छ ।

उनले राजनीतिक दलको परिभाषा नै अस्पष्ट भएको भन्दै दलहरुको स्पष्ट नीति उद्देश्य र गन्तव्यका आधारमा दल गठन हुनुपर्नेमा आजका सत्ता गठबन्धन दलको कुनै उद्देश्य र नीति नरहेको बताए ।

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पूर्व र मध्य भेगका केही ठाउँमा वर्षा, धेरै ठाउँमा गर्मी

रास्वपा महाधिवेशनमा मतदान जारी

सम्बन्धित

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

रास्वपा महाधिवेशनमा मतदान जारी

विश्वकप २०२६: रोमाञ्चक खेलमा हाइटीलाई हराउँदै मोरोक्को नकआउट चरणमा

ब्राजिलसँग ३–० ले पराजित स्कटल्यान्ड संकटमा, विश्वकप यात्रामाथि गम्भीर प्रश्न

‘खराब मानिस’बाट ‘बुद्धिमान नेतृत्व’सम्म : ट्रम्प नेतृत्वको दक्षिणपन्थी राजनीतिले इरानप्रतिको दृष्टिकोण किन बदल्दैछ?

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group