ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

को हुन् त बादी समुदाय ? (भिडियोसहित)


एबीसी / संवाददाता
६ पुस २०७९, बुधबार   ९ : ५६   बजे

काठमाडौं, ६ पुस । बादी समुदाय एक यस्तो समुदाय हो जतिबेला राजा महाराजा र सामन्तहरूको दरबारमा नाचगान गर्नु उनीहरूको मुख्य पेशा थियो जुन पेशा बाट उनीहरूको गुजारा चल्थ्यो । आधुनिकतासँगै बादी समुदायको पेशा छायामा पर्दै गए पछि बादी समुदाय आफ्नो पहिचानको लागी आवाज उठाइरहेका छन् । तीन तहकै सरकार उनिहरुको समस्याप्रति उदासिन बनेको छ, सरकारी तवरबाट छुट्टै कोटाको व्यवस्थापन गरिदिन बादी समुदायले आग्रह गरेका छन् ।

इतिहासकारहरूका अनुसार भारतबाट १४ सय शताब्दीमा राजा रजौटाहरूको मनोरञ्जनका लागि नेपाल ल्याइएका बादी समुदायले लामो समयदेखि वाद्यवादन र नाचगानलाई आफ्नो पेसा बनाएका थिए । तत्कालीन राजा रजौटा र जमिनदारलाई मनोरञ्जन दिन बादीलाई प्रयोग गरिन्थ्यो । राजा, राणा हुँदै पञ्चालयत कालसम्म नाचगानमा नै व्यस्त रहे पनि २०४६ सालको प्रजातन्त्रपछि भने यो समुदायमा नाचगान खुम्चिँदै गएको र देशका विभिन्न भागमा मनोरञ्जन दिने सञ्चारमाध्यम स्थापना भएपछि उनीहरूको पेसा संकटमा परेको देखिन्छ । पेसामा संकट आएपछि बादी समुदायका महिलाहरू बाध्यतावश यौन व्यवसायमा लागेको पाइन्छ ।

यौन व्यवसाय सरकारले पूर्ण रूपमा बन्द गरेपछि यो समुदायले नदी र खोलामा माछा मार्ने, गिट्टी बालुवा चालेर जीविकोपार्जन गर्ने गरेका छन् । संविधानमा लेखिएका कुराहरु कागजमा मात्रै सिमित हुँदा बादी समुदायलाई झनै पीडा थपिएको महशुस गरेको उनीहरु बताउछन् । बादी समुदायबाट पहिलो पटक व्यापारमा स्नातकोत्तर गरीरहेकी देवीसरा बादीले,  बादी समुदायलाई शिक्षामा विभेद गरिँदा बादी युवतीहरु यौन व्यवसाय अँगाल्न बाध्य भएको बताइन् ।

उनले पहिला अशिक्षाका कारण यौन व्यवसायमा लाग्ने गरेको भएपनि पछिल्लो समय सरकार सहयोगी नबन्दा यौन व्यवसायमा लागिरहेको बताइन् । उनले बादी समुदायका महिलाहरु घर खर्च धान्नका लागि भएपनि सानै उमेरबाट यौन व्यवसायमा लाग्ने गरेको बताइन् । नेपालमा चलेको जनयुद्ध र शान्ति प्रक्रिया सुरु भएपछि काठमाडौंको संसदभवन अगाडि महिनौ धर्ना दिएर बादी समुदायले आफ्ना मागहरू राखेका थिए । बादीहरूलाई सरकारले बस्ने घर र जमिन उपलब्ध गराएको थियो । अहिले प्राय बादी समुदायको महिलाहरुले योन पेसालाई छोडेर अन्य पेसा अपनाए पनि अझैं पनि समाजले उनिहरूलाई राम्रो दृष्टीले हेर्दैन भन्ने बादीहरूको गुनासो छ । त्यस्तै बादी समुदायबाट अधिवक्ता बनेकी सीता बादीले व्यवस्था बदलिँदा पनि बादी समुदायको अवस्था परिवर्तन हुन नसकेको बताइन् । उनले नागरिकता पाउन पनि बादी समुदायले हात पाउ जोड्नुपर्ने अवस्था रहेकोतर्फ सरकारको ध्यानाकर्षण गराइन् । उनले राजनीतिक दलहरुले निर्वाचनताका ठूलो आश देखाउने तर अघिपछि हेप्ने प्रवृत्ति रहेको बताइन् ।

आर्थिक अवस्थाका कारण यौन व्यवसायमा लाग्न बाध्य भएका बादी समुदायका युवतीहरुको उद्धारका लागि सरकारले आवश्यक कदम चाल्नुपर्ने बादी समुदायको माग छ । बादी समुदायको उत्थानसम्बन्धमा जानकारी आदानप्रदान गर्न सञ्जाल स्थापना र बिस्तार गर्दा धरै मानिसमा बादी समुदायको पहिचान पुग्छ । त्यसैगरी, बादी समुदायका लागि आवश्यक स्रोत साधन, व्यवस्थित बसोबासको व्यवस्था र उनिहरुको उत्थान र विकासका लागि काम गरी उनिहरुलाई पहिचान दिलाउन आवश्यक छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा पदाधिकारीको प्रारम्भिक सूची सार्वजनिक, १ महामन्त्रीका लागि ९ जना मैदानमा

कोइराला निवासमा राजनीतिक सरगर्मी: प्रचण्ड र माधव नेपालद्वारा शेखरसँग सामूहिक संवाद

सम्बन्धित

रास्वपा पदाधिकारीको प्रारम्भिक सूची सार्वजनिक, १ महामन्त्रीका लागि ९ जना मैदानमा

क्वार्टरफाइनलमा को–को पुग्लान्? एआई, सुपरकम्प्युटर र फुटबल विश्लेषकका आधारमा सम्भावित अन्तिम–८ को चित्र

कोइराला निवासमा राजनीतिक सरगर्मी: प्रचण्ड र माधव नेपालद्वारा शेखरसँग सामूहिक संवाद

चितवनको राप र रास्वपाको रापताप: स्टन्टबाट पार्टीतन्त्रतर्फको कठिन यात्रा

टर्कीसँग पराजित भए पनि समूह विजेता बन्यो अमेरिका, इन्जुरी समयमा टर्कीको सान्त्वना जित

रास्वपाको महाधिवेशनबाट निर्वाचित ९९ सदस्ययहरुको मतसहितको आधिकारिक सूची, कसले कति मत पाए?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu