ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लोकले बिर्सेको मानवतावादी बाझाङी राजा र उनको पाठशाला


शुभशंकर कंडेल
६ पुस २०७९, बुधबार   ११ : ५८   बजे

काठमाडौं, ६ पुष ।

मानवतावादी राजाका रुपमा प्रसिद्व जयपृथ्वीबहादुर सिंहद्वारा स्थापित सत्यवादी माध्यामिक विद्यालय जीर्ण अवस्थामा पुगेको छ । शिक्षालयका भौतिक संरचना जीर्ण भएको छ भने यसको पुरानो एवम् ऐतिहासिक पहिचान गुम्ने चिन्ता समेत बढ्दै गएको छ । नेपालकै पुरानो विद्यालय दयनिय अवस्थामा पुग्दा पनि यसको सम्बद्र्धन र उचित व्यवस्थापन हुन भने सकेको छैन ।

बझाङको भोपुरमा अवस्थित श्री सत्यवादी माध्यामिक विद्यालयको भौतिक संरचना जीर्ण बनेको छ । मानवतावादी राजाका रुपमा चिनिएका बझाङका जयपृथ्वीबहादुर सिंहले झण्डै ११६ वर्ष पहिले काठमाडौंको नक्सालमा स्थापना गरेको विद्यालय अहिले सत्यवादीको नाममा बझाङमा छ । ऐतिहासिक विद्यालयका पुराना संरचनाहरु नष्ट हुदै छन् भने २०२८ सालमा बनेका भवनहरु जीर्ण बन्दै गएका हुन् । जयपृथ्वी, जंगबहादुरका नाति भएका कारण राजाका छोराछोरी पढ्ने काठमाडौंको दरबार हाई स्कूलमा आठ वर्षदेखि पढेका थिए । माध्यामिक तहको शिक्षापछि वि.सं. ११५१ मा भारतको कलकत्ता विश्वविद्यालयबाट म्याट्रिक तहको शिक्षा हासिल गरे । उनले १९५२ मा भारतको इलाहावाद कलेजबाट आईए र १९६२ मा कलकत्ता विश्वविद्यालयबाट स्तानक गरेका थिए । त्यसपछि काठमाडौं फर्किएपछि उनले शिक्षालय स्थापना गर्ने योजना बनाए । सुरुमा काठमाडौंको नक्सालमा स्थापना गरेको पाठशाला १९७३ मा बझाङको जयपृथ्वीनगर मेल्लेखमा सुरु गरे ।

जयपृथ्वीका ससुरा चन्द्रशमशेरले विसं. १९५८ मा सम्पूर्ण पाठशाला बन्द गराएका थिए । त्यो बेला कालु सार्की, रबिवासे दमाई, कर्ण बहादुर बम, बोधराज जोशी लगायतका आठ जना लिएर उनी पढाउन, लेखाउन लागेका थिए । उनले लेखेको अक्षराङ्क शिक्षा नामक पुस्तक नेपाली भाषाको पहिलो पाठ्यपुस्तक मानिन्छ । उनको प्राकृति व्याकरण नामक पुस्तक १९६९ मा गोरखापत्रबाट प्रकाशन भएको थियो । उनले सुरु गरेको पाठशाला पछि उनका भाइ देविजंगले बचाए । त्यसैगरी, देविजंगका छोरा रामजंग र रामजंगका छोरा ओमजंगले यो पाठशाला जोगाउदै ल्याए । २००८ सालमा रामजंगले बनाएको विद्यालयलाई माध्यामिक तहमा लैजाने योजना २०१३ सालमा पुरा भयो । २०१६ पछि यस विद्यालय अध्ययन गरेका विद्यार्थीले डोटीबाट एसएलसी दिन थाले ।
२०१७ मा राज्य रजौटा उन्मूलन ऐन लागू भएपछि राजा महेन्द्रविरुद्व ओमजंग बहादुर सिंह र सुवर्णशमशेर लगायत मिलेर विद्रोह गरे । महेन्द्रको सेनासँगको लडाइमा ओमजंगको मृत्यु भयो । उनको काटिएको शिर लगेर महेन्द्रलाई बुझाइएको थियो । सरकारी स्वामित्वमा रहेको सत्यवादी माध्यामिक विद्यालयले बोकेको महत्वपूर्ण इतिहासको पहिचान गुम्ने चिन्ता बढेको छ ।

विसं. १९६५ मा प्रधानमन्त्री चन्द्रशमशेरसँगै बेलायत उनी अमेरिका भ्रमण गर्ने पहिलो नेपाली हुन् । देशको शिक्षा क्षेत्रमा मात्र नभई पहिलो र दोस्रो विश्वयुद्धले आक्रन्त विश्वसमुदायमा शान्ति र मानवताका लागि परिवार र राजगद्दी त्यागेर मानवसेवामा निस्किए । भारतको बेङ्लोरमा ह्युमानिष्ट नामक पत्रिकामार्फत मानवतावादी विचारको प्रचारप्रसार भारत हुदै, पूर्वी एसिया, मध्य एसिया र पश्चिम युरोपसम्मको यात्रा गरे । मानवतावादको आवश्यकता, शान्ति, सद्भावनाको महत्व बुझाउदै उनी स्वीट्जरल्याण्डको जेनेभा, जर्मनीको बर्लिन, भियना, हंगेरी, बुखारेस्ट, पोल्यान्ड, फ्रान्स, लन्डन, जापान, अमेरिका लगायत विश्वका विभिन्न देश पुगे । त्यसबेला हजारौं घाइते, रोगी, बिमारी, द्वन्द्वपिडित जनतालाई आवश्यक उपचार र अन्य व्यवस्था उनले मिलाए ।

जयपृथ्वीलाई सरकारले निकै ढिलो २०७९ असार ६ गतेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय विभूति घोषणा ग¥यो । नेपालको शिक्षा क्षेत्रको विकास तथा नेपाललाई विश्वसामु चिनाउन पु¥याएको योगदानको कदरस्वरुप उनलाई राष्ट्रिय विभूति घोषणा गरिएको हो । विसंं १९३४ भदौ ७ गते बझाङको चैनपुरमा जन्मिएका जयपृथ्वीको मृत्यु १९९७ असोज १ गते ६४ वर्षको उमेरमा भारतमा भयो । त्यसबेला भारतबाट प्रकाशन हुने अमृत बजार पत्र नामक पत्रिकाले नेपालका दोस्रो गौतम बुद्धको निधन भनेर समाचार प्रकाशन गरेको थियो । सबैलाई शिक्षा प्रदान गर्ने उद्देश्यले उनै जयपृथ्वीले स्थापना गरेको विद्यालयको व्यवस्थापनमा सरोकारवालाको ध्यान पुग्न नसकेको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कोलम्बियामा ट्रम्प समर्थित दक्षिणपन्थी करोडपति उम्मेदवारको जित, वामपन्थी इभान सेपेदाले स्वीकारे हार

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

सम्बन्धित

विश्वकप २०२६: रोमाञ्चक खेलमा हाइटीलाई हराउँदै मोरोक्को नकआउट चरणमा

ब्राजिलसँग ३–० ले पराजित स्कटल्यान्ड संकटमा, विश्वकप यात्रामाथि गम्भीर प्रश्न

‘खराब मानिस’बाट ‘बुद्धिमान नेतृत्व’सम्म : ट्रम्प नेतृत्वको दक्षिणपन्थी राजनीतिले इरानप्रतिको दृष्टिकोण किन बदल्दैछ?

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group