ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गठबन्धन टुट्योः रामचन्द्र पौडेल


एबीसी / संवाददाता
१० पुस २०७९, आइतबार   १ : ४१   बजे

 

काठमाडौं १० पुस । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आइतबार बालुवाटारमा बसेको बैठकपछि सत्तारुढ गठबन्धन टुटेको बताएका छन् । गठबन्धनमा सहमति हुन नसकेपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ‘अब गठबन्धनको औचित्य सकियो’ भन्दै बैठक स्थल छाडेको जानकारी दिएका हुन् ।

‘हामीले गठबन्धन जोगाउन सकेनौँ । अब हाम्रो हातमा केही रहेन,’ पौडेलले रातोपाटीलाई भने । पौडेलले यसअघि गठबन्धनलाई जोगाउन आफै दौडधुप गर्दै आएका थिए । गठबन्धनमा पहिलो पालीमा कसले पहिले सरकारको नेतृत्व गर्ने विषयमा विवाद रहेको थियो । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र दुवैले आफूले पहिले सरकारको नेतृत्व गर्न पाउनुपर्छ भन्दै आइरहेका थिए ।

यता बैठकपछि नेपाली कांग्रेसका नेता तथा सरकारका प्रवक्ता समेत रहेका मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भने प्रधानमन्त्री शेरबहादुर देउवा अझै पनि गठबन्धन जोगाउने पक्षमा रहेको बताए । उनले दलहरु पुनः छलफलमा बस्ने बताए पनि समय भने बताउन सकेनन् ।

यसैबीच प्रधानमन्त्री र राष्ट्रपति दुवै कांग्रेसले लिए नेकपा माओवादी केन्द्र प्रतिपक्षमा बस्ने निर्णय गरेको माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेका सभापति देउवाबीचको छलफल असफल भएको छ । नेकाले दुवै पद छाड्न नमानेपछि प्रचण्ड बालुवाटारबाट बाहिरिएका हुन् ।
स्रतका अनुसार राजधानीमा रहेको एकजना एमाले कार्यकर्ताको घरमा ओलीले प्रचण्डलाई कुरिरहेका थिए । प्रचण्ड त्यहीं पुगेका छन्। विहानै देखि नारायणकाजी श्रेष्ठ र देव गुरुंग तथा सुवास नेम्वांग र विष्णु पौडेल सम्भावित वाम गठबन्धनको तयारीका लागि जुटिरहेका छन् ।

सरकार निर्माणबारे बालुवाटारमा प्रचण्डले प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग बटम लाइन बताउन भनेपछि दुवै पद नछाड्ने बरु थप १ प्रदेशको मुख्यमन्त्री दिने बताएपछि प्रचण्डले देउवालाई धोकेवाज भन्दै बाहिरिएका हुन् ।
एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनाल नि प्रचण्ड र देउवाको बैठकमा सहभागी भएका थिए । प्रचण्ड बाहिरिएको केही समयपछि माधव नेपालले आफू नेकासंगे रहने बचन दिएर दुवै जना बाहिरिएका छन् । सत्तारुढ गठबन्धनको अन्तिम बैठक समेत हुन नसक्ने भएको छ ।

 

सम्वन्धित समाचार

शनिबार दिनभर गठबन्धनको गन्जागोल दौड, रातभर मन्त्रणा, आज विहानैदेखि फेरि बालुवाटार, बालकोट र खुमलटार सक्रिय

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कोलम्बियामा ट्रम्प समर्थित दक्षिणपन्थी करोडपति उम्मेदवारको जित, वामपन्थी इभान सेपेदाले स्वीकारे हार

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

सम्बन्धित

विश्वकप २०२६: रोमाञ्चक खेलमा हाइटीलाई हराउँदै मोरोक्को नकआउट चरणमा

ब्राजिलसँग ३–० ले पराजित स्कटल्यान्ड संकटमा, विश्वकप यात्रामाथि गम्भीर प्रश्न

‘खराब मानिस’बाट ‘बुद्धिमान नेतृत्व’सम्म : ट्रम्प नेतृत्वको दक्षिणपन्थी राजनीतिले इरानप्रतिको दृष्टिकोण किन बदल्दैछ?

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group