ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वरीयतामा असन्तुष्टि जनाउँदै मन्त्रालय गएनन् उपप्रधानमन्त्री श्रेष्ठ


एबीसी / संवाददाता
१४ पुस २०७९, बिहिबार   ९ : ४३   बजे

काठमाडौं, १४ पुस । सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगै शपथ लिएका उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय पुगेर पदभार ग्रहण गर्नुभयो । त्यसपछि भने उहाँ फर्किएर मन्त्रालय जानुभएको थियो । सुरुको दुई दिन सञ्चो नभएको भनेर मन्त्रालय नगएका उहाँ बिहीबार पनि जानुभएन ।

तर उहाँले पार्टीका नेताहरुसँग भने निवासमै भेटवार्ता गर्नुभएको छ । त्यसैले श्रेष्ठ मन्त्रालय नजानुको कारण वरीयताक्रममा असन्तुष्टि पनि भएको माओवादी केन्द्रका नेताहरु बताउँछन् ।एक नेताका अनुसार उपप्रधानमन्त्रीहरुमा आफ्नो पहिलो वरीयता हुनुपर्ने श्रेष्ठको दाबी छ । हाल मन्त्रिपरिषदको वरियतामा प्रधानमन्त्रीपछिको वरीयतामा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल हुनुहुन्छ। माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष श्रेष्ठ, डा. बाबुराम भट्टराई प्रधानमन्त्री भएका बेला ०६७ मा उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री हुनुभएको थियो ।

एमाले उपाध्यक्ष पौडेल २०७८ मा केपी शर्मा ओली नेतृृत्वको सरकारमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री हुनुभएको थियो । तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा पनि श्रेष्ठ पार्टीको छैटौं र पौडेल नवौं वरीयतामा हुनुहुन्थ्यो ।तर अहिले प्रचण्ड सरकारका तीन उपप्रधानमन्त्रीमध्ये पौडेललाई पहिलो वरीयतामा राखिएपछि श्रेष्ठ असन्तुष्ट रहेको माओवादी केन्द्र स्रोत बताउँछ । स्रोतका अनुसार श्रेष्ठले वरीयतामा असन्तुष्टि जनाउँदै सोमबार शपथ लिन नै आनाकानी गर्नुभएको थियो । श्रेष्ठको असन्तुष्टि प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीसम्म पुगेको छ ।माओवादी केन्द्रका एक नेता भन्छन्, ‘राजनीतिक र राजकीय रुपमा पनि यो मिलेन भन्ने उहाँको कुरा जायज हो छ । अध्यक्षहरुबीच कुराकानी हुँदा पनि मिलाउँला भन्नुभएको छ ।’उपप्रधानमन्त्री श्रेष्ठका स्वकीय सचिव सुरेशकाजी श्रेष्ठ भने अस्वस्थ भएकै कारण मन्त्रालय नगएको बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा पदाधिकारीको प्रारम्भिक सूची सार्वजनिक, १ महामन्त्रीका लागि ९ जना मैदानमा

कोइराला निवासमा राजनीतिक सरगर्मी: प्रचण्ड र माधव नेपालद्वारा शेखरसँग सामूहिक संवाद

सम्बन्धित

रास्वपा पदाधिकारीको प्रारम्भिक सूची सार्वजनिक, १ महामन्त्रीका लागि ९ जना मैदानमा

क्वार्टरफाइनलमा को–को पुग्लान्? एआई, सुपरकम्प्युटर र फुटबल विश्लेषकका आधारमा सम्भावित अन्तिम–८ को चित्र

कोइराला निवासमा राजनीतिक सरगर्मी: प्रचण्ड र माधव नेपालद्वारा शेखरसँग सामूहिक संवाद

चितवनको राप र रास्वपाको रापताप: स्टन्टबाट पार्टीतन्त्रतर्फको कठिन यात्रा

टर्कीसँग पराजित भए पनि समूह विजेता बन्यो अमेरिका, इन्जुरी समयमा टर्कीको सान्त्वना जित

रास्वपाको महाधिवेशनबाट निर्वाचित ९९ सदस्ययहरुको मतसहितको आधिकारिक सूची, कसले कति मत पाए?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu