ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्रीका रूपमा प्रचण्ड तेस्रो पटक सिंहदरबार प्रवेश : अवसर भन्दा चुनौति बढि (भिडियोसहित)


एबीसी / संवाददाता
१५ पुस २०७९, शुक्रबार   १० : ४३   बजे

काठमाडौं, १५ पुस । प्रधानमन्त्रीका रूपमा तेस्रो पटक सिंहदरबार प्रवेश गर्दै गर्दा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग अवसर र चुनौती हाराहारी देखिन्छन् । आफूलाई ‘डाइनामिक लिडर’ अर्थात् गतिशील नेता भन्न रुचाउने प्रचण्डलाई आलोचकहरू चाहि अस्थिर नेता भन्छन् । हुन पनि कहिले यता त कहिले उता गरेर कुनै न कुनै रूपमा आफू र आफ्नो पार्टीलाई सत्ताको नजिक राख्न सफल प्रचण्डले भर्खरैसम्म हातेमालो गरिरहेको काग्रेसलाई छोड्दै कुनै बेला निकै तिक्ता सम्बन्ध रहेको दल एमालेसँग सहकार्य गर्ने निर्णय लिनु आफैमा सानो जोखिम होइन ।

त्यसैले पनि नवनियुक्त प्रधानमन्त्री प्रचण्डको पहिलो चुनौती नया गठबन्धनको औचित्य पुष्टि गर्नु नै हुनेछ । यो कुरा प्रचण्डको प्रधानमन्त्रित्व कालका लागि मात्र होइन सम्भवतः उहाँको दल माओवादी केन्द्रको राजनीतिक भविष्यका लागि अझ बढी महत्त्वपूर्ण हुनेछ । देउवाबाट धोका’ खाएका प्रचण्ड अन्तिम क्षणमा ओली निवास बालकोट पुगे । बालकोट सायद प्रचण्डलाई नै पर्खेर बसेको थियो । करिब तीन वर्षको दुश्मनी तीन मिनेटमा मित्रता र सहकार्यमा परिणत भयो । एमाले अध्यक्ष ओलीले माओवादी अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री मात्र स्वीकार गरेनन्, नया समीकरणको सहजीकरण समेत गर्दिए ।

तर प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको चुनौतीको घेरा भने निकै ठूलो छ । प्रधानमन्त्री प्रचण्डसामु यसअघि टुटिसकेको नेपाली कांग्रेसँगको पाँच दलीय गठबन्धनभन्दा तीन स्वतन्त्र सहित सात दलीय गठबन्धनको सरकार सञ्चालनमा स्वभाविकै चुनौति बढि छ ।

वाम गठबन्धनमै पनि विगतमा सम्बन्धमा तिक्तता रहेकादेखि वैचारिक विमति राख्ने र नवोदित पार्टीहरु सबैलाई मिलाउसक्नु नै पनि पहिलो चुनौतीका रुपमा छ । प्रधानमन्त्री प्रचण्डको पहिलो कार्यकालको तुलनामा दोस्रो कार्यकाल बढी सन्तुलित र सफल थियो । तेस्रो कार्यकाललाई झनै उल्लेखनीय बनाउँन सके त्यो उनको व्यक्तित्व र देश, जनताको आवश्यकता दुवैका लागि हितकर हुनेछ । वाम एकता कम्युनिष्ट कार्यकर्ता र समर्थकको लामो समयदेखिको सपना हो । २००६ सालमा स्थापित भएको कम्युनिस्ट पार्टी २०१९ सालको तेस्रो महाधिवेशनसम्म एउटै थियो । ०२० को दशकमा कम्युनिस्ट आन्दोलनमा व्यापक टुटफुट भयो ।

टुटफुटले सिर्जना गरेका गुटबीचको संघर्ष र तिक्तता निक्कै तीतो रह्यो । २०७४ को आम निर्वाचनमा एमाले– माओवादी गठबन्धन र नेकपाको गठन हुदा देशको कम्युनिस्ट जनमत असाध्यै खुसी भएको थियो । तर, त्यो खुसी दुई वर्षभन्दा बढी टिक्न पाएन । अहिलेको अवसरलाई प्रयोग गरेर ओली र प्रचण्डले त्यो टुटेको कडीलाई फेरि जोड्न सक्दछन् । त्यसो भए हिजो दुवै नेतामाथि लागेको दाग मेटिने नयाँ परिस्थिति बन्न सक्दछ ।

 

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कोइराला निवासमा राजनीतिक सरगर्मी: प्रचण्ड र माधव नेपालद्वारा शेखरसँग सामूहिक संवाद

चितवनको राप र रास्वपाको रापताप: स्टन्टबाट पार्टीतन्त्रतर्फको कठिन यात्रा

सम्बन्धित

क्वार्टरफाइनलमा को–को पुग्लान्? एआई, सुपरकम्प्युटर र फुटबल विश्लेषकका आधारमा सम्भावित अन्तिम–८ को चित्र

कोइराला निवासमा राजनीतिक सरगर्मी: प्रचण्ड र माधव नेपालद्वारा शेखरसँग सामूहिक संवाद

चितवनको राप र रास्वपाको रापताप: स्टन्टबाट पार्टीतन्त्रतर्फको कठिन यात्रा

टर्कीसँग पराजित भए पनि समूह विजेता बन्यो अमेरिका, इन्जुरी समयमा टर्कीको सान्त्वना जित

रास्वपाको महाधिवेशनबाट निर्वाचित ९९ सदस्ययहरुको मतसहितको आधिकारिक सूची, कसले कति मत पाए?

अमेरिकाविरुद्ध टर्कीको पुनरागमन, ओर्कुन कोकुको गोलमा २–१ को अग्रता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu