ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सप्तरीमा बोक्सी आरोपमा कपाल मुण्डन, मुद्दा दर्ता गर्न प्रहरीको आनाकानी, सिके राउतको पहलमा बल्ल मुद्धा दर्ता !


ABC NEWS
२० पुस २०७९, बुधबार   ८ : ०७   बजे

सप्तरी २० पुस । सप्तरीमा बोक्सीको आरोपमा कपाल मुण्डन गरेको कसुरको मुद्दा दर्ता गर्न प्रहरीले आनाकानी गरेको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीले मुद्दा दर्ता गर्न आनाकानी गरेपछि पीडित पक्षले सप्तरी–२ का सांसद डा। सिके राउतको कार्यालयमा गएर गुनासो गरेका छन् ।

सप्तरीको कञ्चनपुर नगरपालिकाको सो घटनाबारे आफूले उप–प्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई जानकारी गराएको डा। राउतले बताएका छन् । राउतको आग्रहपछि प्रहरीले बल्ल मुद्दा दर्ता गरेको छ ।

कञ्चनपुर नगरपालिकामा करिब ४५ वर्षीय महिलालाई बोक्सीको आरोप लगाएर कपाल मुण्डन गरिएको थियो । आफूलाई बोक्सीको आरोप लगाएर कपाल काटेको भन्दै पीडित महिला प्रहरीकहाँ पुगेकी थिइन् । सप्तरीका एसपी अभिनारायण काफ्लेले सो घटना अन्देखा गरेपछि पीडित डा। राउतको कार्यालयमा पुगेकी हुन् ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी नरेश कुमार सिंहले भने बोक्सी आरोपमा सो घटनाको जाहेरी दर्ता गरिएको रातोपाटीलाई बताए । उनले भने–‘रित पुर्वक जाहेरी नल्याएको हुनाले ढिला भएको हो, अहिले दर्ता गरेर अनुसन्धान गरिरहेका छौं ।’

बोक्सीको आरोप लगाएर यातना दिने ५ जनाबिरुद्ध पीडितले किटानी जाहेरी दिएकी छिन् । आरोपीहरु फरार भएको डिएसपी सिंहले बताए । उनले भने–‘आरोपीहरु भागेका छन्, हामी खोजतलास गर्दै छौं ।’

आरोपीहरुले कुटपिट गरेको चोटसहित पीडित प्रहरी कार्यालयमा पुग्दा पनि प्रहरीले बेवास्ता गरेको आरोप छ । डिएसपी सिंहले पीडीतलाई तत्काल घाउ जाँच फारम भरेर मेडिकल गर्न पठाएको दाबी गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

सम्बन्धित

नयाँ नेतृत्व र नीति तय गर्दै सकियो रास्वपाको पहिलो महाधिवेशन

विराटनगर पुगेर प्रचण्डले भने–एमालेसँग सदन, सडक र निर्वाचनमा सहकार्य हुन्छ

रास्वपाको पदाधिकारीमा को–को भए निर्वाचित ? (मतसहित)

काठमाण्डौ उपत्यकामा बर्ड फ्लु सङ्क्रमण फैलन नदिन प्राविधिक टोली परिचालन

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu