ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सर्लाहीमा एक मतान्तरले एमालेका उम्मेदवार विजयी वडामा पुनः मत गणना गर्न उच्च अदालतको आदेश


ABC NEWS
२३ पुस २०७९, शनिबार   ७ : १९   बजे

 

सर्लाही । नेकपा एमालेका उम्मेदवार केवल १ मतान्तरले विजयी भएको सर्लाहीको हरिवन नगरपालिका वडा नम्बर ७ मा पुनः मत गणना गर्न उच्च अदालत ९जनकपुर० ले आदेश दिएको छ।

हरिवन नगरपालिका वडा नम्बर ७ को वडाध्यक्षका लागि सम्पन्न निर्वाचनको यसअघिको मतगणना रद्द गरी पुनः गणना गर्न शुक्रबार उच्च अदालतले आदेश दिएको रजिस्ट्रार खड्गराज अधिकारीले जानकारी दिए।

अब निर्वाचन कार्यालय सर्लाहीबाट मतपत्र झिकाएर उच्च अदालत जनकपुरमै पुनः गणना गरिने रजिस्ट्रार अधिकारीको भनाइ छ।

न्यायाधिशद्वय भोजराज अधिकारी र रेखा थापा पाण्डेको संयुक्त इजलासले हरिवन ( ७ को वडाध्यक्षका लागि पुनः मत गणना गर्न आदेश दिएको हो।

गएको वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा हरिवन ७ को वडाध्यक्षमा एमालेका उम्मेदवार निरध्वज कार्की विजयी भएका थिए।

विजयी कार्कीले ३७९ मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका टीकाजंग थापाले ३७८ मत पाएका थिए। नेपाली कांग्रेसले त्यतिबेलै धाँधली गरेर आफ्ना उम्मेदवारलाई हराएको आरोप लगाएको थियो।

वडाध्यक्षमा १ मतान्तरले पराजित थापाले पुनः मत गणना माग गर्दै उच्च अदालतमा रिट दायर गरेका थिए। थापाले अन्तरिम आदेशको मागसहित रिट दायर गरे पनि अदालतले  पुनः मत गणनाको आदेश दिएको हो।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती ः नेकपा नेता श्रेष्ठ, भिडियो

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

सम्बन्धित

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

भेनेजुएला- भूकम्प : ३० भन्दा बढीको मृत्यु, सयौँ घाइते, उद्धार कार्य जारी

रास्वपा महाधिवेशनमा कम सहभागिता : १३ सय ५२ प्रतिनिधिले मतदान गरेनन्, व्यवस्थापनमाथि प्रश्न

रास्वपा महाधिवेशनको दोस्रो चरण आज : उपसभापति, महामन्त्री र सहमहामन्त्री पदका लागि निर्वाचन हुँदै

विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाऊ आदेश

रास्वपामा भद्रगोल : ‘नयाँ राजनीति’ को दाबीमाथि आफ्नै कार्यकर्ताको प्रश्न, मतदान प्रक्रियामै व्यापक असन्तुष्टि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group