ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ओलीको देउवामाथि व्यंग्य: ‘प्रधानमन्त्रीको लोभ देखाउनेले संविधानको धारा पत्तै रहेनछ’


ABC NEWS
२४ पुस २०७९, आइतबार   ४ : ४८   बजे

 

काठमाडौं २४ पुस । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सात दलीय गठबन्धन फुटाउन नेपाली कांग्रेसले गरेको प्रयासप्रति कटाक्ष गरेका छन्।

पार्टीका जनसंगठनहरुको दुई दिने तालिम कार्यक्रमलाई आइतवार धुलिखेलमा सम्बोधन गर्दै ओलीले तत्कालीन पाँच दलीय गठबन्धनको प्रमुख दल कांग्रेसको अहिलेको प्रयास व्यर्थै जाने पनि बताए।

‘अहिलेको गठबन्धनका कतिपय नेतालाई प्रधानमन्त्री दिउँला भनेर फकाइरहेका रहे छन्’, ओलीले भने, अहिलेको सरकार संविधानको धारा ७६ (२) अनुसार बनेको छ। यो सरकारले पुस २६ मा बहुमत ल्याउन सकेन भने नयाँ सरकार निर्माण संविधानको धारा ७६ उपधारा ३ मा जान्छ।’

उनले कांग्रेस सभापति शेरबहादुर देउवाले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलाई प्रधानमन्त्री प्रस्ताव गर्दा संवैधानिक व्यवस्था भुलेर जिल्लिन पुगेको पनि बताएका छन्।

जसले गठबन्धनका साथीहरुलाई प्रधानमन्त्रीको प्रस्ताव गरे, उनीहरुले संविधानको कुरै भुलेछन्”, उनले भने, ‘तर प्रधानमन्त्री प्रस्ताव गर्नेलाई ‘तपाईंले मलाई कुन धाराअन्तर्गत प्रधानमन्त्री बनाउनुहुन्छ? भन्दा ए त्यो चाहिँ मिलेनछ भनेछन्।

गठबन्धन फुटाउन प्रधानमन्त्री दिने आश्वासन फेल खाएपछि कांग्रेसले नयाँ कार्ड खेलिरहेको उनले बताए। प्रधानमन्त्री दिने कुरा संविधानअनुसार पनि नमिलेपछि फेरि उपप्रधानमन्त्री र सभामुख दिउँला भनेर फकाएछन् , उनले भने, प्रधानमन्त्रीले २६ गते विश्वासको मत पाउँछन्। कसैले ढाल्न नखोजे हुन्छ, यो एमालेले बनाएको सरकार हो।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

सम्बन्धित

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

प्रचण्ड गर्मीको चपेटामा युरोप : फ्रान्समा मात्र ४० जनाको डुबेर मृत्यु, तापक्रमले तोड्यो दशकौँ पुराना कीर्तिमान

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

रास्वपा महाधिवेशनमा मतदान जारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group