ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सरकारलाई विश्वासको मत दिन सत्ता गठबन्धनको आह्वान, प्रदेश सरकारबारे ठोस सहमति भएन


ABC NEWS
२४ पुस २०७९, आइतबार   ९ : ०९   बजे

 

 

काठमाडौँ २४ पुस । सत्तारुढ दलका शिर्ष नेताहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिन प्रतिनिधिसभाका सबै राजनीतिक दलहरुलाई आह्वान गरेका छन् । आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले सबै राजनीतिक दललाई विश्वासको मत दिन आह्वान गर्ने निर्णय गरेको प्रधानमन्त्रीका प्रेस सयोजक सूर्यकिरण शर्माले बताए ।

गठबन्धनले प्रतिनिधिसभा राजनीतिक दल तथा स्वतन्त्र सांसदहरुलाई विश्वासको मतका लागि आह्वान गर्ने निर्णय भएको छ,शर्माले भने ।

संविधानको धारा ७६ ९२० अनुसार प्रधानमन्त्रीमा नियुक्त भएका दाहालले मंगलबार प्रतिनिधिसभामा विश्वासको मतका लागि प्रस्ताव पेस गर्दै छन् ।
गठबन्धनका दलहरुले प्रदेश सरकारका बारेमा छलफल गरेपनि ठोस सहमति नभएको बताइएको छ । आइतबारको बैठकमा सुदूर पश्चिम प्रदेश एमाले र कर्णाली प्रदेश माओवादीको मुख्य मन्त्री हुनेगरी समझदारी गरेको बताइएको छ ।

न्युनतम साझा नीति कार्यक्रममा सहमति

सत्ता साझेदार दलका शीर्ष नेताको बैठकले सरकारको न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिएको छ ।

आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले सरकार सञ्चालनका लागि सत्ता साझेदार दलहरूको न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रूप दिने निर्णय गरेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ । न्यूनतम साझा कार्यक्रमलाई छिटै औपचारिक रूपमा सार्वजनिक गर्ने पनि बैठकले निर्णय गरेको छ ।

सत्ता साझेदार दलहरुले बनाएको कार्यदलले शनिबार शीर्ष नेताहरुलाई न्यूनतम साझा कार्यक्रमको मस्यौदा बुझाएका थिए । बैठकले प्रधानमन्त्री प्रचण्डका लागि संसदमा रहेका सबै दलसँग विश्वासको मत माग्ने निर्णय पनि गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बैठकमा सत्ता साझेदार दलहरूबीच संघीय र प्रादेशिक तहमा सत्ता साझेदारीको प्याकेजका बारेमा समेत छलफल भएको छ ।

बैठकमा प्रधानमन्त्री प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष सिके राउत सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अमेरिकाविरुद्ध टर्कीको पुनरागमन, ओर्कुन कोकुको गोलमा २–१ को अग्रता

रास्वपा उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध

सम्बन्धित

अमेरिकाविरुद्ध टर्कीको पुनरागमन, ओर्कुन कोकुको गोलमा २–१ को अग्रता

अमेरिका–टर्की खेलको रोमाञ्चक सुरुवात, पहिलो १० मिनेटमै १–१ को बराबरी

रोमाञ्चक बराबरीसँगै जापान र स्विडेन नकआउटमा, अब ब्राजिलसँग जापानको महाभिडन्त

रास्वपा उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध

रास्वपा महाधिवेशन: सर्वसम्मति नजुटे ६ पदमा चुनावी प्रतिस्पर्धा, उम्मेदवारहरूको लामै सूची

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : १८८ जनाको मृत्यु, १,५०० भन्दा बढी घाइते, हजारौँ अझै भग्नावशेषमुनि फसेको आशंका

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu