ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ असार २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष र वरिष्ठ नेताबीच सामाजिक सञ्जालमै दोहोरी


abc tv
२४ पुस २०७९, आइतबार   ९ : २०   बजे

धनगढी, २४ पुस ।पार्टी दर्ता भएको एक वर्ष पुरा नहुँदै रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टीमा विवाद हुन थालेको छ ।

पार्टीको विवाद नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ र सो पार्टीका वरिष्ट नेता लक्ष्मण चौधरीबीच सामाजिक सञ्जालमै भएको दोहोरीले छर्लङ्ग पारेको छ ।

आइतबार नागरिक उन्मुक्ति पार्टीका वरिष्ठ नेता लक्ष्मण चौधरीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘टिकापुर राजवन्दी मा. रेशमलाई गल्ती गर्ने छुट छैन ।’

समाजिक सञ्जालमा लक्ष्मण चौधरीले उक्त अभिव्यक्ति पोष्ट गरेको केही समयमै नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले सोही पोष्टमा प्रतिक्रिया दिएकी छन् । उनले लक्ष्मण चौधरीलाई चेतावनीको शैलीमा लेखेकी छन्, ‘दुई–चार लाखमा बिक्री भइहाल्ने जस्तो सोच्नू भयो , आफ्नो पहिचानको लागि लडाई लडेर जेल पर्नु भएको माननीय ज्यू अहिले पनि कारागार मै हुनुहुन्छ लक्ष्मण जी स्मरण रहोस ।’

सामाजिक सञ्जालमा नागरिक उन्मुक्तिका जिम्मेवार नेता आरोप प्रत्यारोपमा उत्रेपछि पार्टीभित्र विवाद रहेको भन्दै कार्यकर्ता तथा शुभेच्छुकले भने पार्टीको विवाद आन्तरिक रुपमै सुल्झाउनु पर्ने सुझाव दिएका छन् । दुई नेताबीच आरोप प्रत्यारोप चलेपछि लक्ष्मण चौधरीको पोष्टमा प्रतिक्रिया जनाउँदै बिरेन्द्र चौधरीले लेखेका छन, ‘५ सीटमा भाड भैलो ।’

कतिपय शुभेच्छुकले भने आन्तरिक विवाद बाहिर नल्याउन सुझाव दिएका छन् । लक्ष्मणकै पोष्ट मा सूर्य चौधरीले लेखेका छन्, ‘दाजु  समाजिक सन्जालमा यसरी पोष्ट गर्नु कतिको जायज हो रुरु हामी थारुमा यहित कमजोरी छ पहाडीको तलुवा चाट्न खोज्छौ आफ्नो अनि आफ्नो घरझगडा अरु सामु सम्पुन्छौ ।’

नागरिक उन्मुक्ति पार्टीमा सरकारमा जाने वा नजाने भन्ने विषयमा आन्तरिक विवाद चुलिएको पाइएको छ । लक्ष्मण चौधरीले सोही विवादलाई सामाजिक सञ्जालमा पोखेका हुन् । नागरिक उन्मुक्ति पार्टीमा एक जनामात्रै निर्णायक रहेको र निर्णय गर्दा अरुसँग छलफलनै नगर्ने गरेको आरोप पनि लाग्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

के हामीले ब्रम्हकमल भनेको फूल साँच्चिकै ब्रम्हकमल हो त ?

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

सम्बन्धित

के हामीले ब्रम्हकमल भनेको फूल साँच्चिकै ब्रम्हकमल हो त ?

विश्वकप २०२६ : फ्रान्सको प्रभावशाली जित, स्पेन समूह विजेता, बेल्जियम शीर्ष स्थानमा, इजिप्ट अन्तिम ३२ मा

अन्तिम क्षणमा भिडियो सहायक रेफ्रीले तोड्यो इरानको सपना, इजिप्ट बराबरीसँगै अन्तिम ३२ मा, बेल्जियम समूह विजेता

डेम्बेलेको ३२ मिनेटमै ह्याट्रिक, नर्वेमाथि फ्रान्सको ४–१ को शानदार जित; विश्वकप उपाधिको प्रमुख दाबेदारको रूपमा बलियो सन्देश

सेनेगलको शानदार पुनरागमन : इराकलाई ५–० ले हराउँदै नकआउट सम्भावना जीवित

नयाँ नेतृत्व र नीति तय गर्दै सकियो रास्वपाको पहिलो महाधिवेशन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu