ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रन्जिताको प्रश्नः ‘प्रधानमन्त्रीज्यू, ओलीज्यू, देउवाज्यू रेशम चौधरी कहिले छुट्छन् ?


ABC NEWS
२५ पुस २०७९, सोमबार   ३ : ५१   बजे

काठमाडौं २५ पुस । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले रेशम चौधरीलाई ठूलो दलका कार्यकर्ता नभएका कारणले झुटा मुद्दा लगाएर जेलमा राखिएको बताएकी छन् । प्रतिनिधिसभाको पहिलो बैठकमा रन्जिताले चौधरी कांग्रेस, एमाले, माओवादीलगायत ठूला दलको कार्यकर्ता भएको भए मुद्धा नलाग्ने बताइन् ।

उनले थारु भएकै कारण चौधरीलाई मुद्दा लगाइएको र पाँच वर्षदेखि थुनेर राखेको बताइन्। उनले टिकापुर घटना बन्द कोठामा घटाइएको घटना नभएको समेत बताइन् । घटनास्थलमा नदेखिएका व्यक्तिलाई मुद्दा लगाउन नपाइने भएपनि जेलमा राखिएको बताइन् ।

रेशम चौधरी टिकापुर घटना हुँदा २१ किलोमिटर टाढा लम्कि चिसापारीको टावरको सम्पर्कमा रहेको उनको भनाइ छ । रञ्जिताले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले अध्यक्ष केपीशर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, कांग्रेसका महामन्त्री गगन थापाले रेशम चौधरी निर्दोष भएको बताइसकेको बताइन् । तर, पनि किन जेलमा नै राखिएको भन्दै न्याय मागिन् ।

“आखिर निर्दोष नागरिकलाई किन जेलमा नै राखिरहने रु निर्दोष थारुलाई किन जेलमै राखिरहने रु आज यही संसद्बाट न्याय माग्छु । न्याय दिने आशा पनि रहेको छ,” चौधरीले भनिन् । आफ्नो पार्टीले न्याय नपाएसम्म लडिरहने बताए । उनले कविता पनि सुनाइन् ।

कानुन निर्माण गर्ने थलो संसदमा आफू न्याय माग्न आएको भन्दै श्रेष्ठले टीकापुर घटनामा बढी क्षति थारु समुदायलाई भएको तर्क गरिन् । उनले रेशम चौधरीसहितका निर्दोष थारुहरुलाई थुनिएको भन्दै आपत्ति जनाएकी थिइन् । ‘रेशम चौधरीको एफएम, घर र रिसोर्ट, गाडी, लत्ताकपडा जलाइयो र उनीहरुमाथि झुठा मुद्दा लगाइयो,’ श्रेष्ठले भनिन् । उनले चौधरी सो घटना भएको ठाउँभन्दा २१ किलोमिटर पर रहेको सरकारी प्रतिवदेनले देखाउने पनि बताएकी थिइन् ।

उनले टीकापुर घटना सम्बन्धमा सर्वोच्च अदालतले जारी गरेको आदेशअनुसार लाल आयोगको प्रतिवेदन सार्वजनिक हुनुपर्ने पनि माग गरेकी थिइन् ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group