ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्रीले भ्रष्टाचारीहरुप्रति कडा हुने निर्देशन दिएर दलबलसहित गोरखा उडे


ABC NEWS
२७ पुस २०७९, बुधबार   २ : ०२   बजे

 

काठमाडौं २७ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदबाट बलियो विश्वासको मत मिलेका अब देश र जनतालाई सुशासन दिएर अघि बढ्ने बताएका छन्।

नेकपा माओवादी केन्द्रको भ्रातृसंगठन वाईसीएल नेपालको कार्यक्रमलाई बुधबार काठमाडौंमा सम्बोधनका क्रममा भ्रष्टाचारीहरुप्रति कडा रुपमा प्रस्तुत हुन समेत युवाहरुलाई आग्रह गरे ।

‘अहिले नेपाल र नेपाली सबैलाई यो सफलता मिलेको छ। यो पटक पार्टी र सरकार सफल हुने कुरामा शंका छैनु, उनले भने, ुजनयुद्ध हुँदै गर्दा राज्यले किलो शेरा टु अप्रेशन चलाएको थियो। पार्टीका कतिपय साथीहरुमा निराशा थियो। त्यही बेला जनयुद्ध दुई तीन वर्ष पनि जाँदैनथ्यो कि भन्ने थियो। तर हामीले युवाहरुलाई नेतृत्वमा ल्याएर जनयुद्ध सफल बनायौँ।’

उनले अहिलेको अवसरलाई सदुपयोग गर्नुपर्ने पनि बताए। ‘अब हामीले सुशासन दिएर भ्रष्टाचार नियन्त्रणका लागि कठोर हुनुछु, उनले भने, ुहामीले आर्थिक समृद्धिको यात्राको कल्पना गरेका छौँ। समाजवादतिरको यात्राको आरम्भको बिन्दु यही हुन सक्छ। यतिबेला सरकार र पार्टीलाई सहयोग चाहिएको छ। हामी प्रतिक्रियावादीहरुको घेरा तोडेर यहाँसम्म आएका छौँ, त्यसैले हामी सफल हुनैपर्छ।’

यसैबीच गोरखा निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका प्रचण्ड प्रधानमन्त्री भएपछि पहिलो पटक गोरखा गएका हुन्।

पृथ्वी जयन्तीको अवसरमा गोरखा उद्योग वाणिज्य संघले आयोजना  गरेको महोत्सवको उद्घाटन गर्न प्रचण्ड गोरखा गएका हुन् ।

प्रचण्डसँगै उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ, कांग्रेस सांसद राजेन्द्र बजगाईंपनि गोरखा गएका छन् ।

प्रधानमन्त्री प्रचण्ड ११ औँ गोरखा महोत्सवको उद्घाटन गर्न गोरखा लागेका हुन्। उनले प्रतिनिधिसभामा मङ्गलवार मात्रै विश्वासको मत लिएका थिए।

आज पृथ्वीनारायण शाहको ३०१ औँ जन्मजयन्ती पनि हो। प्रधानमन्त्री प्रचण्डले गोरखामा पृथ्वीजयन्तीको अवसरमा आयोजित कार्यक्रममा पनि सहभागी हुने जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पूर्व र मध्य भेगका केही ठाउँमा वर्षा, धेरै ठाउँमा गर्मी

रास्वपा महाधिवेशनमा मतदान जारी

सम्बन्धित

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

रास्वपा महाधिवेशनमा मतदान जारी

विश्वकप २०२६: रोमाञ्चक खेलमा हाइटीलाई हराउँदै मोरोक्को नकआउट चरणमा

ब्राजिलसँग ३–० ले पराजित स्कटल्यान्ड संकटमा, विश्वकप यात्रामाथि गम्भीर प्रश्न

‘खराब मानिस’बाट ‘बुद्धिमान नेतृत्व’सम्म : ट्रम्प नेतृत्वको दक्षिणपन्थी राजनीतिले इरानप्रतिको दृष्टिकोण किन बदल्दैछ?

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group