ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गोरखाबाट सिधै प्रधानमन्त्री प्रचण्ड बालकोट पुगे, कांग्रेसको विश्वासको मतबारे मन्थन


ABC NEWS
२७ पुस २०७९, बुधबार   ७ : १६   बजे

 

काठमाडौं २७ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेकपा एमालेका अध्‍यक्ष केपी शर्मा ओलीसाँग छलफल गर्न गोरखाबाट सिधै ओली निवास बालकोट पुगेका छन् । आज अपरान्ह प्रधानमन्त्री प्रचण्ड गोरखा महोत्वसको उद्घाटन गर्न गोरखा पुगेका थिए ।

बुधबार साँझ प्रधानमन्त्री प्रचण्ड ओली निवास पुगेर मंगलबार संसदमा कांग्रेसले विश्वासको मत दिएर के गर्न खोजेको हो भन्ने बारेमा ओलीले चासो राखेको विषयमा छलफल भएको छ । स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्डले संसद विघटन सही कि गलत भन्ने लफडमा नपर्न ओलीलाई सल्लाह दिएका छन् । प्रचण्डले कांग्रेसले आफ्नो रणनीति अनुसार विश्वासको मत दिएको कुरालाई एमाले–माओवादी बीचको समझदारीमा प्रवेश गराउन नहुने विषयमा आफू सचेत रहेको प्रचण्डले ओललाई बताएका छन् ।

प्रधानमन्त्रीले मंगलबार संसदमा असाधारण विश्वासको मत पाएपछि मन्त्रिपरिषद् विस्तारका लागि दुई नेताबीच छलफल भएको छ । सत्ता गठबन्धनका अरु दललाई पनि मन्त्रीको नाम माग्ने र दुई दिनभित्र मन्त्रिपरिषद्लाई पूर्णत दिने विषयमा सहमति भएको छ ।
दुई नेताबीचको छलफलमा प्रधानमन्त्री प्रचण्डले एमालेको तर्फबाट सभामुखको उमेद्वारको नामका बारेमा चासो राखेका छन् । ओली सम्भावित ३ जना नेताको नाम प्रचण्डलाई सुनाएको बताइएको छ ।

सभामुखको निर्वाचन माघ ५ गते हुँने कार्यतालिका रहेको छ । प्रधानमन्त्री जस्तै सभामुख पनि दुई दलका बीचमा आलोपालो गर्ने पहिले नै सहमति भएको छ ।
एमाले अध्यक्ष ओलीले पार्टी उपमहासचिव पृथ्वीसुव्वा गुरुंग र सचिव छविलाल विश्वकर्मा मध्ये एकलाई सभामुख पदमा अघि सार्ने बताइएको छ । सांसद विद्या भट्टराईको समते चर्चा भएपनि भट्टराईलाई ओलीले परराष्ट्रमन्त्री बनाउन चाहेका छन् । भट्टराई एमालेको विदेश विभाग प्रमुख राजन भट्टराईकी बहिनी हुन् । उनक पति तथा लोकप्रिय युवा नेता रविन्द्र अधिकारीको ताप्लेजुंग हेलिकप्टर दुर्घटनामा निधन भएको थियो ।

 

प्रधानमन्त्री प्रचण्डले गोरखा महोत्सवको उद्घाटन गर्दै गोरखाको विकासमा कायपलट हुने प्रतिवद्धता जनाए

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

विष्णु पौडेललाई गैरकानुनी रूपमा थुनिएको भन्दै श्रीमती दोमाया पुगिन् सर्वोच्च

रास्वपा नेतृत्वको दौड: ९९ सिटका लागि ३८४ जनाको होड, ८० महिला प्रतिस्पर्धी (सूची)

सम्बन्धित

विष्णु पौडेललाई गैरकानुनी रूपमा थुनिएको भन्दै श्रीमती दोमाया पुगिन् सर्वोच्च

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

रास्वपा नेतृत्वको दौड: ९९ सिटका लागि ३८४ जनाको होड, ८० महिला प्रतिस्पर्धी (सूची)

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

समयमै बजेट नपुग्ने जोखिम, ६४ पालिकाले मात्र बजेट सार्वजनिक

कोलम्बियाले एक खेलअगावै अन्तिम ३२ को यात्रा तय गर्‍यो, चम्किए मुनोज

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group