ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ताप्लेजुङमा हिमपात शुरु, जनजिवन प्रभावित


admin
११ माघ २०७४, बिहिबार   ४ : ०४   बजे

ताप्लेजुङ, ११ माघ । ताप्लेजुङका उच्च हिमाली क्षेत्रमा हिमपात शुरु भएको छ । बुधबार दिउँसो भएको सामान्य वर्षासँगै हिमपात भएको हो ।

उच्च क्षेत्रमा रहेका ओलाङचुङगोला, याङ्मा, घुन्सा, लेलेप, ग्याव्ला, फलेलगायतका बस्तीमा बाक्लो हिमपात भएको छ भने प्रशिद्ध तीर्थस्थल पाथीभरा मन्दिर क्षेत्रमा समेत हिमपात भएको स्थानीयले बताए। हिमपात भएसँगै जिल्लाभर चिसो बढेको छ ।

दुई हजार ५०० मिटरभन्दा माथि रहेका उत्तरी क्षेत्रका बासिन्दा चिसोको बढी प्रभावमा परेका छन् भने सामान्यतया जिल्लाभर नै तुलनात्मकरुपमा चिसो बढेको स्थानीयले बताएका छन् । पाथीभरा मन्दिरमा समेत बाक्लो हिउँ परेको प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए।

हिउँ परेसँगै हिउँमा रमाउन चाहने स्थानीय मानिस सुकेटार हुँदै पाथीभरा मन्दिरसम्मको भ्रमणमा निस्कन थालेको स्थानीय इन्द्रनारायण भट्टराईले जानकारी दिए । गएका वर्षको तुलनामा यो वर्ष ताप्लेजुङमा ढिला गरी हिमपात भएको हो । गएका वर्षमा कात्तिक मंसिरदेखि नै हिउँ पर्ने गथ्र्यो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पृथ्वीराजमार्गको छिर्कनेखण्ड एकतर्फी सञ्चालनमा

काठमाडौंको सवारी जाम : समय, श्रम र अर्थतन्त्रमा बढ्दो भार

सम्बन्धित

मुख्यमन्त्री कार्कीले सोमबार विश्वासको मत लिने

मन्त्रालय हेरफेरप्रति मन्त्री पराजुली असन्तुष्ट, स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हाल्न आनाकानी

कोसीमा एमाले–नेकपा सत्ता साझेदारीः एमालेले पाँच, नेकपाले चार मन्त्रालय पाउने

ओली हटाउने अभियानलाई शेरधन राईको चुनौती : ‘यस्ता पात्र र प्रवृत्तिलाई दुत्कार्नुपर्छ’

सुनसरीबाट कालीमाटी पुग्छ दैनिक निगुरो, थोक मूल्य मुठाको १० रुपैयाँ

चुनावपछि ओली पहिलोपटक सार्वजनिक कार्यक्रममा सहभागी हुन झापा र इलाममा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu