ABC NEWS NEPAL | No.1 News channel of Nepal
१ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोसीमा एमाले–नेकपा सत्ता साझेदारीः एमालेले पाँच, नेकपाले चार मन्त्रालय पाउने


ABC NEWS
१ भदौ २०८३, सोमबार   ११ : ०५   बजे

विराटनगर । कोसी प्रदेशमा नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीबीचको सत्ता साझेदारीअनुसार आज मन्त्रिपरिषद् हेरफेर हुने भएको छ।

एमाले र नेपाली कम्युनिष्ट पार्टीबीच साउनको पहिलो साता भएको तीनबुँदे सहमतिअनुसार प्रदेश सरकार पुनर्गठन गर्न लागिएको हो। सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम टुंगो लागेपछि मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आजै दिउँसो मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन्।

मन्त्रिपरिषद् हेरफेर र नयाँ मन्त्रीहरूको जिम्मेवारी तोकेपछि आज दिउँसो ३ बजे नयाँ मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ गराउने तयारीसमेत गरिएको छ।

एमाले र नेपाली कम्युनिष्ट पार्टीबीच मन्त्रालय बाँडफाँटको विषयमा सहमति भइसकेको छ। सहमतिअनुसार एमालेले मुख्यमन्त्रीसहित पाँच मन्त्रालय राख्नेछ भने नेपाली कम्युनिष्ट पार्टीले चार मन्त्रालय पाउनेछ।

तर नेकपाले कुन–कुन मन्त्रालय पाउने भन्ने विषय भने अझै औपचारिक रूपमा सार्वजनिक गरिएको छैन।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार नेकपाले भौतिक पूर्वाधार विकास, आन्तरिक मामिला तथा कानुन, पर्यटन र स्वास्थ्य वा कृषिमध्ये एक मन्त्रालयको नेतृत्व पाउने सम्भावना छ।

मन्त्रालयको भागबण्डा टुंगिए पनि नेकपाभित्र मन्त्री बन्ने आकांक्षीको संख्या धेरै भएकाले नाम चयनमा चुनौती देखिएको छ।

१७ मध्ये १४ सांसद मन्त्री बन्न इच्छुक

सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम टुंगो लगाउन नेकपाको संसदीय दलमा छलफल जारी छ।

शुक्रबार साँझ अबेरसम्म बसेको संसदीय दलको बैठकमा नेकपाका १७ सांसदमध्ये १४ जनाले मन्त्री बन्न इच्छा व्यक्त गरेका थिए।

मन्त्रीका आकांक्षी धेरै भएपछि पार्टी नेतृत्वलाई नाम छनोट गर्न सकस परेको छ। सांसदहरूको दाबी र आकांक्षा सुनेपछि पार्टीले सहमतिका आधारमा मन्त्री चयन गर्ने तयारी गरेको छ।

आज बिहान फेरि बैठक

मन्त्री छनोटका लागि नेकपाका इन्चार्ज तथा पूर्वमुख्यमन्त्री राजेन्द्र राई, संयोजक हर्कबहादुर नेम्वाङ र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोलाई जिम्मेवारी दिइएको छ।

यी नेताहरूले आज बिहान ९ बजे पुनः बैठक बसेर सरकारमा पठाउने मन्त्रीहरूको नामलाई अन्तिम रूप दिने तयारी गरेका छन्।

पार्टीभित्रको छलफलपछि आजै मन्त्रीहरूको नाम मुख्यमन्त्री कार्कीलाई बुझाउने र त्यसपछि मन्त्रिपरिषद् विस्तार गर्ने तयारी छ।

नेकपा संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले सरकारमा जाने मन्त्रीहरूको नाम आजै अन्तिम टुंगो लाग्ने बताएका छन्।

उनले भने, ‘सरकारमा जाने विषयमा आजै मन्त्रीहरूको नामलाई अन्तिम रूप दिएर साँझसम्ममा सबै विषय टुंगो लाग्छ।’

नेकपा पदाधिकारीको बैठक संसदीय दलका नेता आङ्बोको निवासमा बस्ने तय भएको छ।

मन्त्रीहरूको नाममा सहमति जुटेपछि कोसी प्रदेश सरकारमा एमाले र नेकपाको सत्ता साझेदारी औपचारिक रूपमा कार्यान्वयनमा जानेछ। मन्त्रिपरिषद् पुनर्गठनसँगै दुवै दलबीच भएको मन्त्रालय बाँडफाँट पनि कार्यान्वयन हुनेछ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कोशीमा मन्त्रिपरिषद् विस्तार रोकियो, नेकपाभित्रै मन्त्रीका आकाङ्क्षी धेरै

पूर्वाधार विकास मन्त्री लम्साल बिरामी, थप उपचारका लागि काठमाडौं लगियो

सम्बन्धित

ओली हटाउने अभियानलाई शेरधन राईको चुनौती : ‘यस्ता पात्र र प्रवृत्तिलाई दुत्कार्नुपर्छ’

सुनसरीबाट कालीमाटी पुग्छ दैनिक निगुरो, थोक मूल्य मुठाको १० रुपैयाँ

चुनावपछि ओली पहिलोपटक सार्वजनिक कार्यक्रममा सहभागी हुन झापा र इलाममा

कोसीमा एमाले–नेकपा मन्त्रालय बाँडफाँट टुंगियो, एमालेले पाँच र नेकपाले चार मन्त्रालय पाउने

कोशीमा एमाले–नेकपाबीच मन्त्रालय बाँडफाँडमा सहमति, नेकपाले चार मन्त्रालय पाउने

चुनावपछि पहिलोपटक झापा जाँदै ओली, बालेनसँगको पराजयपछि गृहजिल्ला फर्किँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu