ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कुन प्रदेशका कस्को बन्यो सरकार, कस्तो भयो सहमति ? (भिडियोसहित)


एबीसी न्यूज
२८ पुस २०७९, बिहिबार   ११ : ४०   बजे

काठमाडौं, २८ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ऐतिहासिक विश्वासको मत पाएर राष्ट्रिय सहमतीको सरकार बनेपछि बुधबार प्रदेश सरकारअन्तर्गतका सातै वटा प्रदेशका मुख्यमन्त्रीको पनि टुंगो लागेको छ । प्रतिनिधिसभामा जस्तै यसपालीको आम निर्वाचन परिणामले प्रदेश सभामा पनि कुनै पनि दलको बहुमत दिलाउन सकेन । मुख्यमन्त्री दाबी गर्ने अन्तिम समयसम्ममा संविधानको धारा १६८ को उपधारा २ बमोजिम २ वा २ भन्दा बढी दलको समर्थनमा बहुमत जुटाएका प्रदेश सभा सदस्यका हैसियतमा बुधबार प्रदेशसातैवटा प्रदेशले मुख्यमन्त्री पाएका छन् ।

प्रदेश सरकारअन्तर्गतका सातैवटा प्रदेशका मुख्यमन्त्रीको बुधबार टुंगो लागेको छ । प्रतिनिधिसभामा जस्तै यसपालीको आम निर्वाचन परिणामले प्रदेश सभामा पनि कुनै पनि दलको बहुमत दिलाउन सकेको छैन । सभामुख मनोनयन तथा मुख्यमन्त्री दाबी पेश गर्ने अन्तिम दिन बुधबारसम्ममा संविधानको धारा १६८ को उपधारा २ बमोजिम २ वा २ भन्दा बढी दलको समर्थनमा बहुमत जुटाएका प्रदेश सभा सदस्यका हैसियतमा सातैवटा प्रदेशले मुख्यमन्त्री पाएका छन् । बुधबार मधेस प्रदेशको मुख्यमन्त्रीमा जसपा संसदीय दलका नेता सरोजकुमार यादव नियुक्त भएका छन् । प्रदेश प्रमुख हरिशंकर मिश्रले यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । यादवले नेकपा एमाले, माओवादी केन्द्र, जनमत र २ जना स्वतन्त्र गरी ६३ सांसदको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए । १०७ सिट रहेको मधेस प्रदेशमा बहुमतका लागि ५४ सांसदको समर्थन आवश्यक पर्नेमा यादवलाई एमालेका २३, जसपाका १६, जनमतका १३ माओवादीका ८ र ३ जना स्वतन्त्र सांसदको समर्थन थियो । त्यस्तै मंगलबार नियुक्त भएका वागमती प्रदेशका मुख्यमन्त्री मा शालिकराम जम्मकट्टेलले माघ ३ गते विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्रीको सपथग्रहण गरेर तीन सदस्यीय मन्त्रीमण्डल निर्माण गरेका मुख्यमन्त्री जम्कट्टेलले माघ ३ गते सदन समक्ष विश्वासको मतको लागि प्रस्ताव गर्नेछन् । कूल ११० सांसद रहेको प्रदेशसभामा जम्कटेलल ७० जना सांसदको समर्थनमा मुख्यमन्त्री बनेका हुन् । त्यस्तै आइतबार प्रदेश १ का मुख्यमन्त्रीमा नियुक्त भएका हिक्मत कार्कीले पनि पुस २९ गते विश्वासको मत लिने भएका छन् ।

मुख्यमन्त्री कार्कीले संविधानको धारा १६८(४) तथा प्रदेश सभा नियमावलीको नियम १२८(१) र (२) बमोजिम विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री कार्की ६० जना प्रदेश सभा सदस्यको समर्थनमा मुख्य मन्त्री भएका हुन । उनलाई एमालेका ४०, माओवादीका १३ राप्रपाका ६ र जसपाका १ जना सांसदको समर्थन थियो । यता गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेत खगराज अधिकारी नियुक्त भएका छन् । ६० सदस्यीय प्रदेश सभामा एमालेका २२, माओवादीका ८, राप्रपाका २ र स्वतन्त्र सांसद दीपक मनाङे (३३ जना)को समर्थनमा खगराजले मुख्यमन्त्री दाबी गरेका थिए । त्यस्तै लुम्बिनी प्रदेशमा नेकपा एमाले संसदीय दलका नेता लीला गिरी मुख्यमन्त्रीमा नियुक्त भएका छन् । बुधबार प्रदेश प्रमुखको कार्यालय बुटवलमा सत्ता गठबन्धनसहित लोसपाका ३ र २ स्वतन्त्र सांसद सहित ५८ जनाको हस्ताक्षरसहित प्रदेश प्रमुख अमिक शेरचनसहित दाबी पेस गरेका हुन् । नेकपा एमाले, माओवादी केन्द्र, राप्रपा ,जसपा, नागरिक उन्मुक्ति लोसपाका सांसदहरु र २ स्वतन्त्र सांसदहरूसहित ५८ जनाको हस्ताक्षरसहित सरकार गठन दाबी पेस गरिएको थियो । त्यस्तै कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता राजकुमार शर्मा नियुक्त भएका छन् ।

कर्णाली प्रदेशमा नेकपा माओवादी र नेकपा एमालेबीच आलोपालोको सहमति भएको छ । मुख्यमन्त्रीमा दाबी पेश गर्नु साढे एक घण्टामात्रै बाँकी छँदा नेकपा माओवादी र नेकपा एमालेबीच सहमति भएको हो । अब कर्णालीमा सुरूमा माओवादी संसदीय दलका नेता राजकुमार शर्मा साढे दुई र त्यसपछिको अर्को चरणमा एमाले संसदीय दलका नेता यामलाल कँडेलले नेतृत्व गर्नेछन् । कर्णाली प्रदेशका माओवादी केन्द्र, राप्रपा, जसपा, नागरिक उन्मुक्ति पार्टी र दुई जना स्वतन्त्र सांसदसहित ५५ जनाको समर्थनमा मुख्यमन्त्रीका लागि दाबी पेस गरेका थिए । सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्रीमा नेकपा एमालेका राजेन्द्र रावल नियुक्त भएका छन् । प्रदेश प्रमुख देवराज जोशीले एमालेका संसदीय दलका नेता रावललाई संविधानको धारा १६८ को उपधारा(२) अनुसार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । रावल नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । उनी कञ्चनपुरबाट समानुपातिक प्रणालीबाट एमालेको प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । प्रदेश प्रमुखको कार्यालयले बिहीबार बिहान मुख्यमन्त्रीको पद तथा गोपनीयताको शपथ ग्रहणको कार्यक्रम राखेको छ । बुधबार बिहानै मुख्यमन्त्रीमा दाबी पेश गर्ने तयारी गरिएको भएपनि एमाले नेतृत्वको सत्तारूढ गठबन्धनको प्रमुख घटक नागरिक उन्मुक्ति पार्टीले निर्णय लिन ढिला गरेको थियो । उसले रेशम चौधरीको रिहाइ सहितका मुद्दा सम्बोधन गरेको अवस्थामा मात्र सरकारलाई समर्थन गर्ने अडान लिएको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीको आश्वासनपछि अन्तिम अवस्थामा सरकार गठनमा सहयोग गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group