ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मकवानपुरको मनहरीमा स्कुटर दुर्घटना, तीन जनाको ज्यान गयो


एबीसी न्यूज
२९ पुस २०७९, शुक्रबार   ८ : ५६   बजे

मकवानपुर, २९ पुस ।मकवानपुरको मनहरी गाउँपालिका(९ ज्यामिरे भलाद्मीचोकमा स्कुटर दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत भलाद्मीचोकमा गएराति ना ३९ प १४३९ नम्बरको स्कुटरलाई गाडीले ठक्कर दिँदा चालकसहित तीन जनाको ज्यान गएको हो । मृतक तीनै जना एउटै स्कुटरमा रहेका प्रहरीले जनाएको छ ।

दुर्घटनामा मनहरी गाउँपालिका–८ सिमपानी बस्ने अन्दाजी ३२ वर्षीय धर्मराज मोक्तान, स्कुटर चालक ३० वर्षीय मिलन मोक्तान र राक्सिराङ गाउँपालिका–३ लावतीका ३२ वर्षीय रुपेश तामाङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । रुपेश र मिलनको भरतपुरमा रहेको पुरानो मेडिकल अस्पतालमा पुर्याउने बित्तिक्कै र धर्मराजको आज बिहान ३ बजे उपचारका क्रममा ज्यान गएको प्रहरी उपरीक्षक बामदेव गौतमले बताउनु भयो ।स्कुटरलाई अरु गाडीले ठक्कर दिएको भनिए पनि ठक्कर दिने गाडीको पहिचान खुलेको छैन ।

स्कुटरलाई ठक्कर दिने गाडीको खोजी भइरहेको प्रहरी उपरीक्षक गौतमले बताउनु भयो । दुर्घटनाका कारण आक्रोशित स्थानीयले गएराति राति ११ बजेदेखि आज बिहान ६ बजेसम्म राजमार्ग ठप्प पारेका थिए । ठक्कर दिने गाडी तत्काल पत्ता लगाउने सहमतिमा राजमार्ग खुलाइएको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

सम्बन्धित

नयाँ नेतृत्व र नीति तय गर्दै सकियो रास्वपाको पहिलो महाधिवेशन

विराटनगर पुगेर प्रचण्डले भने–एमालेसँग सदन, सडक र निर्वाचनमा सहकार्य हुन्छ

रास्वपाको पदाधिकारीमा को–को भए निर्वाचित ? (मतसहित)

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

रास्वपा महाधिवेशनको प्रभाव: प्रतिनिधिसभा बैठक फेरि स्थगित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu