ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इलोन मस्कले एकवर्षमा गुमाए १६५ अर्ब अमेरिकी डलर


एबीसी न्यूज
२९ पुस २०७९, शुक्रबार   १० : ०८   बजे

काठमाडौं, २९ पुस ।  ट्विटरका नयाँ मालिक इलोन मस्कले सबैभन्दा धेरै व्यक्तिगत सम्पत्ति गुमाएर नयाँ विश्व कीर्तिमान राखेका छन् । विश्व कीर्तिमानहरूको अभिलेख राख्ने गिनिज बुक अफ वर्ल्ड रेकर्ड्सले आफ्नो वेबसाइटमा प्रकाशित गरेको ब्लगमा यसबारे विस्तृतमा उल्लेख गरिएको छ ।

गिनिज बुक अफ वर्ल्ड रेकर्ड्सका अनुसार मस्कले सन् २०२१ को नोभेम्बर देखि २०२२ को डिसेम्बर बीचमा १६५ अर्ब अमेरिकी डलर गुमाएका छन् । त्यहाँ उल्लेख गरिएका विवरणहरू प्रकाशक फोर्ब्सबाट प्राप्त तथ्याङ्कमा आधारित छन्। तर गिनिजले अन्य स्रोतहरूबाट प्राप्त विवरणमा मस्कले गुमाएको सम्पत्ति अझै धेरै हुनसक्ने देखिएको बताएको छ ।

गत वर्ष मस्कले ट्विटर खरिद गरेपछि उनको विद्युतीय कार कम्पनि टेस्लाको शेयर मूल्य ह्वात्तै घटेको थियो । सामाजिक सञ्जाल कम्पनी ट्विटर खरिद गर्न मस्कले ४४ अर्ब अमेरिकी डलर खर्च गरेपछि टेस्लाका लगानीकर्ताहरूमाझ अब उनले आफ्नो कार कम्पनीमा धेरै ध्यान केन्द्रित नगर्ने चिन्ता व्यापक भएको थियो ।

मस्कको सम्पत्तिमा आएको गिरावटले सन् २००० मा जापानी प्रविधि लगानीकर्ता मासायोशी सोनले गुमाएको ५८.६ अर्ब अमेरिकी डलरको कीर्तिमान भङ्ग गरेको हो । उनले गुमाएको सम्पत्तिको अनुमानित विवरण मस्कको स्वामित्वमा रहेका शेयरमा आएको गिरावटमा आधारित छ। तर शेयरको मूल्य पुनः बढ्न पनि सक्छ र मस्कले गुमाएको सम्पत्ति फेरि बढ्न सक्छ । गत डिसेम्बरमा मस्कले विश्वकै सबैभन्दा धनी व्यक्तिको हैसियत गुमाएका थिए ।

मस्कलाई फ्रान्सेली विलासी सामग्री उत्पादक कम्पनी एलभीएमएचका मालिक बेअर्नार अर्नोले उछिनेका थिए । यो कम्पनीले चर्चित फ्याशन ब्रान्ड लुई भुइटोँका सामग्रीहरू उत्पादन गर्छ । सन् २०२२ मा टेस्लाको शेयरमा ६५ प्रतिशतसम्म गिरावट आएको थियो ।

उक्त उत्पादकले गत वर्ष जम्मा १३ लाखवटा गाडी मात्रै बजारमा पुर्याएका कारण पनि यसको शेयर मूल्य घट्न पुगेको हो । मस्कले ट्विटर खरिद गरेलगत्तै ठूलो सङ्ख्यामा कर्मचारीहरूलाई बर्खास्त गर्ने र सामग्री मध्यस्थता नीतिमा ल्याएको परिवर्तनका कारण उत्पन्न विवादले पनि शेयरमा गिरावट आएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रसुवा बाढी: कर्णालीका २१६ मध्ये ३१ जनाको भयो सम्पर्क

रसुवाको बाढीले सार्वजनिक यातायातमा व्यापक क्षति, दर्जनौं बस सम्पर्कविहीन

सम्बन्धित

रसुवा बाढी : अमेरिकाद्वारा ५ लाख डलर सहायता घोषणा

इरान–ओमानबीच होर्मुज जलमार्ग व्यवस्थापनबारे नयाँ सहमति

रसुवा बाढीपछि ४०३ पर्यटक सम्पर्कविहीन, ३४१ विदेशी

अमेरिकाले इरानमा तत्काल नयाँ सैन्य आक्रमण नगर्ने संकेत, आर्थिक दबाब बढाउने रणनीति

इरानमाथि अमेरिकाको नयाँ आर्थिक प्रहार, ६० व्यक्ति, कम्पनी र जहाज प्रतिबन्धको निशानामा

होर्मुजमा इरानले बिछ्याएका सबै बारुदी सुरुङ हटाएको ट्रम्पको दाबी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu