ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रास्वपा सांसदमाथि सहकारीको लाखौं हिनामिना आरोप


एबीसी न्यूज
३० पुस २०७९, शनिबार   ९ : २५   बजे

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधिसभा सांसद बनेका डा। ढाकाकुमार श्रेष्ठमाथि पोखराको एक सहकारीको झण्डै एक करोड रुपैयाँ हिनामिना गरेको आरोप लागेको छ । श्रेष्ठले आफू अध्यक्षबाट हट्दै गर्दा नयाँ कार्यसमितिलाई हिसाब नबुझाई जिम्मेवारीबाट पन्छिएको आरोप लागेको हो ।

आर्थिक कारोबार अस्तव्यस्त बनेपछि यो सहकारी बिचमा बन्द पनि भएको थियो । सहकारीमा लाखौँ रुपैयाँ राखेका बचतकर्ताले उजुरी दिएपछि मात्रै विवाद सतहमा आएको हो ।बचतकर्ताले पोखरा महानगरपालिकाको सहकारी महाशाखामा उजुरी दिएका छन् । केन्द्रमा रास्वपाबाट मन्त्रीको लागि लबिङ गरिरहेका श्रेष्ठ एकाएक विवादमा मुछिएपछि उनले बिहीबार पत्रकार सम्मेलन पनि गरेका छन् । पत्रकार सम्मेलनमार्फत उनले सहकारीमा समस्या रहेको स्वीकार गरे । आफूलाई फसाउन खोजिएको उनको दाबी छ । सांसद हुनुअघिसम्म खासै चर्चामा नरहेका श्रेष्ठले केही वर्ष पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठानमा काम गरेका थिए । निजी क्लिनिक पनि चलाउँथे । राष्ट्रिय स्वतन्त्र पार्टी स्थापना भएपछि भने उनी त्यसको गण्डकी प्रदेश सभापति बने । जिल्लामा संगठन पनि बनाए । रास्वपाको सबैभन्दा बढी संगठन गण्डकीमा नै बनेको जस लिँदै उनी आदिवासी जनजाती क्लस्टरबाट सांसद बन्न पुगे । चुनाव हुनुभन्दा एक महिना अघिमात्रै सहकारी छाडेका श्रेष्ठमाथि पनि आर्थिक हिसाबकिताब नबुझाएको आरोप लागेको हो ।

उनै श्रेष्ठ अहिले सहकारीको आर्थिक विवादमा मुछिएका हुन । हुन त उनले सांसद बन्नुअघि गत कात्तिकमा नै सहकारी छाडेका थिए । तर, सहकारीको नियम प्रक्रिया केही नबुझेको नयाँ कार्यसमिति र पुरानो कार्यसमिति बिचतको समन्वय अभावका कारण सहकारीको कारोबार नै प्रभावित बनेको थियो ।

डा. श्रेष्ठ आफैँले नयाँ कार्यसमितिलाई बरबुझारथ गर्नुपर्नेमा आफूलाई थाहा नभएका कारण नगरेको बताएका छन् ।सहकारीले विशेषत किसानहरूसँग पोल्ट्रीको काम गर्ने गर्थ्यो । यो सहकारीका सेयरधनी पनि किसानहरू नै छन् । संस्थाले १० हजार, २५ हजारदेखि लाखौँ रुपैयाँसम्म १०५ जना सेयरधनीबाट उठाएको उनले बताए ।२०५९ सालमा स्थापित यो सहकारीले बचतकर्ताहरूको ८२ लाख ७२ हजार दुई सय रुपैयाँ भुक्तानी गर्नुपर्ने देखिएको छ । तर, रकम नै नभएपछि कार्यालय नै बन्द गरिएको कोषाध्यक्ष तारापति सुवेदीले बताएका छन । सहकारी बन्द भएसँगै बचतकर्ताहरूले आफ्नो रकम फिर्ता गर्न पोखरा महानगरपालिकाको सहकारी महाशाखा गुहारेका थिए । उनीहरूले सहकारी डुब्नुमा निवर्तमान अध्यक्ष ढाकाकुमार श्रेष्ठसमेत दोषी रहेको जिकिर गरेका थिए ।यता डा. श्रेष्ठले भने बजारबाट एक करोडभन्दा बढी रकम उठ्न बाँकी रहेकाले सहकारीमा समस्या नभएको दाबी गरे । शुक्रबार नै आफूले बजारबाट रकम उठाउनका लागि कर्मचारीलाई निर्देशन दिइसकेको बताए ।सहकारीमा कुनै समस्या नरहेको दाबी गरेपनि पत्रकार सम्मेलनमा नै सहकारीको विषयमा उनकै अगाडि फरकफरक कुरा सार्वजनिक भएका छन् ।

सञ्चालक समितिमा रहेकाले नै तिरेनन् ऋण

यता सोही सहकारीमा म्यानेजर पदमा रहेर काम गरेका विशाल बस्ताकोटीले सेवाग्राहीको रकम हिनामिना गर्न संस्था दोषी रहेको जिकिर गरेका छन् । उनले २५ हजारको जागिर खानका लागि १० लाख रुपैयाँ लिएर आउन भनेपछि पदबाटै राजीनामा दिएको दाबी गरे । “२५ हजारको जागिर खान मलाई १० लाख रुपैयाँ ल्याउन भनियो । त्यसपछि मैले सहकारी छाडेँ,” उनले भने ।बस्ताकोटीले संस्थाको कार्यसमितिलाई पटक–पटक सूचना गर्दै आपत्कालीन बैठक डाक्दासमेत कोही पनि नआउँदा संस्था बन्द गर्नुपर्ने स्थितिमा आएको बताए । उनका अनुसार संस्थाकै सेयर सदस्यले ३० लाख रुपैयाँ ऋण तिर्न बाँकी रहेको थियो । “मेरो कार्यकालमा संस्थाकै सेयर सदस्यले ३० लाख रुपैयाँ ऋण तिर्न बाँकी थियो । यदि उनीहरूले त्यो रकम दिने हो भने बचतकर्तालाई रकम प्रदान गर्न गाह्रो छैन । संस्थाको अडिटमा समेत समस्या छ । ऋणमा गएको संस्था नाफामा गएको अडिट भएर आयो यो सुन्दा अचम्म लाग्यो,” उनले भने  सहकारीबाट बिना धितो ऋण प्रवाह गरिएको र गलत अडिट रिपोर्ट पेस भएको दाबी गरे ।संस्थाका वर्तमान अध्यक्ष डा. शनि पाठकले बिहीबार आफूहरू संस्थामा आउँदा माइन्युटमा प्रतिमहिना ५र६ लाख रुपैयाँ नाफामा गएको देखाइएको बताएका थिए ।

“प्रतिवेदनमा पनि संस्था ६–७ लाख रुपैयाँ नाफामा देखाइएको थियो, डा. पाठकले भने, अहिले पो थाहा भयो, संस्था डामाडोल रहेछ । हिसाबकिताब कसरी मिलाउने ?,” उनले भनेका छन् । श्रेष्ठले सहकारीबाट राजीनामा दिँदै गर्दा अडिट गरेर बुझाएको बताएका छन् ।पत्रकार सम्मेलनमा वर्तमान कार्यसमितिले जारी गरेको विज्ञप्तिमा पनि डा. श्रेष्ठले सबै कुरा नबिगारेको उल्लेख गरिएको छ । उनले आफूलाई फसाउन खोज्नेहरूको अडिट रिपोर्ट पनि रहेको दाबी गरे, तर सार्वजनिक भने गरेनन् ।

“निवर्तमान अध्यक्ष डा. ढाकाकुमार श्रेष्ठको नाम जोडिएर आएकोले सबै कुरा उहाँले नबिगारेको र निवर्तमान कार्यसमिति र वर्तमान कार्यसमितिमा सल्लाह नभएको कारण यस्तो अवस्था आएको हो । तर, डा. श्रेष्ठले सहकारीका चल अचल सम्पत्ति हिनामिना नगरेको यस विज्ञप्तिमार्फत जानकारी गराउँदछौँ,” डा. श्रेष्ठ, डा. पाठक, सहकारीका सचिव धु्रवराज पौडेल र कोषाध्यक्ष तारापति सुवेदीले जारी गरेको संयुक्त विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

इरानले युद्ध जित्यो कि गुमायो? पर्दा पछाडिको वास्तविक भू-राजनीतिक चित्र

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

भग्नावशेषमा भेनेजुएला: दुई शक्तिशाली भूकम्पमा १६४ को मृत्यु, राहतका लागि अमेरिका आतुर

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

भेनेजुएला- भूकम्प : ३० भन्दा बढीको मृत्यु, सयौँ घाइते, उद्धार कार्य जारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group