ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पोखरामा यती विमान दुर्घटनाः मृतकहरुमध्ये ३८ जनाको सनाखत (सूचीसहित)


ABC NEWS
२ माघ २०७९, सोमबार   १२ : ५३   बजे

 

काठमाडौं २ माघ । पोखरामा आइतबार भएको यती एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु भएकाहरुको सनाखत हुने क्रम जारी छ। गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठानका अुनसार सोमबार दिउँसोसम्म ३८ जनाको शव सनाखत भइसकेको छ।सनाखत भइसकेकाहरुको पोस्टमार्टम शुरु भइसकेको छ । पहिचान भएका शव गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ।

शवगृहमा राखिएकामध्ये पहिचान भएका र आफन्तहरू उपस्थित भएको शव पोखराबाटै बुझाउने तयारी छ।

गण्डकी स्वास्थ्य बिज्ञान प्रतिष्ठानका चिकित्सक भरत खत्रीका अनुसार पोस्टमार्टमका लागि काठमाडौंको महाराजगन्जस्थित त्रिभुवन शिक्षण अस्पतालबाट २ जना चिकित्सकहरु पोखरा गएका छन् ।

पोखरा–७ घारीपाटन र पोखरा– १५ नयाँगाउँस्थित सेती नदीको खोचको अफ्ठ्यारो स्थानमा जहाज दुर्घटना भएकाले खोजी र उद्धारमा केही समस्या परेको हो ।

कास्की प्रहरीका निमित्त सूचना अधिकारी एवं निरीक्षक ज्ञानबहादुर खड्काका अनुसार भेटिएका सबै शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ । अहिले शवको पहिचानको काम भइरहेको छ । ‘हालसम्म ३८ शवको पहिचान भइसकेको छ,’ खड्काले भने, ‘शवको पहिचानपछि पोष्टमार्टम सुरु हुनेछ ।’

कास्कीको प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीका अनुसार पोष्टमार्टम पछि शव आफन्तको जिम्मा लगाइनेछ । शव जिम्मा लगाउन शव बाहन र एम्बुलेन्स तयार पारिएको छ । पहिचान नभएका, विदेशी र काठमाडौंकाको शव हेलिकोप्टरमार्फत काठमाडौं पठाइने योजना रहेको केसीले बताए ।

१ निशान्त आचार्य 
२ संगिता शाही
३ डा. सुशिल श्रेष्ठ
४ डा. सोना दिवाकर
५ रिहान पौडेल
६ सदाकत अलिमिया
७ लक्ष्मी पौडेल
८ प्रसिद्धी पौडेल
९ अरुण पौडेल
१० पूर्ण कुमार गुरुङ
११ यु कोजो
१२ विजयकुमार गुरुङ
१३ रचना काफ्ले पौडेल
१४ रकि गुरुङ
१५ डा. गणेश थापा
१६ लक्ष्मी परियार
१७ रिता परियार
१८ हरि परियार
१९ एसमेन गुरुङ
२० पुजन थापा
२१ सिर्जना हुन्चिङ
२२ त्रिभुवन पौडेल
२३ मोहन प्रकाश श्रेष्ठ
२४ जरुरिज लिङ
२५ एलिना
२६ जिवनकला गुरुङ
२७ जमुना शर्मा 
२८ शालिकराम आचार्य
२९ डा सु
३० बन्दना सुनार
३१ सिता गुरुङ
३२ निरा छन्त्याल
३३ अनुशा गुरुङ 
३४ शिवकुमार गुरुङ
३५ राजुसिंह ठकूरी
३६ अनिल शाही
३७ पास्तल एलेक्स मण्डल
३८ क्याप्टेन कमल केसी

 

पुराना जहाज, अस्वस्थ प्रतिस्पर्धा, फितलो कानुनजस्ता लापर्वाही दुर्घटनाको लागि उर्वरभूमि बन्दैं नेपाल (भिडियोसहित)

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group