ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

माओवादीबाट २ जना पुरुष र २ जना महिला मन्त्रीमा नियुक्त, सरकारको प्रवक्तामा पनि पहिलो महिला मन्त्री


ABC NEWS
३ माघ २०७९, मंगलबार   १ : १५   बजे

 

 

काठमाडौँ ३ माघ । माओवादी केन्द्रबाट सरकारमा सहभागी हुने मन्त्रीहरुमा २ जना पुरुष र २ जना महिला रहेका छन् । माओवादीबाट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उपप्रधानमन्त्री एवं भौतिक मन्त्रीमा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले यसअघि नै जिम्मेवारी लिइसकेका छन् ।

माओवादीबाट आज तीन मन्त्री र एक राज्यमन्त्रीले शपथ तथा पदभार ग्रहण गरेका छन् । रेखा शर्माले सूचना, सञ्चार तथा प्रविधिमन्त्रीको जिम्मेवारी पाएकी छन् । प्रधानमन्त्री दाहालको सचिवालयका अनुसार मंगलबार बिहान बसेको पदाधिकारीको बैठकले सुदन किराँतीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री र अमनलाल मोदीलाई संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रीको पदभार लिएका छन् ।

माओवादी केन्द्रले राज्यमन्त्रीमा सुशीला श्रीपालीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ । माओवादीबाट प्रधानमन्त्री सहित जम्मा ६जना सरकारमा गएका छन् । ६जना मध्ये २ जना महिला दलित समेत रहेका छन् । रेखा शर्मा सरकारको प्रवक्ता समेत बन्नेछिन् ।
नेपाल सरकारको महिला प्रवक्ता हुने यो पहिलो घटना हो ।

९ नयाँ

तीन राज्यसहित २५ सदस्यीय मन्त्रीमण्डल रहने व्यवस्था अनुसार २२ जना फुल मन्त्री बनाउँदा ९ नयाँले अवसर पाएका हुन्।

माओवादीले पाएको प्रधानमन्त्रीसहित ६ मन्त्रीमध्ये २ जना नयाँ छन्। बाँकी ४ जना पुरानै अनुहार हुन्।

यस्तै एमालेले ८ मन्त्री पाउँदा ६ जना नयाँ छन्। बाँकी दोहोरिएका हुन्।

राप्रपाबाट २ नयाँले अवसर पाएका छन्। बाँकी १ जना दोहोरिएका हुन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सबै मन्त्री नयाँ हुन्।

मंगलबार विस्तार भएको पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मन्त्रिमण्डलमा माओवादीबाट सुदर किराती, अमनलाल मोदीले पहिलो पटक मन्त्रीको अवसर पाएका हुन्।

यी दुवैजनाले लगातार तीनपटक सांसद जितेका छन् र तेस्रो पटकमा बल्ल मन्त्री बन्ने अवसर पाएका छन्।

एमालेबाट धनकुटाका सांसद राजेन्द्रकुमार राई, पर्वतका सांसद पदम गिरी, बैतडीका दामोदर भण्डारी, सुनसरी ३ बाट निर्वाचित भगवती चौधरी, सर्लाही क्षेत्र नम्बर ३ बाट निर्वाचित हरि उप्रेती र राष्ट्रिय सभा सदस्य विमला शर्मा पौड्यालले पनि पहिलो पटक मन्त्री बन्ने अवसर पाएका हुन्।

यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अध्यक्ष राजेन्द्र लिङ्देन, महामन्त्री तथा सांसद ध्रुबबहादुर प्रधानले पनि पहिलो पटक मन्त्रालयको नेतृत्व पाएका छन्।

रास्वपाबाट सबै नयाँ
नयाँ पार्टी गठन गरेको ६ महिनामै प्रतिनिधि सभाको २० सिट जितेको राष्ट्रिय स्वतन्त्र पार्टीले बनाएका सबै मन्त्री नयाँ हुन्।

उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने, शिक्षा, विज्ञान तथा प्रविधिमा शिशिर खनाल र श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्री बनेका डोलप्रसाद अर्याल पनि पहिलो पटक मन्त्रालय हाँक्दैछन्।

त्यसैगरी जनमत पार्टीका अब्दुल खान पनि पहिलो पटक मन्त्री बन्दैछन्। जनमत अध्यक्ष डा. सीके राउतले मन्त्री नबन्ने बताएपछि उनले अवसर पाएका हुन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती ः नेकपा नेता श्रेष्ठ, भिडियो

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

सम्बन्धित

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

भेनेजुएला- भूकम्प : ३० भन्दा बढीको मृत्यु, सयौँ घाइते, उद्धार कार्य जारी

रास्वपा महाधिवेशनमा कम सहभागिता : १३ सय ५२ प्रतिनिधिले मतदान गरेनन्, व्यवस्थापनमाथि प्रश्न

रास्वपा महाधिवेशनको दोस्रो चरण आज : उपसभापति, महामन्त्री र सहमहामन्त्री पदका लागि निर्वाचन हुँदै

विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाऊ आदेश

रास्वपामा भद्रगोल : ‘नयाँ राजनीति’ को दाबीमाथि आफ्नै कार्यकर्ताको प्रश्न, मतदान प्रक्रियामै व्यापक असन्तुष्टि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group