ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सभामुख निर्वाचनको कार्यतालिका सार्वजनिक, ५ गते निर्वाचन हुने, घिमिरे कि विद्या भट्टराई ?


ABC NEWS
३ माघ २०७९, मंगलबार   २ : ३८   बजे

काठमाडौं ३ माघ । प्रतिनिधि सभाको सभामुख चयन गर्न संसद सचिवालयले कार्यतालिका सार्वजनिक गरेको छ।
कार्यतालिकाअनुसार बुधबार दिउँसो १ देखि ४ बजेसम्म सभामुखका उम्मेदवारले मनोनयन दर्ता गर्न सक्नेछन्।

सत्ता गठबन्धनमा भएको समझदारी अनुसार एमाले सांसद सभामुख बन्नेछन् । एमालेबाट सभामुखका लागि झापा देवराज घिमिरे कि कास्की कि विद्या भट्टराई भन्ने बहस भइरहेको छ । यस अघि इच्छा राखेका उपमहासचिव पृथ्वी सुव्वा गुरुंग र सचिव छविलाल विश्वकर्मालाई अध्यक्ष ओलीले प्रस्ताव गर्ने सम्भावना सकिएको एक स्थायी समिति सदस्यले बताए । अध्यक्ष ओलीले परराष्ट्रमन्त्री बनाउने चर्चामा रहेकी विद्या भट्टराईले आफू मन्त्री नबन्ने भनेपछि भट्टराई नै सभामुख हुने बताइएको छ ।

एक जनाभन्दा बढीको उम्मेदवारी परेमा सभामुख चयन गर्न बिहीबार मतदान हुने छ।

सत्तारूढ गठबन्धनको भागबन्डामा सभामुख एमालेको भागमा परेको छ। सत्ता गठबन्धनका एकजुट हुँदा गठबन्धनका उम्मेदवारको पक्षमा सजिलै बहुमत पुग्ने देखिन्छ।

एमालेबाट सांसद देवराज घिमिरे सभामुख उम्मेदवार बन्ने प्रबल सम्भावना छ।

सभामुख बन्ने दौडमा एमाले सांसदहरू पृथ्वीसुब्बा गुरूङ, विद्या भट्टराई, छविलाल विश्वकर्मा पनि छन्।

‘तर अध्यक्षज्यूले घिमिरेलाई उम्मेदवार बनाउने सम्भावना बढी छ,’ एक एमाले नेताले भने।

घिमिरे झापा क्षेत्र नं २ बाट निर्वाचित भएका हुन्। एक पटक राष्ट्रिय सभा सदस्य भएका घिमिरे पहिलो पटक प्रतिनिधि सभामा आएका हुन्।

‘लो प्रोफाइल’मा बस्न रुचाउने घिमिरे जनतामा भन्दा कार्यकर्तामाझ धेरै लोकप्रिय छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

सम्बन्धित

नयाँ नेतृत्व र नीति तय गर्दै सकियो रास्वपाको पहिलो महाधिवेशन

विराटनगर पुगेर प्रचण्डले भने–एमालेसँग सदन, सडक र निर्वाचनमा सहकार्य हुन्छ

रास्वपाको पदाधिकारीमा को–को भए निर्वाचित ? (मतसहित)

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

रास्वपा महाधिवेशनको प्रभाव: प्रतिनिधिसभा बैठक फेरि स्थगित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu