ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भ्रष्टाचार मुद्दा विचाराधीन ठेकेदार पाण्डेलाई स्वार्थ बाझिने गरी शहरी मन्त्रालय किन ?


ABC NEWS
३ माघ २०७९, मंगलबार   ६ : २४   बजे

 

काठमाडौं ३ माघ । विचाराधीन भ्रष्टाचार मुद्दाका आरोपित राप्रपाका उपाध्यक्ष विक्रम पाण्डेलाई शहरी विकास मन्त्रालय दिएर अर्को एउटा स्वार्थ बाझिने मन्त्री थपिएका छन् ।
यस अघि पुस ११ गते मन्त्रिपरिषद् गठन गर्दा नागरिकता किर्तेमा मुद्दा खेपिरहेका रवि लामिछानेलाई स्वार्थ बाझिने गरी गृहमन्त्री बनाएको थियो ।
भ्रष्टाचारको अभियोगमा मुद्दा खेपिरहेका विक्रम पाण्डेलाई शहरी विकास मन्त्रालयको जिम्मा दिइएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष समेत रहेका पाण्डे निर्माण कम्पनी ‘कालिका ग्रूप’ का मालिक हुन्।
सिक्टा सिंचाइ आयोजनाको ठेक्का पाएको पाण्डेको कम्पनीले भ्रष्टाचार गरेको आरोप छ। कालिका ग्रूपले अन्य निर्माण कम्पनीसँग मिलेर सिक्टा सिंचाइ आयोजनाको ठेक्का पाएको थियो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उक्त आयोजनामा दुई अर्ब १३ करोड ७६ लाख रुपैयाँ अनियमितता गरेको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको थियो।

गत असारमा विशेष अदालतले अभियोगबाट पाण्डेले सफाइ पाएका थिए । अख्तियारले सर्वोच्च अदालतमा पाण्डे विरुद्धको मुदा पुनरावेदनको तयारी गरेको अख्तियार स्रोतले बताएको छ ।

देवानी दायित्व भएकाले फौजदारी दाबी नपुग्ने ठहर गर्दै सफाइ दिएको विशेष अदालतले ६ महीनासम्म पूर्ण पाठ नदिंदा अख्तियारले सर्वोच्च अदालतमा पुनरावेदन दायर गर्न सकेको छैन। यद्यपि‚ अख्तियारले पुनरावेदन गर्ने निश्चित भएकाले मुद्दा विचाराधीनकै हैसियतमा छ।
पाण्डेमाथि लागेको अभियोगमा माथिल्लो अदालतमा न्यायिक परीक्षण हुनै बाँकी छ भने अर्कातिर विकास निर्माणका धेरै काम हुने मन्त्रालय उनकै पोल्टामा पुगेको छ। चुनावी अभियानका क्रममा राप्रपा अध्यक्ष राजेन्द्र लिंगदेनले ठूला दलका नेताहरु चोर रहेको चर्को भाषण गर्दै आएका थिए । तर उनै लिंगदेनले चोर भन्ने गरेको पदवीका आफनै उपाध्यक्ष विक्रम पाण्डेलाई मन्त्री बनाएर कथनी र करनीमा दोहोरो चरित्र देखाएका छन् । मन्त्री पदको बहालीसंगै पशुपति पुगेर राप्रपाका मन्त्रीहरुले यस्तै मन्त्रालय पाइरहुं प्रभु भनेर भाकल गरे कि प्रायश्चित भन्ने समयक्रममा देखिंदै जाला ।

May be an image of 4 people and people standing

पाण्डे निर्माण कम्पनीको अध्यक्ष र शहरी मन्त्री दुवै हैसियतमा रहँदा प्रत्यक्ष र अप्रत्यक्ष गरी दुवैखाले स्वार्थको द्वन्द्व सिर्जना हुने स्वत स्पष्ट छ ।

शहरी विकास ठूला विकास निर्माणका थुप्रै काम हुने मन्त्रालय भएकाले भविष्यमा जहिलेसुकै मन्त्री पाण्डेको स्वार्थको द्वन्द्व रहन्छ नै ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशी बाढीपीडितलाई जाजु र शारडा ग्रुपको ६० लाखको राहत

त्रिशूली–३ ‘बी’ आयोजनास्थलमा उद्धारका लागि नेपाली सेनासहित प्राविधिक टोली परिचालन

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu